×

NMB BANK
NIC ASIA

इजरायली प्रमुख विमान कम्पनीद्वारा सन् २०१९ देखि उडान नगर्ने चेतावनी

असोज २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जेरूसेलम- सुरक्षाको कारण देखाउँदै इजरायलका प्रमुख मानिने केही विमान कम्पनीद्वारा सन् २०१९ को जनवरी १ देखि उडान नगर्ने चेतावनी दिएको इजरायली स्थानीय सञ्चारमाध्यमहरूले आइतबार जनाएका छन् । 

Muktinath Bank

एल अलका प्रमुख एली दापासले इजरायली राष्ट्रिय सुरक्षा परिषद्का उपप्रमुख र प्रधानमन्त्रीको कार्यालयका महानिर्देशकलाई जरूरी पत्र लेख्दै उक्त घोषणा गर्नुभएको इजरायली हिब्रु भाषामा प्रकाशन हुने येदिओथ आहरोनोथले उल्लेख गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वभर रहेका हाम्रा कार्यालयमा सुरक्षा गार्डको व्यवस्थालाई निरन्तरता दिने कुरामा विदेश मन्त्रालयले कुनै चासो नदिएपछि सबै उडानहरू अवरूद्ध गर्ने निष्कर्षमा पुगेका छौँ, दापासको पत्रमा लेखिएको छ । 


Advertisment
Nabil box
Kumari

विदेश मन्त्रालयका महानिर्देशकले हालै उक्त कम्पनीलाई केही दिन पहिले एक पत्र लेख्दै मन्त्रालयले विदेशी विमानस्थलमा आगामी जनवरी १ देखि कुनै सुरक्षाकर्मीलाई नखटाउने जनाएको दापासले बताउनुभयो । दापासका अनुसार सुरक्षा कामदारका लागि नयाँ सहमति नभएको भन्दै विमानस्थलमा सुरक्षा गार्ड उपलब्ध गराउन नसक्ने जनाएको थियो । 

Vianet communication
Laxmi Bank

इजरायली विमान कम्पनी एल अल, अर्किया र इसराइरद्वारा उडान भर्ने देशमा रहेका विमानस्थलमा इजरायली सुरक्षाकर्मीले सम्बन्धित मुलुकको सुरक्षा अधिकारीको सहयोगीका रूपमा काम गर्दै आएका थिए । 

विमान कम्पनीहरूले लेखेको पत्रको बोधार्थ विदेशमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु तथा यातायात मन्त्रीलाई दिइएको छ । 

जटिल सुरक्षा प्रणालीमा गरिने कुनै पनि परिवर्तनका लागि धेरै निकायसँग विचारविमर्श गर्नु जरूरी रहेको र सरकारले झण्डै साढे दुई महिनाको समयमा उक्त निर्णय गर्न नसक्ने दापासले बताउनुभएको छ । तर प्रधानमन्त्रीको कार्यालयले भने उक्त बिषयलाई अर्थमन्त्रालयको समन्वयपछि केही दिनमा समाधान निकाल्ने अपेक्षा गरिएको जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x