×

NMB BANK
NIC ASIA

दशैंमा घुम्ने योजना बनाएकालाई यी हुन् प्रदेश ५ का आकर्षक ७ पर्यटकीय गन्तव्य

असोज २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – हिन्दू नेपालीको महान पर्व विजयादशमीमा नजिकै आइसकेको छ । आफ्नो पेशा व्यवसाय गर्न देशका विभिन्न ठाउँदेखि विदेशमा कार्यरत नेपाली दशैंमा घर फर्किने गर्छन् ।

Sagarmatha Cement
Muktinath Bank

जन्मघर आएपछि जमघट र रमाइलो गर्ने सबै नेपालीको बानी छ । दशैंको बिदामा घर आएकाहरूको लागि घुमेर रमाइलो गर्ने अवसर हुन सक्ने यस वर्षको बडादशैं । परिवार र साथीभाइसहित दशैं बिदामा घुम्न चाहनेका लागि यी हुन सक्छन् ५ नम्बर प्रदेशका उपयुक्त घुमघाम गर्ने स्थलहरू  :-


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनी


Advertisment
Nabil box
Kumari

विश्व शान्तिको मुहान महामानव भगवान् गौतमबुद्धको जन्मभूमि यहीँ रूपन्देही जिल्लामा पर्छ । प्रदेशको मात्र नभएर विश्वका बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र पनि हो । यहाँ प्रत्येक वर्ष हवाइमार्ग र स्थलमार्ग हुँदै आन्तरिक तथा बाह्य गरी झण्डै ५ लाख पर्यटक लुम्बिनीमा आउने लुम्बिनी विकास विकास कोषको भनाइ छ । यहाँ बुद्ध धर्मालम्बी मात्र होइन, अन्य धर्ममा आस्था राख्ने मानिस पनि लुम्बिनी पुगेर घुमघाम गरी आफ्नो मनलाई शान्त बनाउन सकिन्छ । लुम्बिनीमा भगवान गौतमबुद्धको पाइला, अशोक स्तम्भ, विभिन्न गुम्बा, तालको अवलोकन गर्न सकिन्छ । अन्य महिनामा गर्मी हुने भएपनि दशैंतिहारको समयमा मौसम शितल हुने हुँदा पनि लुम्बिनी दशैंको लागि घुम्ने उपयुक्त गन्तव्य बन्न सक्छ । 

Vianet communication
Laxmi Bank

बुटवल फूलबारी

बुटवलस्थित मणिमुकुन्द सेन उद्यान (फूलबारी) पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक आउने प्रमुख गन्तव्यको रूपमा विकास भएको छ । प्रत्येक वर्ष झण्डै ३ लाख पर्यटक आउने गर्छन् । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बुटवल फूलबारीमा पुग्न कुनै झन्झट छैन ।

बुटवल प्रदेश राजधानी भएसँगै फुलबारीले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तान्ने गरेको छ । फूलबारी पछिल्ला वर्षमा आन्तरिक पर्यटकको प्रमुख गन्तव्यको रूपमा विकास भइरहेको छ ।

१५ औं शताब्दीमा मणिमुकुन्द सेन राजाले निर्माण गरेको शीतकालीन दरबार अवशेष पनि फूलबारीमा फेला परेको इतिहासकारहरू बताउँछन् ।  १५ बिघा क्षेत्रफलमा रहेको पार्कलाई २५ बिघामा विस्तार गरी पूर्वाधार निर्माणको काम अझै राम्रो बनाउने काम भइरहेको बताउँछन् उद्यानका कार्यालय प्रमुख त्रिविक्रम बस्याल ।

कम्तिमा २ दिन समय निकालेर आउनेका लागि बुटवलको फुलबारी उपयुक्त स्थान हुन सक्छ । फुलबारीमा बाघ भालु, हरिण, जरायो, मृग, बदेल, लगायतका विभिन्न जंगली जनावरहरू पनि अवलोकन गर्न सकिन्छ ।

