×

NMB BANK
NIC ASIA

कास्टिङ निर्देशक विकी सिदानाले पछारेर दुष्कर्मको कोशिश गरेको अभिनेत्री कृतिका शर्माको आरोप

असोज ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — बलिउडमा मीटू अभियान चलेपछि अनेकौं सेलेब्रिटीमाथि योन दुर्व्यवहारको आरोप लागिसकेको छ । 

यसैक्रममा अभिनेत्री कृतिका शर्माले कास्टिङ निर्देशक विकी सिदानामाथि यौन शोषण र बलात्कारको कोशिश गरेको आरोप लगाएकी छन् । जूम टीभीलाई दिएको अन्तर्वार्तामा कृतिकाले पाँच वर्षअघि भएको घटनाका बारेमा बताएकी हुन् । 

सन् २०१३ मा अडिसनको सिलसिलामा आफूले विकीलाई भेट्न गएको कृतिका बताउँछिन् । छानिएपछि उनलाई बोलाइयो । सबै कुरा छिटोछिटो भयो र उनले मुम्बईका लागि टिकट काटिन् अनि बस्नका लागि सिदानाको अफिससँग मद्दत मागिन् । 

मुम्बई पुगेपछि उनी सिदानाको अफिस पुगिन् । उनले पहिलो प्रश्न गरे, ‘मैले तिमीलाई सहायता गरें भने के पाउँछु ?’

पछि उनले कृतिकालाई आफ्नो घर जान भने । उनकी श्रीमती घरैमा होलिन् भनेर कृतिका उनीसँग गइन् । 

विकीले बाटोमा अश्लील टिप्पणी गरेको कृतिकाको आरोप छ । घरमा पनि श्रीमतीको नजर छलेर उनले अश्लील इशारा गरिरहे । 

कृतिकाका अनुसार, एकजनालाई भेटाउने भन्दै विकीले कृतिकालाई एउटा घरमा लगे । त्यहाँ पुगेर घरका ढोका बन्द गरेर उनले ओछ्यानमा पछारेर पाइन्ट खोलिदिन थाले । कृतिकाले रुँदै आफूलाई छोडिदिन भनेपनि उनले जबर्जस्ती गरिरहे । 

कृतिकाले भनिन्, ‘म यहाँ यो काम गर्न आएकी हैन । काम पाउनका लागि म कसैसँग सुत्दिनँ । मैले तपाईंलाई धेरै विश्वास गरेर यहाँ आएकी थिएँ ।’

त्यसपछि विकीले उनलाई छोडे र यहाँबाट ट्याम्पु चढेर जा भने । कृतिकाले आफूलाई सम्हालिन् र ट्याम्पु चढेर विमानस्थल पुगिन् ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x