×

NMB BANK
NIC ASIA

साउदी पत्रकार खशोग्गीको हत्या एप्पल वाचमा रेकर्ड भएको हो ?

असोज ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — साउदी अरबका पत्रकार जमाल खशोग्गी इस्तानबुलको साउदी वाणिज्य दूतावासबाट बेपत्ता भएको घटना उनको एप्पल वाचमा रेकर्ड भएको कुरा सार्वजनिक भएको छ । 

टर्कीको पत्रिका सबामा सबभन्दा पहिले यो खबर छापिएको हो र अन्य पत्रिकाले पनि यसलाई छापे । 

सबा पत्रिकाका अनुसार, साउदी दूतावासमा पस्नुअघि खशोग्गीले एप्पल वाचमा रेकर्डिङ सुविधा अन गरेका थिए । 

त्यसैले गर्दा उनीमाथि गरिएको केरकार, उनलाई दिइएको यातना र उनको हत्यासँग सम्बन्धित सबै घटना वाचमा रेकर्ड भएको लेखिएको छ । यो जानकारी उनको आईफोनमा ट्रान्सफर भएको र एप्पलको आईक्लाउडमा पनि अप्लोड भएको बताइन्छ । 

पत्रिकाका अनुसार, यो आईफोन दूतावास बाहिर उनको प्रतीक्षा गरिरहेककी उनकी प्रेमिकासँग थियो । 

रिपोर्टका अनुसार, खशोग्गीमाथि आक्रमण गर्नेहरूले उनको वाच हेरे र त्यसलाई खोल्नका लागि पासकोड हाल्ने कोशिश गरे । पछि उनीहरूले खशोग्गीको फिंगरप्रिन्टबाटै त्यसलाई अनलक गरे । उनीहरू त्यहाँ रहेका केही फाइल
डिलिट गरे तर सबै फाइल डिलिट गर्न सकेनन् । 

तर यो रिपोर्टमा केही तथ्यहरू पत्याउन सकिने खालका छैनन् । 

एप्पलको घडीले कम्पनी टच आईडी सिस्टम प्रयोग गर्दैन त्यसैले फिंगरप्रिन्टमार्फत यसलाई अनलक गर्न असम्भव छ । आईफोनमा फिंगरप्रिन्ट राखेर मात्र यसलाई अनलक गर्न सकिन्छ । तर यो घटनामा त्यो पनि सम्भव थिएन
किनकि आईफोन भवनबाहिर थियो । 

त्यसैले एप्पल वाचमा रेकर्डिङ भएको रिपोर्ट झूटो जस्तो देखिन्छ । तैपनि रेकर्डिङको सम्भावनाका बारेमा कुरा गरौं ।

अडियो रेकर्डको सुविधा यो डिभाइसमा छैन । तर थर्ड पार्टी एप्समार्फत यो गर्न सम्भव छ । 

खशोग्गीले दूतावास छिर्नुअघि एप चलाएर रेकर्डिङ गर्नसक्ने सम्भावना चाहिँ छ । 

तर यो अडियो उनको आईफोनसम्म पुग्नका लागि उनले दूतावासका अधिकारीको नजरबाट बचेर स्टप बटन थिच्नुपर्ने हुन्थ्यो । त्यसपछि घडीमा ब्लूटूथ आवश्यक हुन्छ जसमार्फत आईफोनसँग कनेक्ट गर्न सकिन्छ । ब्लूटूथले पनि
एउटा सीमासम्म मात्र काम गर्छ ।

बीबीसीमा प्रकाशित रोरी सेलन जोन्सको रिपोर्ट
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x