कात्तिक २०, २०८०
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
भक्तपुर- सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन मासु बिक्री वितरण भइरहेको पाइएको छ ।
आज सूर्यविनायक नगरपालिकाले सूर्यविनायकदेखि सल्लाघारीसम्म रहेको मासु पसलको अनुगमन गर्दा अधिकांश मासु पसल फोहर, हरियो झिङ्गा भन्केको, गन्हाउने र खान योग्य नभएको मासु बिक्री गरेको पाइएकोहो । नगरपालिकाका उपप्रमुख जुना बस्नेतको नेतृत्वमा बजार अनुगमन शाखा, स्वास्थ्य शाखाका कर्मचारी, नगर प्रहरी र सञ्चारकर्मीसहित कर्मचारीको टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमनको क्रममा अधिकांश मासु पसल नगरपालिकामा दर्ता नभएको, मूल्य सूची नराखिएको, साइनबोर्ड नभएको, बिक्री रसिद नभएको, कुखुरा र राँगाको मासु एउटै फ्रिजमा राखिएको, नापतौल बिगारेको, सिसी क्यामेरा प्रयोग नभएको, एप्रोनको प्रयोग नगरिएको र खान योग्य नभएको मासु बिक्रीमा राखिएको पाइएको थियो ।
अनुगमनका क्रममा फ्रेस मिट कर्नरमा राँगोको मासु अव्यवस्थित, फोहर र झिङ्गा भन्किएको बिक्री गरिरहेको पाइएको थियो । यसमा राँगोको टाउँको, खुट्टा, भूँडी, यत्रतत्र भूइँमै छरेर राखेको, अन्य मासु फोहर ठाउँमै राखेर बिक्री गरेको र गहाउने मासुसमेत बिक्री गरेको पाइएको छ ।
त्यससँगैको माइला दाइको मासु पसलमा दर्ता नभएको, बोर्ड नराखिएको र बाहिरै झिङ्गा भन्काएर राख्दै मासु बिक्री गरिरहेको पाइएको थियो । मासु राखेको कोठा अत्यन्तै फोहर, मासु राख्ने ठाउँमै कुकुरको खोर राखिएको, फ्रिजसमेत नराखिएको पाइएको छ ।
सूर्यविनायक मिट सपको तल्लो पसलमा राँगो र कुखुराको मासु एकै ठाउँमा राखेर बिक्री गरेको, नापतौल नमिलेको, फोहर मासु बिक्री गरेको पाइएको थियो । माथिल्लोमा पनि कुखुराको मासु धेरै नै फोहर गरिराखेको र बिक्री गरेको पाइएकोे छ । सरकारको रु २५ लाख अनुदानमा सूर्यविनायकमै सञ्चालित अर्पण मासुपसल अहिलेसम्म नगरपालिकामा दर्ता नगरेको र फ्रिज अत्यन्तै फोहर गरिराखेको पाइएको थियो । अनुदान लिएअनुसार पसल व्यवस्थित नगरेको र फोहर पाइएको छ ।
सूर्यविनायककै जय मिट शप पनि दर्ता नगरी सञ्चालन भएको पाइयो भने सल्लाघारीको समिरा मिट शप र सूर्य कोल्डस्टोरमा फोहर र खान योग्य नभएको मासु बिक्री गरेको पाइएको थियो ।
नगरपालिकाका उपप्रमुख बस्नेत, नगरपालिकाका अनिरुद्र नेपाल, पूर्णचन्द्र शर्मा, रामचन्द्र सापकोटा, शोभा घिमिरे, सुमित्रा थापा, नगरप्रहरी विश्वराम नगरकोटी र सञ्चारकर्मी सहितको टोलीले मासु पसलको अनुगमन गरेको थियो । अनुगमनमा सबै पसललाई दशैँलगत्तै सात दिनभित्र पसल दर्ता र नवीकरण गरिसक्नुपर्ने, मासु पसलमा तत्काल सुधार गर्नुपर्ने लगायतका निर्देशन दिएको नगरपालिकाका उपप्रमुख बस्नेतले बताउनुभयो । उहाँले निर्देशन पालना नगर्ने मासु पसलमा सिलबन्दी गरिने बताउनुभयो ।
नगरपालिकाको मापदण्ड विपरीत सञ्चालित मासु पसल बन्द गराइने बताउँदै उपप्रमुख बस्नेतले पहिलो पटक सचेत गरिएको र दोस्रो पटक पसल बन्द गराइने बताउनुभयो । नगरपालिकाका प्रमुख वासुदेव थापाले दशँैपछि पसल तथा व्यवसाय दर्तालाई कडाइका साथ लागू गर्ने बताउनुभयो । उहाँले व्यवसाय दर्ता नगर्ने, कर छलि गर्ने, अखाद्य वस्तु बिक्री गर्ने र नगरपालिकाको मापदण्ड विपरित सञ्चालन गर्नेलाई कारवाही गरिने बताउनुभयो ।
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...