असोज २६, २०७५
असोज २६, २०७५ मा प्रकाशित
जनधपुरधाम– प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा जुवा खाल खालबाट प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने २ राउण्ड गोलीसहित ३ जना युवालाई पक्राउ गरेको छ ।
जनधपुरधाम उपमहानगरपालिका–१९ स्थित एक घरमा जुवा खेलाउने गरिएको सूचनाका आधारमा छापा मार्न गएको प्रहरीले जुवा खालबाट पेस्तोल र गोलीसमेत बरामद गरेको हो ।
ADVERTISEMENT
पेस्तोल र गोलीसहित पक्राउ पर्नेमा जनकपुर–१९ का १९ वर्षीय ऋषिकेश साह, वर्ष १८ का आशिक मण्डल र औरही गाउँपालिका–६ का २७ वर्षीय रामचन्द्र दास छन् ।
जुवा खालमा अन्य व्यक्ति पनि रहेपनि प्रहरी पुगेको खबर पाएपछि उनीहरु भागेका जनाइएको छ । प्रहरीले ३ जनालाई भने नियन्त्रणमा लिन सफल भएको छ ।
उनीहरुलाई चेकजाँच गर्दा कम्मरमा लुकाएको अवस्थामा नलकटुवा पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोली बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।
थप समाचार
- युवतीमाथि यौन दुर्व्यवहार गरेपछि टीयूका सहायक डीनलाई विद्यार्थीले लगाए कालोमोसो
- नेपाल पर्यटन बोर्डको सदस्यमा पोखराका पौडेल नियुक्त
- कांग्रेसलाई लाञ्छना लगाउन संसदमै झूटको खेती
- पोखरामा नक्कली नोटको कारोवार गर्ने दम्पती मेसिनसहित पक्राउ
- धवलागिरिका तीन कारागार रूपान्तरण गर्न पहल शुरु, महिला र पुरूष बन्दीलाई छुट्टाछुट्टै राखिने
- बलात्कारको आरोप लागेका वडाध्यक्ष रेग्मीलाई जिल्ला अदालत तनहुँबाट सफाइ
प्रतिक्रिया दिनुहोस