×

NMB BANK
NIC ASIA

काठमाडौँसहित १० ठाउँमा सहुलियत पसल, कुन खाद्यान्नमा कति छुट ?

असोज २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- दशैँको अवसरमा खाद्य संस्थानले काठमाडौँसहित १० ठाउँमा सहुलियत पसल सञ्चालन गरेको छ । वित्तामोड, विराटनगर, लहान, जनकपुर, वीरगञ्ज, दाङ, तुलसीपुर, पोखरा सुर्खेत र धनगढीमा सहुलियत पसलको सञ्चालन भइरहेको छ । 

Muktinath Bank

काठमाडौँको नख्कु, जावलाखेल, थापाथली र रामशाहपथमा सहुलियत पसल सञ्चालन भइरहेको छ । बिक्री संस्थानका बिक्रीवितरण विभागका प्रमुख लालमोहन ठाकुरका अनुसार जापनी चामल प्रतिकिलो ७० मा रु पाँच छुट, बासमती चामल प्रतिकिलो रु ८१ मा रु १० छुट, जिरा मसिनो चामल प्रतिकिलो रु ५५ मा रु पाँच छुट दिइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार गोरखनाथ चामलप्रति किलो रु ३८ मा रु १० छुट, सोनामनसुली चामलप्रति किलो ४० मा रु पाँचले छुट, कर्णाली सिमी प्रतिकिलो १२० मा १० रुपैयाँ छुट, फापर प्रतिकिलो ७० मा १० रुपैयाँ छुट, ब्राउन बासमती चामल प्रतिकिलो रु ९५ मा पाँच रुपैयाँ छुट र मकवानपुर चामल प्रतिकिलो ३९ मा पाँच रुपैयाँ छुट दिएको छ । खसी बोका प्रतिकेजी ५०० मा १० रुपैयाँ छुट र च्याङरा प्रतिकेजी ७१० मा पनि १० रुपैयाँको छुट दिएको छ । 


Advertisment
Nabil box
Kumari

बिक्री विभागका विभागीय प्रमुख लालमोहन ठाकुरले २३ दुर्गम जिल्लामा १५ हजार ८६८ क्विण्टल चामल पु¥याइएको छ, यसले गर्दा सबै ठाउँका मानिसले चामल समयमा नै पाउँछन् । अहिले एक लाख ६४ हजार क्विन्टल चामल र गहुँ स्टकमा रहेको उहाँले बताउनुभयो । खाद्य संस्थानले सहकारीहरूसँग सहकार्य गरेर सबै प्रदेशमा सहुलियत पसल राख्ने र दुग्ध विकास संस्थानले आफ्ना भण्डार रहेका ठाउँबाट उपलब्ध गराउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

Vianet communication
Laxmi Bank

मोटा चामलमा प्रतिकेजी पाँच, नुनमा दुई, चिनीमा पाँच, बासमती चामलमा १०, दुग्ध संस्थानले घिउमा ५० र पनिरमा १० रुपैयाँ प्रतिकेजी छुट दिइएको छ । यसरी उपलब्ध गराइने सामानमध्ये प्रतिपरिवार ६ किलो चिनी, छ किलो नुन र ३० केजी चामल सस्तो मूल्यमा लिन सकिनेछ । त्यसका लागि सरकारले खाद्य संस्थानलाई दुई करोड र साल्ट ट्रेडिङलाई एक करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x