×

NMB BANK
NIC ASIA

दशैंको कुनै विशेष योजना छैन : मुख्यमन्त्री त्रिलोचन भट्ट [अन्तर्वार्ता]

असोज ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ऐतिहासिक रुपमा मुलुकमा संघीय शासन प्रणाली लागू भएपछि गठन भएको प्रदेश सरकारको पहिलो मुख्यमन्त्रीको दशैं योजना, व्यक्तिगत लवाइखवाई, प्रदेश सरकारको प्राथमिकता र रणनीतिबारे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग लोकान्तरकर्मी लखन चौधरीले गरेको कुराकानीको अंश :

Sagarmatha Cement
Muktinath Bank

नेपालीको घरआँगनमा भित्रिसकेको बडादशैंको शुभकामना !
– धन्यवाद !


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबैतिर उल्लास बढेको छ । दशैंको लागि भनेर व्यक्तिगत के–कस्तो योजना बनाउनुभएको छ ?


Advertisment
SBL

– हाम्रो देशको सबैले मान्ने पर्व मध्येको एक दशैं हो । बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश छ हाम्रो । दशैंको आफ्नै धार्मिक र ऐतिहासिक मूल्य र मान्यता छन् । मेरो व्यक्तिगत रुपमा भन्नुहुन्छ भने सामान्यतया तडकभडक कहिल्यै भएन र नगर्ने भन्छुु म त ।

Vianet communication
Laxmi Bank

किनभने, हामीले कुनै पनि त्यौहार अथवा चाडपर्व मान्ने कुरा हो । त्यो बहानामा अरुसँग भेटघाट गर्ने मौका पाइन्छ । दुःख सुख बाँड्ने कुरा हुन्छ । त्यसलाई तडकभडक बनाइयो भने त्यति राम्रो गर्दैन । आर्थिक रुपमा पनि राम्रो गर्दैन । मेरो भन्नुहुन्छ भने विल्कुलै सामान्य रुपमा हुन्छ ।

दशैंमा समाजमा विभिन्न विकृति र समस्या समेत देखिने गरेका छन् । त्यसको निराकरण र सर्वसाधारणको सहजताका लागि प्रदेश सरकारले के योजना बनाएर कार्यान्वयन गरिरहेको छ ?

– अब खास गरेर दशैंको समयमा हाम्रा सबै मान्छेहरू एक ठाउँमा जम्मा हुन्छन् । साथीभाइ, परिवारबीच भेटघाट हुन्छ । बाहिरबाट मजदुरी गरेर घर फर्केका हुन्छन् । यो अवस्थामा रमाइलो त खोज्छौं । तर, यो सँगसँगै विकृति पनि भित्रिएका हुन्छन् । त्यसकारण यस्ता विकृतीबाट बच्नलाई पहिलो कुरा त जुन त्यौहार मनाइरहेका छौं, जुन उदेश्यका साथ मनाइरहेका छौं, त्यसलाई ध्यान दिनुपर्छ ।

सँगसँगै त्यसलाई विकृति विसंगतिसँग नजाओस् भनेर सचेत हुन उत्तिकै जरुरी छ । यो सँगसँगै प्रदेश सरकारले र यहाँका सबै जिल्लाका प्रशासनिक निकायलाई के भनेका छौं भने, यो अवस्थामा विकृति विसंगतिका कारक तत्वहरूले टाउको उठाउने मौका नपाउन् भनेका छौ ।

सबै जिल्लामा यस्ता उच्छृंखल खालका घटना हुन नपाउन् भनेर सबैले आ–आफ्ना सुरक्षा योजना पनि सारेका छन् । हामी प्रदेश सरकारबाट निर्देशन पनि जारी गरेका छौं । यस्ता त्यौहार एक दुसरासँग भावना बाँड्ने तरिकाले मनाउनुपर्छ । यसमा हामी आफैं पनि सजग हुनुपर्छ । गलत क्रियाकलाप हुन नदिनेतर्फ सरकार पनि सजग छ ।

सम्भवतः तपाईको पहिलो दशैं तराईमा हुँदैछ, त्यो पनि मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेर मनाउन गइरहनुभएको छ । कस्तो महसुस गरिरहनुभएको छ ?

