×

NMB BANK
NIC ASIA

जलवायु परिवर्तन वैज्ञानिकहरूसँग राजनीतिक एजेन्डा छ : ट्रम्प

असोज २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तनको कुरा उठाउने वैज्ञानिकहरूसँग राजनीतिक एजेन्डा भएको आरोप लगाउँदै पृथ्वीको बढ्दो तापक्रमका लागि मानिसहरू जिम्मेवार रहेको विषयमा शंका व्यक्त गरेका छन् । 

तर जलवायु परिवर्तन हौवा मात्र रहेको कुरामा आफूले विश्वास गर्न छोडेको पनि उनले बताए ।

सीबीएस टीभीको ६० मिनेट कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले यो टिप्पणी गरेका हुन् । अघिल्लो हप्ता मात्र जलवायु वैज्ञानिकहरूले बढ्दो तापक्रम घटाउनका लागि अन्तिम आह्वान गरेका थिए । 

विश्वका अग्रणी वैज्ञानिकहरू जलवायु परिवर्तन मानवसिर्जित कुरा भएको मान्छन् । 

जलवायु परिवर्तनको अध्ययन गरेको राष्ट्रसंघीय प्यानलले विश्व ३ डिग्री सेल्सियसको तापक्रम वृद्धितर्फ बढिरहेको चेतावनी दिएको छ ।

आइतवारको अन्तर्वार्तामा ट्रम्पले कुनै पनि परिवर्तन गर्ने विषयमा शंका व्यक्त गरे र वैज्ञानिकहरूसँग ठूलो राजनीतिक एजेन्डा रहेको बताए ।

‘जलवायु परिवर्तन हौवा मात्र होइन रहेछ, त्यसमा सम्भवतः भिन्नता छ,’ उनले पत्रकार लेस्ली स्टाललाई बताए । 

‘तर यो मानवनिर्मित हो भन्ने मलाई लाग्दैन । म यो भन्छु । म खर्बौं खर्ब डलर दिन चाहन्नँ । म लाखौं लाख रोजगारी गुमाउन चाहन्नँ । म घाटाको स्थितिमा बस्न चाहन्नँ ।’

तापक्रम पहिलेकै स्थितिमा पुग्ने ट्रम्पले थपे तर यो कसरी हुन्छ भन्ने बताएनन् । 

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x