×

NMB BANK
NIC ASIA

सिक्टा छानबिन समितिको प्रतिवेदन : समस्या देखिएपछि पनि समाधानतर्फ ध्यान दिइएन

असोज २९, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

काठमाडौँ– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा घुलनशील माटोको समस्या देखिएका कारण नहर फुटेको भन्दै त्यसको वैज्ञानिक एवं प्रभावकारी समाधानमा जोड दिइएको छ । सरकारले गठन गरेको छानविन समितिका अनुसार आयोजनासम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदनमा समेत माटोको घुलनशीलताका सम्बन्धमा उल्लेख गरिएको छैन । 

Muktinath Bank

अन्य आयोजनामा त्यस्तो समस्या नदेखिएकाले सो आयोजनाको डिजाइन गर्दासमेत आवश्यक आँकलन गर्न नसकिएको उल्लेख छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी गत साउन २६ गते मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजनाको डिजाइन तथा निर्माण गर्दा माटोको परीक्षण भए तापनि घुलनशील एवं उक्त माटोमा पानीका कारण हुनसक्ने सम्भावित प्रभाव तथा समस्याका सम्बन्धमा आँकलन हुन नसकेको प्रतिवेदनले औँल्याएको छ । नहरको मुख्यतः २० देखि ३५ किलोमिटर क्षेत्रमा नहर खन्दा र माटो पुरिएका क्षेत्रमा घुलनशील माटोको मात्रा बढी भएका कारण वर्षात्को पानीले समस्या खडा गरेको उल्लेख छ । 


Advertisment
Nabil box
Kumari


समितिले जैविक अवस्थाका कारण समस्या बढेको र पानीको बहावले साना खोल्सा बनाएको देखिन्छ । छानबिन समितिले आयोजनाको स्थलगत निरीक्षण, विभिन्न तहमा भएका अध्ययन प्रतिवेदनको अध्ययन, स्थानीय सरोकारवालासँग अन्तक्र्रिया, माटोको प्रकृति तथा डिजाइन तथा ठेक्का व्यवस्थापन सम्बन्धमा आवश्यक अध्ययन गरेको थियो । छानबिन समितिले यही असोज २६ गते प्रतिवेदन बुझाएको भए पनि मन्त्रालयले आइतबार सार्वजनिक गरेको हो । 

Vianet communication
Laxmi Bank


छानबिन समितिले विगत केही वर्षदेखि निकुञ्ज क्षेत्रभित्र बग्ने खोलामा जम्मा हुने बालुवा तथा माटोजन्य पदार्थको उचित उत्खनन् व्यवस्थापन तथा उपयोगमा बन्देज हुँदा खोलाको सतह बढ्दै गएको र वर्षात्को पानी नहरमा पसी नहर तथा संरचनामा क्षति पु¥याएको पाइएको जनाएको छ ।  ठेक्का व्यवस्थापनको पक्ष कमजोर र विगतमा विभिन्न तहमा गठित समितिको प्रतिवेदन एवं प्राविधिक अध्ययन सुझावको कार्यान्वयनमा समेत ढिलाइ गरिएको नहर संरचनाको आवश्यक तथा नियमित मर्मत सुधार हुन नसक्दा समस्या थप जटिल बन्दै गएको छानबिन समितिले जनाएको छ । 


आयोजनाको मूल नहरमा देखिएका प्राविधिक समस्याको समाधान तथा सुधारका लागि बढी माटो भरिएको क्षेत्र तथा कमजोर भू–धरातल भएका स्थानमा स्थलगत अवस्थाअनुसार आयोजना निर्माण गर्दा प्रभावकारी व्यवस्थापन गर्न निर्माण व्यवसायी असफल भएको उल्लेख छ । आयोजनाको अध्ययन हुँदा परामर्शदाताले थाइल्याण्ड लगेर माटो परीक्षण गरे पनि घुलनशीलताबारे अध्ययन नगर्नु नै समस्याको कारक रहेको भन्दै छानबिन समितिले समस्या देखिएपछि समाधान गर्नेतर्फ पनि ध्यान नदिएको जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x