×

NMB BANK
NIC ASIA

राउटेमा रुपान्तरण : ‘पैसा छोए पाप लाग्छ’ भन्ने राउटे बने ‘मगन्ते’

असोज २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – ‘पैसा छोए पाप लाग्छ’ भन्ने राउटे समुदाय अहिले पूर्ण रुपमा परनिर्भर बनेको छ । पहिले–पहिले भाँडा बनाउने र सोही भाँडा खाद्यान्नसँग साँटेर जीवन गुजारा गर्ने राउटे समुदायलाई यतिबेला दशैं खर्च जोहो गर्न भ्याइँ–नभ्याइँ छ ।

Muktinath Bank

राउटे अहिले सुर्खेतको लेकबेसी नगरपालिकामा बस्दै आइरहेका छन् । सोमवार राउटे मुखिया डिलबहादुर शाही, सूर्यनारायण शाही लगायतका राउटेहरू वीरेन्द्रनगरमा रहेका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा धाइरहेका देखिए । उनीहरू दशैंका लागि खसी र चामल किन्नका लागि बजारमा पैसा माग्न आएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुखिया डिलबहादुर शाहीले भने, ‘हामी काठमाडौं पनि गयौं, यहाँका सरकारसँग पनि गयाका छौं । हामीलाई खाने चामल र खसी चाहियो ।’ दशैंमा खसी काटेर आफ्ना जनतालाई खुवाउने उनले बताए । ‘हामीले दशैंमा खसी काटेर जनतालाई खुवाउने भन्याका छौं । त्यही भएर हामी सरकारसँग पैसा, दशैं खर्च मागिरहेका हौं,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

मुखिया सूर्यनारायण शाहीले राउटे जनताका लागि दशैं मनाउने खर्चपानी जुटाउन बजार आएको बताए । ‘पहिले–पहिले हामी बस्याका ठाउँमा नै कोही गएर खाद्यान्न दिने गरेका थिए,’ उनले भने, ‘आजभोलि त्यस्तो गर्नेहरूको संख्या एकदमै कम भयाको कारण हामी सबैसँग नाप–नाप रुपैयाँ माग्न आएका हौं ।’

Vianet communication
Laxmi Bank

परनिर्भर राउटे

‘कुनै बेला राउटे समुदाय आत्मनिर्भर थियो । हातमा सीप पनि थियो । काठका धेरै सामान बनाउन जान्ने राउटेले गाउँमा आउँदा अन्नसँग काठमा सामग्री साँटेर लैजाने गरेका थिए । उनीहरूलाई कसैले पैसा दिएमा आफूलाई पाप लाग्ने बताउँदै उतिबेला राउटेले पैसा लिँदैन थिए,’ गुराँस गाउँपालिका–५ का रितेश शर्माले भने, ‘तर, अहिले हेर्दा उनीहरू पूर्णरुपमा परनिर्भर बनेका छन् । मगन्ते बनेका छन् ।’

दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिकाकी ७६ वर्षीय सिता शाहीले उतिबेलाको राउटे र अहिलेका राउटेमा आकाश पातालको फरक देखेको बताइन् । ‘उतिबेला उनीहरू जाँड बनाएर पिउने गर्थे, तर अहिले सोफी (मदिरा) दिउँसै पिएर बजार घुम्न जान्छन्,’ उनले भनिन्, ‘विभिन्न संघसंस्थाले राउटे बस्तीलाई मगन्ते बनाए । कोही आएर फोटो खिचेबापत रुपैयाँ दिने, कोही अलिकति चामल दिने, कोही पैसा दिने बानी पारेका कारण अहिले राउटे समुदायको सीप पनि धरापमा परेको छ । उनीहरू अल्छी र मदिराप्रेमी बनेका छन् ।’

‘राउटे समुदाय अहिले विकृति र विसंगतिमा फसिसकेको छ । उनीहरूले मदिरादेखि चुरोट सुर्तिसम्म खाने गरेका छन्,’ वीरेन्द्रनगरमा व्यापार गर्दै आइरहेका व्यवसायी हिरा नेपालीले भनिन्, ‘गुराँस गाउँपालिकाले अलिकति नियन्त्रण गर्न खोजेको थियो । उनीहरू बसाइ सरेर सुर्खेत आएका छन् ।’

सरकारले नै राउटे समुदायलाई कुलतमा फस्न सहयोग गरिरहेको उनले बताइन् । ‘राउटेलाई मदिरा बिक्रीवितरण गर्न नदिन राज्यले नै नीति बनाई लागू गर्न जरुरी देखियो,’ लोपोन्मुख समुदायलाई बचाउन सकिए पर्यटनमा टेवा पुग्ने बताउँदै उनले भनिन्, ‘यही कडाइ गर्न नसकिए राउटे समुदाय सकिएर जाने मलाई डर लागेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x