कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
चितवन- जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ । विजयादशमीलाई लक्षित गरी प्रशासनले सूचना जारी गरेको हो । प्रशासकीय अधिकृत रामचन्द्र ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा चाडपर्वलाई अनुशासित तरिकाले मनाउनका लागि आग्रह गरिएको छ ।
लोकमार्गका होटलबाहेक अन्य होटल राति १० बजेपछि बन्द हुनुका साथै मनोरञ्जनात्मक कार्यक्रम पनि १० बजेपछि बन्द गर्नुपर्ने स्थानीय प्रशासनले जनाएको छ । जुवातास र कौडा खेल्ने, खेलाउनेलाई कडा कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “विशेष चाडपर्व सुरक्षा योजनाअनुसार जिल्लाका सबै स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहुँच विस्तार गरिएको छ ।”
सर्पदंशका कारण मृत्यु भएका बालकको परिवारलाई राहत
सर्पदंशको उपचार नपाएर मृत्यु भएका बालक सलिन विकका परिवारलाई राहत उपलब्ध गराइएको छ ।
भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका तीन वर्षीय विकका परिवारलाई प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको रोहोवरमा नेपाल चिकित्सक सङ्घ चितवनले आर्थिक सङ्कलन गरेर जम्मा गरेको रु चार लाख राहत सहयोग स्वरुप उपलब्ध गराएको हो ।
सङ्घका जिल्ला अध्यक्ष डा प्रकाश खतिवडाका अनुसार विकको परिवारको आर्थिक अवस्था कमजोर देखेर चिकित्सक र कर्मचारीले आर्थिक सङ्कलन गरेर सो रकम राहत स्वरुप उपलब्ध गराइएको हो । गत भदौ २१ गते सर्पले डसेर विकलाई भरतपुर अस्पतालमा पु¥याइएको थियो ।
अस्पतालले बाल सघन उपचार कक्ष खाली नभएको भन्दै अन्य अस्पतालमा पठाएको थियो । पाँचवटा अस्पताल चाहारेर उपचार नपाएपछि पुनः भरतपुर अस्पताल पु¥याएपछि बालकको मृत्यु भएको थियो ।
सो घटनाको छानबिन गर्न जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाको संयोजकत्वमा छानबिन तथा सुझाव समिति गठन गरेको थियो । सो समितिले पीडित परिवारलाई राहत दिन र दोषीलाई कारवाही गर्न सिफारिस गरेको थियो । अस्पतालले सो प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा पठाएको जनाएको छ ।
–––
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...