कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
गौशाला-परम्परादेखि बडादशैँका बेला सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ ।
जिल्लाको औरही नगरपालिका–७ मा अवस्थित उक्त शक्तिपीठमा आज बडादशैँको सप्तमी तिथिदेखि यहाँ भूतमेला शुरु भएको सोनमाई माताका मुख्य पूजारी कामेश्वर झाले बताउनुभयो ।बिजयादशमीको दिनसम्म आयोजना हुने उक्त मेलामा हजारौँ पीडित (कारनी) का साथै अन्य दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ ।
उक्त शक्तिपीठमा पूजा–पाठ गरे भूत प्रेत, बोक्साबोक्सी र दुष्टात्माले सताइएका व्यक्तिलाई निको हुने विश्वासमा नेपाल तथा भारतका विभिन्न जिल्लाका हजारौँ भक्तजन तथा सताइएका व्यक्ति आउने गरेको अर्का पूजारी झगरु झाले बताउनुभयो ।
भूत प्रेतका कारण रुँदै कराउँदै यहाँ आउने व्यक्ति दर्शन पछि पीडामुक्त भई हाँस्दै जाने गरेको यहाँका झाँक्रीहरु बताउँछन् । उक्त शक्तिपीठमा दर्जनौँ धामी झाँक्रीहरु रातदिन भजन किर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४ सै घण्टा विराजमान हुने माता सोनामाईले तिनको पीडा हर्ने गरेको कुरा अर्का पूजारी घनश्याम झाले बताउनुभयो । माताको दरवारमा एक पटक पुग्ने पीडित व्यक्तिमा फेरि कहिल्यै पनि भूत प्रेत र बोक्साबोक्सीको शक्ति नलाग्ने विश्वास छ ।
पीडित तथा भक्तजनहरुको सुविधाका लागि रात्रि बास र सुरक्षाको राम्रो प्रबन्धसमेत मिलाइएकाले यसवर्ष पाँच देखि सात लाख भक्तजन सहभागी हुने अनुमान रहेको सोनामाई पूजा समितिले जनाएको छ ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...