कात्तिक २८, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
धनगढी- मालसामान किनमेलका लागि सीमावर्ती गौरीफन्टा नजिकको वनगाउँ बजारमा यतिबेला नेपाली ग्राहकको भीड लागेको छ । धनगढी लगायतका बजार क्षेत्रमा यतिबेला किराना र लत्ता कपडाको मूल्य चर्को वृद्धि भएको भन्दै केही सस्तो मूल्यमा सामान पाइने विश्वासमा गौरीफन्टा पुग्नु परेको उपभोक्ताहरूले बताएका छन् ।
सीमा क्षेत्रमा भेटिनुभएकी धनगढीकी कलावती भट्टले प्रश्न गर्नुभयो– “धनगढीमा किरानाका सामान र कपडालगायतको मूल्य गत वर्षभन्दा निकै चर्को भएको छ, यस्तो महङ्गाइमा गरीबले कसरी चाडपर्व मनाउने ?”
गौरीफन्टा वनगाउँ जाने ग्राहकमध्ये ९५ प्रतिशत ग्राहक नेपाली नै हुने गरेको त्यहाँका व्यापारीको भनाइ छ । सामान किनमेल गरेर फर्किने नेपालीले सीमामा बेलाबखत दुव्र्यवहार झेल्नु परेकोमा पछिल्लो समय यो प्रवृत्तिमा केही कमी आएको नेपाली ग्राहक बताउँछन् ।
“सीमामा पहिलेको जस्तो हुने ज्यादती रोकिएको छ,” सीमामा भेटिनुुभएका कैलाली गोदावरी नगरपालिकाका रामदिन चौधरीले भन्नुभयो– “सीमाबाट धनगढी बजारसम्म आउने विद्युतीय रिक्साले भने मनपरी भाडा लिइरहेका छन्, रोक्ने पहल कसैले गरेका छैनन् ।” गौरीफन्टाको वनगाउँमा हिजोआज दैनिक हजारभन्दा बढी नेपाली किनमेलका लागि जाने गरेको अनुमान छ ।
गौरीफन्टाको वन क्षेत्रमा करीब सय वर्षअघि बजार स्थापना भएको थियो । पछिल्लो पटक भारतीय वन विभागले त्यहाँका व्यापारीलाई वन क्षेत्र खाली गर्न आदेश दिएपछि ती व्यापारीले नजिकैको वनगाउँमा गएर बजार स्थापना गरेका हुन् ।
सीमामा दुवै देशका प्रहरीको संयुक्त सहायता कक्ष
सीमा नाका हुँदै आवागमन गर्ने नागरिकको समस्या समाधानमा सघाउ पु¥याउन गौरीफन्टा सीमा नाकामा नेपालको सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त पहलमा सहायता कक्ष सञ्चालनमा आएको छ ।
“नागरिकलाई सीमापार गर्दा हुने समस्या समाधान गर्न संयुक्त सहायता कक्ष स्थापना गरेका हौँ, सहायता कक्षमा खटिनुभएका एसएसबीका जीएन शर्माले भन्नु्भयो– सहायता कक्ष सञ्चालन भएबाट सीमामा व्यहोर्नुपर्ने समस्या पनि हट्दै गएको छ ।” यो कक्ष सञ्चालनबाट सीमामा आवागमन गर्ने नागरिकमाथि हुने गरेका ज्यादति र दुव्र्यवहारका घटना रोकिएको सशस्त्र प्रहरी बलका वीरबहादुर साउदले बताउनुभयो ।
सीमामा पुग्ने यात्रुलाई गन्तव्यमा पु¥याउने रिक्साले भने मनपरी भाडा असुल्ने प्रवृत्ति देखिँदा यात्रुले समस्या भोग्नुपरेको शर्माले बताउनुभयो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनअघि गौरीफन्टा सीमा नाकाको निरीक्षण गरी रिक्सा चालकलाई मनपरी भाडा नलिन निर्देशन दिनुभएको थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...