×

NMB BANK
NIC ASIA

डम्पिङ साइट नहुँदा नगरपालिकाको फोहर खोलामा

असोज २७, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

मुसिकोट-रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले बजार क्षेत्रमा सङ्कलित फोहर खोलामा बगाउँदै आएको छ । फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था नहुँदा नगरपालिका आफैंले बजारमा सङ्कलन गरेको फोहर यहाँको गिजागाड खोलामा फाल्दै आएको हो । 

उक्त नगरपालिकाको केन्द्र रहेको वडा नं ९ को राडी बजारका विभिन्न ठाउँबाट सङ्कलित सबै फोहर सो खोलामा फाल्ने गरेकाले स्थानीयवासीले पनि घरघरमा सङ्कलन गरेको फोहर मनोमानी ढङ्गले खोलामा बगाउँदै आएका छन् । वडा नं १२ र ९ लाई जोड्ने गिजागाड माथिको झोलुङ्गे पुलबाट स्थानीयवासीले दिनहुँ खोलामा फोहर फाल्दा यस क्षेत्रको वातावरण दुर्गन्धित हुनाका साथै खोला किनारमा फोहरको थुप्रो समेत बढ्दै गएको छ । 

यसअघि नगरपालिकाले बजारवासीलाई आफूखुशी यहाँको पुलबाट फोहर नफाल्न र फालेको भेटिए कारवाही हुने सूचना सार्वजनिक गरेपनि नगरपालिकाले आफैंले बनाएकोे ‘समृद्ध र स्वच्छ’ नगरको नारालाई लत्याउँदै खोलामा सिधै फोहर फाल्दा आठबिसकोट बजार प्रदूषित बन्दै गएको छ । खोलामा फालिएको फोहर बजार क्षेत्र र यहाँको विभिन्न ठाउँ र किसानको खेतबारीमा थुप्रिने गरेको स्थानीयवासी शङ्करबहादुर पुनले बताउनुभयो । 

उता नगरपालिकाले भने यस खोला किनारमा फाल्दै आएको फोहरलाई अस्थायीरुपमा मात्र व्यवस्थापन गरिएको जानकारी दिएको छ । तत्काल पर्याप्त मात्रामा डम्पिङ साइटका लागि जग्गा नभएकाले यस्तो गर्नुपरेको नगरपालिकाको भनाइ छ । 

बजार क्षेत्रको फोहर व्यवस्थापनका लागि जग्गा उपलब्ध हुन लागेको र त्यसपछि मात्र फोहरको उचित व्यवस्थापन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार डम्पिङ साइटका जग्गा खरीद भइसकेकाले छिटै फोहर व्यवस्थापन गरिने छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x