×

NMB BANK
NIC ASIA

पशुपालनबाट मनग्य आम्दानी

असोज ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल - कोरियाको गाई, बाख्रा, कुकुरको फार्ममा लामो अनुभव हासिल गर्नुभएका रुपन्देही सैनामैना– ४ का गिरीराज भट्टराईले पशुपालन गरेर मनग्य आम्दानी गर्न सफल भएको छ । 

हिमालयन पशुपालन फार्म सञ्चालन गरेर मासिक रु ६० हजार आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । भट्टराईले भन्नुभयो, “कोरियामा मैले गाईबाख्रा, कुकुर र कुखुराको खोर बनाउने कम्पनीमा काम गरेको थिए, त्यसैका आधारमा मैले यहाँ दूध उत्पादन गर्न पशुपालन फार्म सञ्चालन गरेको छु ।” 

कोरियाबाट फर्केर फर्निचर व्यवसायमा हात हाल्नुभएका उहाँले सो व्यवसायमा सफलता नपाएपछि पशुपालन व्यवसाय शुरु गर्नुभएको हो । भट्टराईको पशुपालन फार्मबाट दैनिक ७५ लिटर दूध उत्पादन हुने गरेको छ । त्यसबाट मासिक रु एक लाख ५७ हजार आम्दानी हुने उहाँले बताउनुभयो । फार्ममा ११ भैँसी र तीन उन्नत जातका गाईबाट उत्पादन हुने गरेको दूध स्थानीय बजारमा नै खपत हुने गरेको बताइएको छ । गुजराति मुर्रा, अर्ना, जर्सी र होलस्टेन जातका गाई र भैँसी उक्त फार्ममा देख्न पाइन्छ । 

“भैँसीभन्दा गाईबाट धेरै आम्दानी हुने गरेको छ, त्यति मात्रै होइन दूध उत्पादन क्षमता पनि गाईभन्दा भैँसीको कम हुन्छ” उहाँले भन्नुभयो, “ पशुपालन गर्दा कोरियामा सरकारले सबै कुराको व्यवस्थापन गर्छ तर यहाँ अनुदान वा अन्य सुविधाका लागि पनि पहुँचवाला नै चाहिन्छ ।” 

पशुपालन गर्दा कोरियामा कुन पशु पाल्ने हो, पहिले त्यसको छनोट गरिन्छ । गाई पाल्नेले कुकुर पाल्न नपाइने र कुकुर पाल्नेले कुखुरा पाल्न नपाइने नियम कोरियामा रहेको उल्लेख गर्दै उहाँले पशुपालन व्यवसायमा सफलता हासिल गर्न गाईको दूध उत्पादन पहिलो प्राथमिकता रहेको बताउनुभयो । 

छ वर्षदेखि पशुपालन गर्नुभएको भट्टराइले कोरियाको पशुपालन गर्ने प्रविधि र पद्दति तथा नेपालमा पशुपालन गर्ने प्रक्रिया निकै भिन्न रहेको बताउनुहुन्छ । कोरियाका सरकारले खोर बनाउन मात्रै ७५ प्रतिशत अनुदान दिइने गरिन्छ तर नेपालमा बनाइसकेपछि मात्रै अनुदान दिने चलन छ । 

एउटा गाईबाट मात्रै दूध उत्पादन शुरु गर्नुभएको उहाँको फार्ममा अहिले रु १५ लाखको लगानी छ र त्यसलाई अझ विस्तार गर्ने लक्ष्य छ । सैनामैनालाई दूूध उत्पादनमा आत्मनिर्भर बनाउन कृषि तथा पशुपालनतर्फ लगानी बढाउने र कृषि तथा पशु बीमालाई प्रोत्साहित गरी सहकारीमार्फत व्यावसायिक कृषि उत्पादन गर्ने समूहलाई विशेष अनुदानको व्यवस्था गरिने सैनामैना नगरपालिकाको आर्थिक वर्ष ०७४÷७५ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

रुपन्देहीमा करीब ४०० गाई फार्म र २०५ भँैसी फार्म दर्ता छन् । जसमा कूल रु ३० करोड भन्दा बढी लगानी रहेको जनाइएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x