×

NMB BANK
NIC ASIA

दश रुपैयाँ दिएर ८ वर्षीया बालिका बलात्कार र हत्या, श्रीमतीको फोनले पक्राउ परे अभियुक्त

असोज २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – आठ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको अभियोगमा दुईजना पक्राउ गरेका छन् । धनुषाको औरही गाउँपालिका वडा नम्बर २ स्थित देउरी परबाहा गाउँकी ८ वर्षीय बालिका मनिकाकुमारी यादवलाई सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले पक्राउ गरेको हो ।

Muktinath Bank

गत शुक्रबार गाउँकै दुर्गा मन्दिरमा मेला हेर्न गएकी मनिका भोलिपल्ट मृत फेला परेकी थिइन् । ‘शुक्रबार राति ७ बजेतिर गाउँका केटी साथीहरूसँग गाउँकै दुर्गा मन्दिरमा पूजा तथा मेला हेर्न गएकी थिइन् । तर अबेरसम्म नफर्किएपछि खोजतलाश थाल्यौं, उनी फेला पर्न सकिनन्,’ मृतक बालिकाको बुवा रामआशिष यादवले भने, ‘भोलिपल्ट बिहान शनिबार गाउँकै रेल्वे स्टेसननजिक धान खेतमा छोरीको शव नग्न अवस्थामा फेला पर्‍यो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनाबारे उजुरी परेपछि प्रहरीले अनुसन्धान थाल्यो । गाउँकै विनोद मुखियाले पैसा दिँदै गरेको देखेका प्रत्यक्षदर्शीको सूचनाका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान शुरू गर्‍यो । परिवारकै सहयोगमा विनोदलाई पक्राउ गरेपछि नथुनी पण्डित पनि घटनामा संलग्न रहेको पाइयो । प्रहरीले नथुनीलाई पनि पक्राउ गर्‍यो ।


Advertisment
Nabil box
Kumari

रक्सी खाएर बलात्कारको योजना

Vianet communication
Laxmi Bank

देउरी परवाहाका विनोद र नथुनी मिल्ने साथी हुन् । घटना भएको दिन साँझ दुवै जनाले स्थानीय रक्सी पसलमा रक्सी सेवन गरे । रक्सी सेवन गरेपछि बढेको यौनेच्छाले उनीहरू बलात्कार गर्ने मनस्थितिमा पुगे ।

सोही दिन गाउँमा मेला थियो । मेला हेर्न आएका युवतीलाई फकाएर बलात्कार गर्ने योजना बन्यो ।

उनीहरूको निसानामा परिन् मनिका । नथुनीले १० रुपैयाँ दिएर फकाउँदै मनिकालाई चाउचाउको लोभ देखाए ।

आफ्नै छिमेकको र अंकल भनिरहेको व्यक्तिले देखाएको प्रलोभनमा उनले विश्वास गरिन् । विनोद र नथुनीको पछिपछि लागिन् ।

‘मेला लागेको स्थानबाट १ किलोमिटर पर रेल्वे स्टेसन नजिकको सुनसान खेतमा लगेर बालिकाको मुख छोपेर दुवैले पालैपालो सामूहिक बलात्कार गरे,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले भने, ‘मुख थुनेर रेप गर्दा बालिकाको मृत्यु हुन गयो । मृत्यु भएपछि बालिकाको शवलाई त्यहीँ छोडेर उनीहरू फर्किए ।’

त्यसको केही घण्टापछि फेरि दुवैजना बालिका मरेको छ कि छैन भन्ने कुराको निधो गर्न घटनास्थल पुगे । मरेको हो भन्ने यकिन भएपछि कपडा निकालेर फालिदिए अनि शवलाई घोप्टो पारेर टाउको हिलोमा गाडेर फर्किए ।

त्यसपछि नथुनी निर्धक्क साथ घरमै बसे । बालिका हराएको उजुरी परेपछि प्रहरीले अनुसन्धान थाल्यो । अपराधीलाई भाग्न नदिन गाउँका सबै नाकामा प्रहरी परिचालन गरियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा विनोदको संलग्नता हुनसक्ने आधार भेटियो । विनोद सोही दिन गाउँबाट भागिसकेका रहेछन् ।

प्रहरीले उनको खोजीमा परिवारलाई दबाब दियो । श्रीमती, आमा र भाइलाई साथमा लिएर उनी जानसक्ने सम्भावित ठाउँमा खोजी गरियो ।

श्रीमतीसँगको फोन सम्पर्कका आधारमा विनोद जनकपुरमा रहेको थाहा भयो । सादा पोशाकका प्रहरी उनको परिवारका सदस्यहरूलाई लिएर जनकपुर पुग्यो ।

फोनमा श्रीमतीलाई मात्र आफू रहेको ठाउँ बताएपनि आमा र भाइसमेत आएको देखेपछि आत्तिएका विनोद भाग्न खोजे । सादा पोशाकमा खटिएको प्रहरीले त्यहीँबाट उनलाई पक्राउ गर्‍यो ।

विनोद पक्राउ परेपछि घटनामा नथुनी पनि संलग्न रहेको खुल्यो । नथुनी गाउँबाटै पक्राउ परे । प्रहरीसँगको बयानमा दुवैले अभियोग स्वीकारीसकेका छन् ।

एसपी थपलियाले भने, ‘प्रतिवादीले बलात्कार गरेर हत्या गरेको कुरा सहजै स्वीकार गरिसकेका छन् । घटनास्थलबाट आवश्यक सबुद् प्रमाण पनि जुटिसकेको छ ।’

मृतकको शवको पोस्टमार्टम गरिएको छ । मृतकको लुगा, प्रतिवादीको लुगा लगायतका प्रमाण संकलन गरेर परीक्षणका लागि पठाइएको एसपी थपलियाले बताए ।

विनोद यसअघि पनि हातहतियार तथा खरखजना मुद्दामा सजाय भोगेर छुटेका व्यक्ति हुन् । नथुनीमाथि पनि गाउँमा चोरीको आरोप लाग्ने गरेको प्रहरीले बताएको छ ।

सामूहिक बलात्कार तथा कर्तव्य ज्यानअन्तर्गत उनीहरूमाथि मुद्दा चलाइएको छ । कसूर ठहर भए दुवै जनालाई आजीवन काराबासको सजाय हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x