बागलुङ- गलकोटमा जारी राष्ट्रिय महिला भलिबलको आजको सेमिफाइनल खेल जित्दै सशस्त्र प्रहरी बलको एफिएफ र नेपाल पुलिस क्लब फाइनलमा भिड्ने भएका छन् ।
एपिएफ प्रदेश नं ५ लाई सोझो सेटमा २५–१०, २५–१५ र २५–१९ अङ्कले हराएर फाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई २८–२६, २५–१५ र २५–१४ अङ्कले पराजित गरी फाइनलको यात्रा तय गरेको हो । फाइनल खेल शनिबार खेलाइनेछ ।
तेस्रो स्थानका लागि आर्मीले प्रदेश नं ५ सँग खेल्नेछ । सो प्रतियोगिताबाट १८ खेलाडी उत्कृष्ट छनोट हुनेछन् । वैकल्पिक छ खेलाडी छनोट गरेर साग प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा पठाइनेछ ।
सदरमुकामभन्दा टाढा ल्याएर गरिएको प्रतियोगिताले ग्रामीण क्षेत्रमा खेलकूदको विकास गर्न सहयोग पुग्ने जिल्ला भलिबल सङ्घका अध्यक्ष यम श्रीषले बताए । नौ टोलीका खेलाडी, प्रशिक्षक र पदाधिकारीसमेत २०० सहभागी थिए ।
थप समाचार
- सुदूरपश्चिमका ३२ ठाउँमा खेल मैदान निर्माण हुने, २० लाखका दरले बजेट विनियोजन
- शहीद स्मारक बी डिभिजन लिग फूटबल : टुसाल विजयी
- ‘बी’ डिभिजन लिगः दर्शनको ह्याट्रिक
- अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालले आज मेघालयसँग खेल्ने
- पोखरा म्याराथनमा दौडिए मुख्यमन्त्री, उपाधि आर्मीका धावकलाई
- नेपालद्वारा मलेसियासामु १२७ रनको लक्ष्य प्रस्तुत
प्रतिक्रिया दिनुहोस