वनवाटिक 

त्यसैगरी, रूपन्देहीको तिलोत्तमास्थित शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिक) पनि बुटवल, तिलोत्तमा, सैनामैना र भैरहवाका बसोसार रहेकाका लागि घुमफिर गर्ने ठाउँ बन्न सक्छ । यहाँ पनि पर्यटक लक्षित विभिन्न स्टलहरू चिडियाखानाको रुपमा विभिन्न जंगली जनावर रहेका छन् । यहाँ पनि झण्डै वार्षिक १ लाखभन्दा बढी आन्तरिक पर्यटक घुम्नका लागि आउने गर्छन् । यस स्थानमा तिलोत्तमा नगरपालिका र वनबिहारले संयुक्त रुपमा भ्यू टावर निर्माण थालेका छन् । टावर बनेपछि त्यहाँबाट भारतको गोरखपुरसम्म देख्न सकिन्छ ।

हिलपार्क

बुटवलको ७ नम्बर वडामा पर्ने हिलपार्कमा पनि अहिले पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ । बिहान मर्निङ वार्क गर्नेहरूको भीडभाड नै लाग्ने गर्छ । यसको विकासका लागि बुटवल उपमहानगरपालिकाले हिलपार्कको गुरूयोजना समेत बनाएको छ । 

शिद्धबाबा

बुटवल र पाल्पाको सिमानामा पर्ने शिद्धबाबा मन्दिर यस क्षेत्रको धार्मिक आस्थाको केन्द्र हो । यहाँ मन्दिरमा पूजाआजा गर्नेदेखि भारतको विभिन्न ठाउँमा पर्यटकहरू दैनिक घुम्नका साथै मन्दिरको दर्शन गर्न आउँछन् । मन्दिर तिनाउ नदीको तटीय क्षेत्रमा पर्छ । यहाँ दुवै तर्फबाट ठूल्ठूलो पहाडको खोचमा मन्दिर रहेकाले यहाँ शितल पाउन र घुम्नका लागि पनि उपयुक्त ठाउँ हो । 

सुपादेउराली

प्रदेशको अर्घाखाँची जिल्लामा पर्छ सुपादेउराली मन्दिर । सन्धिखर्च पुग्दै बाटोमै पर्छ मन्दिर । शक्तिपीठ मन्दिर, मनोरम प्राकृतिक दृश्य र रमाइलो गर्न मिल्ने पर्यटकीय संरचना भएकाले सधैं श्रद्धालु अनि घुमफिर गर्नेको घुइँचो लाग्छ । त्यस्ता ठाउँमा परिवार, साथीभाइ र एक्लै गएर पनि दर्शन गर्ने रुची भएका पनि मन्दिरमा गएर आनन्द लिन सकिन्छ । जिल्लामा धार्मिक र प्राकृतिक पर्यटकीयस्थल धेरै छन् ।

वरिपरि चट्टानले बनेका अग्ला २ पहाड । प्राकृतिक सुन्दरताले हराभरा पहाडको काखैमा रहेको मन्दिरको आस्थाले सबैलाई तान्ने गर्छ । हेर्दै मनमोहक मन्दिरमा भाकल र पूजापाठ गर्दा आनन्द आउने र दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक जनविश्वासले दैनिक सयौंको संख्यामा भक्तजन आउने गर्छन् ।

स्वर्गद्वारी

प्युठानको स्वर्गद्वारी पर्यटकीय गन्तव्य मानिन्छ । स्वर्गद्वारी प्यूठान जिल्लाको सदरमुकाम खलंगाबाट करीब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । नेपालका प्राचीन मन्दिरमध्ये यो मन्दिरलाई एक मानिन्छ । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ ।  

परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्ने गरेको र भगवान् ब्रह्मा स्वयंले यहाँ तपस्या गरेको भन्ने जनश्रुति चलिआएको छ । स्वर्गद्वारीमा ऐतिहासिक अग्निखण्ड, गुफा, महादेव स्वर्ग गएको बाटो, यहाँ पालिएका गाई, महाप्रभूको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । बैशाख पूर्णिमा, बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x