गुल्मीको बिसुखर्कमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

असोज २९, २०७५

गुल्मी– गुल्मीमा गएराति भएको जिप दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । बाग्लुङ हटियाबाट गुल्मीको बिसुखर्क धौलादिपतर्फ  आउँदै गरेको लु १ ज २१८१ को जिप गुल्मीको चन्द्रकोट गाउँपालिका २ बिसुखर्कको गजेनी गरगरेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा बिसुखर्क धौलादिपका गाडी मालिक ३९ वर्षीय लालबहादुर गुरुङ र ५३ वर्षीय चालक भरत गुरुङको मृत्यु भएको हाे । जिपमा दुईजना मात्रै सवार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गाडी सडकबाट तीन सय मिटर तल खसेको छ । 


ADVERTISEMENT

स्थानीयले आज बिहान दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय चन्द्रकोटबाट प्रहरी टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 
 

असोज २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस