मीटू अभियान : ‘साजिद खानले मलाई कपडा खोल्न लगाए’

असोज २६, २०७५

काठमाडौं — बलिउडमा यौन शोषणका बारेमा पोल खोल्ने मीटू अभियान चलिरहेको छ । यसैक्रममा फिल्म निर्देशक साजिद खानमाथि उनकी पूर्व सहायक निर्देशक सलोनी चोपडाले यौन शोषणको आरोप लगाएकी छन् । 

अन्य दुई महिलाले पनि साजिदमाथि आरोप लगाएका छन् । 

एक वरिष्ठ पत्रकारले सन् २००० मा भएको घटनाको उल्लेख गर्दै आफू साजिदसँग अन्तर्वार्ता गर्न उनको घर जाँदा उनले अश्लील कुराकानी गरेको र आफू त्यहाँबाट हिँड्न खोज्दा जबर्जस्ती चुम्बन गर्न चाहेको र आफूले उनलाई धकेलेर बाहिर निस्केको बताइन् । 

अभिनेत्री रेचल ह्वाइटले पनि आफूमाथि साजिदले शारीरिक दुर्व्यवहार गरेको आरोप लगाइन् । 

फिल्म हमशकल्समा खेल्नका लागि साजिदले आफूलाई फोन गरेको उनले बताइन् । उनले भनिन्, ‘म उनको घर पुगेपछि मलाई बेडरूममा जान भनियो । त्यहाँ साजिदले अश्लील कुरा गर्न थाले । उनले मलाई कपडा खोल्न भने ।
उनको फिल्ममा बिकिनी सीन भएको उनले बताए । मैले उनको कुरा मानिनँ र त्यहाँबाट बाहिरिएँ ।’

यसैबीच पाका निर्देशक सुभाष घईमाथि पनि बलात्कारको गम्भीर आरोप लागेको छ ।

ती महिलाले नाम नबताइकनै सुभाष घईले रक्सीमा नशालु पदार्थ मिसाएर आफूलाई बलात्कार गरेको बताइन् ।

उनले भनिन्, ‘एउटा फिल्मको स्क्रिप्ट सुनाउने भन्दै उनले मलाई घरमा बोलाए । उनी ह्विस्की पिउन मन पराउँदा रहेछन् । उनले आफू पनि लिए र मलाई पनि पिउन दिए । उनले ह्विस्कीमा केही मिसाएका रहेछन् जुन पिएपछि म
कहिले बेहोश हुने, कहिले होशमा आउने गरें । त्यही क्रममा उनी ममाथि चढे । मैले प्रतिकार गर्न पनि सकिनँ । भोलिपल्ट बिहान मैले कोठामा हेर्दा रगत बगेको थियो । मैले तत्कालै बान्ता गरें । पछि उनले मलाई घर लगिदिए ।’

सुभाष घईले यी सबै आरोप झूटो भएको भनी नकारेका छन् ।

एजेन्सी
 


ADVERTISEMENT

असोज २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस