×

NMB BANK
NIC ASIA

हजार रुपैयाँमा चुनाव जितेर साइकलमा हिँड्ने ‘जनमतका धनी’ वडाध्यक्ष

असोज २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – लामो राजनीतिक जीवनमा उनले कहिल्यै लाभको पद हासिल गरेनन् । बिहान–बेलुका हातमुख जोर्न चलचित्र मन्दिरमा टिकट बिक्री गर्ने कामबाहेक कहिल्यै राजनीति र जनसेवाभन्दा अलग बसेनन् ।
राजनीतिका सजिला र अप्ठ्यारा दुवै परिस्थितिमा उनको साविक एमालेको राजनीति प्रतिको लगाव घटेन । तिनै सादगी जीवनका धनी, कम्युनिस्ट आदर्शका बिम्ब हुन् कमलप्रताप थापा अर्थात् बुटवल उपमहानगरपालिका–७ का वडाध्यक्ष ।

Muktinath Bank

सेताम्मै फुलेको कपाल । तर, हँसिलो अनुहार । उनी साइलकमा बिहान १० बजे नै पुग्छन् वडा कार्यालय दीपनगर । अनि धमाधम शुरू गर्छन् वडाबासीको काम । बुटवल उपमहानगरपालिकामा १९ वडा छन् । १९ वडाध्यक्षमध्ये अधिकांश सम्पन्न परिवारका छन् । धेरैजसो नगर कार्यपालिका आउँदा कार हुइकाउँदै आउँछन् त कोही मोटरसाइकलमा आउँछन् । तर, थापा भने पुरानो साइकल चलाउँदै नगरपालिका पुग्छन् । उनलाई त्यो साइकल ठूली छोरीका छोराले दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०१७ सालमा गुल्मीको पुर्कोट दहलमा जन्मिएर सानैमा टुहुरा भएका उनी ४ वर्षको हुँदा आमाले उनलाई छाडेर अर्कैसँग विवाह गरिन् । बुवाले पनि अर्कीसँग बिहे गरेर घरजम गरे । दुवैका टुहुरा भएपछि उनको बाल्यकाल मामाघर पुर्कोटदहमै हुर्कियो । गाउँमा प्रेमप्रकाश भुसाल ‘पसिना’ले अब कम्युनिस्ट पार्टीमा आवद्ध भएर सामन्त मण्डलेलाई देशबाट परास्त गर्नुपर्छ भनेर प्रशिक्षण दिएपछि उनी सामन्तविरूद्ध विभिन्न ठाउँमा प्रचारप्रसार गर्न हिँड्न थालेका थिए ।


Advertisment
Nabil box
Kumari

२०२८ सालमा उनले पुर्कोटदहकै तत्कालीन पृथ्वी माविबाटै एसएलसी परीक्षा दिए । तर, उत्तीर्ण हुन सकेनन् । त्यसपछि उनी सोही वर्ष नै कपिलवस्तुको विरभुरमा बसाई सरे । त्यहाँ उनी केही वर्ष बसेपछि २०३७ सालमा उनी बुटवलको दीपनगरमा आएर बस्न थाले । 

Vianet communication
Laxmi Bank

बुटवलमा आएपछि उनी झण्डै ३ वर्ष बुटवल सुनौली रूटमा चल्ने गाडीको सहचालक भएर काम गर्न थालेपछि उनी नेपाल यातायात स्वतन्त्र मजदूर संगठनमा आवद्ध भएर काम गरे । 

तत्कालीन एमाले नेता स्वर्गीय जीवराज आश्रितले गाडीको सहचालकको काम छोड अब जनतालाई प्रशिक्षण दिनुपर्छ, संगठनमा गोलबन्द गर्नुपर्छ भनेर आफ्नै टोल बुटवलका विभिन्न क्षेत्रमा पठाए । उनको सानो टहरा भएको बुटवल–७ दीपनगर मण्डलेको गढ थियो ।

बुटवलमा आएपछि २०४८ सालदेखि बुटवलस्थित मिलन चलचित्र मन्दिरको गेटमा बसेर टिकट च्यात्ने र दर्शकलाई हलभित्र पठाउने काम गर्न थाले । चलचित्र मन्दिरको कामसँगै उनी पार्टीका हरेक कार्यक्रममा पुग्थे । ‘कहिले तत्कालीन एमाले सचिव (हाल नेकपा महासचिव) विष्णु पौडेल जिल्लामा आउँदा सबै कार्यक्रममा नपुगेसम्म मन खिन्न हुन्थ्यो,’ उनी भन्छन्, ‘बिहान–बेलुका मुख जोर्नका लागि फिल्म हलका काम गरेपनि मेरो मन पार्टीमा हुन्थ्यो ।’ उनी एमाले जिल्ला कमिटी सदस्य भएर पनि पार्टीमा काम गरे ।  

२०७४ सालमा स्थानीय चुनावको मिति घोषणा भयो । तर, मिति सर्‍यो । असार १४ गते । चुनाव समय अगाडि टिकट वितरण गर्ने विषयमा छलफल चल्यो । उनलाई टिकट दिने निधो भयो । तर, उनीसँग गोजीमा पैसा थिएन । टिकट त पाइयो तर चुनाव कसरी लड्ने ? उम्मेदवारी मनोनयका लागि उनले १ हजार रूपैयाँ जोहो गरे ।

एमालेको गढको रूपमा रहेको बुटवल–७ मा थापाविरूद्ध कांग्रेस, तत्कालीन माओवादी केन्द्र, नयाँ शक्ति र राष्ट्रिय जनमुक्ति पार्टी एकता गरेर चुनाव लडे । थापाले चुनावी प्रचारमा १ रुपैयाँ पनि खर्च गरेनन् । सबै वडाबासी आफ्नै पैसा खर्च गरेर उनको प्रचारमा जुटे । कतिसम्म भने, उनको फोटो सहितको प्रचार सामग्री पनि वडाबासीले बनाएर प्रचार गरिदिए ।

चुनावको मत परिणमा आयो थापाले १ हजार ८ सय ७४ मत ल्याएर विजयी भए भने कांग्रेस, माओवादी, नयाँशक्ति र जनमुक्तिको मत आयो जम्मा १ हजार ६ सय १८ ।

उनी भन्छन्, ‘मेरो चुनाव खर्च १ हजार मात्र हो । अब म वडालाई नमूना बनाउन जुटेको छु ।’ तपाईलाई सवारीसाधन आवश्यक छैन भन्ने प्रश्नमा उनी भन्छन्, ‘मेरो मोटरसाइकल किन्ने आर्थिक हैसियत छैन । सरकारी बजेटले बाइक किन्ने पैसा बरू वडाको विकासका लागि खर्च गरे राम्रो हुन्छ ।’

उनी बिहान घरमा काम गर्छन् दिउँसो वडा कार्यालय । उनलाई बुटवलबासीले सादगी वडाध्यक्ष भन्न रुचाउँछन् । ‘मेरो पूरै समय जनताका कुरा सुन्ने, काम गर्ने र सहयोग गर्नेमै बित्छ,’ उनले भने, ‘वडाको बजेट परेका योजना घुमेको छु । कतै रकम चुहावट हुन दिन्नँ । वडाले दिएको जिम्मेवारी पूरा गर्छु ।’

वडाबासीको भरोसा उनीमाथि नै छ । वडाको बैठक, नगरपालिकाको कार्यक्रम र अतिथिका रूपमा बोलाइएका कार्यक्रममा उनी समयमै पुग्छन् । बुटवल हिलपार्कलाई वडाकै नमूना पर्यटकीय क्षेत्र बनाउने, वडामा रहेको विकराल खानेपानीको समस्या समाधान गर्ने, सिद्धेश्वरी खेल मैदानलाई स्तरवृद्धि गर्ने र विद्यालयलाई प्राविधिक बनाउने उनको योजना छ । थापाले समस्या सम्बन्धित ठाउँमा खुलेरै राख्ने भएकाले सबैको प्यारो बनेका छन । 

दैनिक वडा कार्यालयमा आएर उनी जनताका काममा सघाउँछन् । दैनिक हाजिर हुने थापालाई सेवाग्राहीले सजिलै काम अह्राउँछन् । स्थानीय तहमा बढ्दै गएको सवारीसाधन प्रतिको अनावश्यक खर्च गर्ने प्रवृत्तिविरूद्ध कमलप्रताप थापाबाट सिक्न सकिन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x