– यो अब, राम्रो नै हो यो । किनभने हामी राजनीति गर्ने व्यक्तिहरू हामीले यो जिम्मेवार पाउनु भनेको जनताप्रति थप जिम्मेवार हुने कुरा नै मुख्य कुरा हो । त्यसकारण हाम्रो देशमा संघीयता पनि नयाँ हो । प्रदेश नयाँ हो र प्रदेशको संरचना नयाँ हो ।

हामी पहिलो चोटी दशैं मनाउँदै छौं । प्रदेश राजधानी, प्रदेश नामाकरण लगायत भइसकेको अवस्थामा यो दशैं आफैंमा खुशीयालीपूर्ण छ । हामीले प्रदेशलाई समृद्ध पार्न प्रतिवद्धता पनि जाहेर गर्नुपर्छ ।

विशेषगरी दशैंमा मुलुकको राष्ट्र प्रमुख र प्रधानमन्त्रीले कुनै विशेष मठ मन्दिरमा दर्शन गर्ने परिपाटी रहँदै आएको छ । प्रदेश सरकारको नयाँ अभ्यास भएकाले त्यस्तो केही तयारी गर्नुभएको छ कि ?

– अरुहरूले के–के गर्नुहुन्छ होला । तर, मेरो त्यस्तो कुनै योजना बनेको छैन ।

सामान्यतया नेपालीहरू दशैंलाई मिठो मसिनो खाने र राम्रो लगाउने पर्वको रुपमा लिन्छन् । तपाईलाई मन पर्ने परिकार के–के हुन् र कस्तो पहिरन मन पर्छ ?

– म अलिकति फरक सोच राख्ने व्यक्ति हो । मेरो भनाई के छ भने मान्छे आफूभित्रबाट खुशी रहन्छ, आफ्नो काम, आफ्नो कर्तव्य पालना गरिसकेपछि खुशी हुन्छ, त्यतिखेर नै त्यौहार मान्नुपर्छ । हिजोका तिहार जो हामी अहिले मान्दैछौं, हिजोका समयमा त्यसै अनुसार मानिएका हुन् । हामी सबैलाई थाहा छ ।

मेरो हकमा विशेष रुचीकर परिकार केही छैनन् । म सादा खाना खाने मान्छे हो । विशिष्ट भन्नु केही छैन । पहिरन कुरा गर्दा (आफूतिरै हेर्दै) सर्ट पाइन्ट लगाएको छु । मेरो सबैभन्दा राम्रो यही हो । सधै यही नै लगाउने गर्छु । यही नै मेरो मन पर्ने पहिरन हो ।

कसैकसैले दशैंलाई नियमित कामबाट केही समय विश्राम गर्ने र साथीभाइसँग भेटघाट गर्ने अवसरको रुपमा लिन्छन् । यो राजनीतिक दौडधुप र पदीय जिम्मेवारीले कतिको थकान महसुस गर्दै हुनुहुन्छ ?

– त्यस्तो हुँदैन । कस्तो हुन्छ भने, यसमा आफ्नो पर्सनल लाइफ बिताउनेमा मान्छेले ध्यान दिन्छन् होला । हामी एउटा राजनीतिकर्मी हो । हाम्रो लागि जनताको काम, जनताको समस्याहरू जतिखेर पनि हामीबाट समाधान हुन्छन् भने हामीले गर्नुपर्छ । 

हो हामी पनि मान्छे हो, हाम्रो पनि व्यक्तिगत जीवन हुन्छ । व्यक्तिगत समय पनि हुन्छ नै । तर, हाम्रो लागि सबैकुरा जनता भएकाले जतिखेर पनि जनताको समस्या समाधानको लागि तयार हुन्छौं । अर्कोकुरा, दशैं आयो, यसमा हामी केही पनि गर्नुहुन्न भन्ने म ठान्दैन । त्यसकारण म व्यक्तिगत समय कम गुजार्ने व्यक्ति हो । हामी सामाजिक व्यक्ति हो । व्यक्तिगत हुनको लागि राजनीतिबाट टाढा हुनुपर्र्छ । 

व्यक्तिगत जीवन बिताउन कहिलेकाहीँ राजनीतिबाट टाढा भएपछि व्यक्तिगत जीवन हुने कुरा रह्यो । केही समय हाम्रो पनि होला । तर, त्यसैको लागि आराम गर्नु पर्छ (हाँस्दै) भन्ने पक्ष मेरो होइन । 

दशैंलाई विजयोत्सवको रुपमा पनि लिइन्छ । तपाईले ठूलो राजनीतिक विजय हात पारेर मुख्यमन्त्री बन्नुभएको छ । तर, यो विजयलाई सार्थक बनाउन जनतासँग गरेका वाचा पूरा गर्ने अभियानको हालसम्मको विजयलाई कसरी समीक्षा गर्नुहुन्छ ?

– यस्तो छ । यसलाई विजयादशमीसँग जोड्नुभन्दा पनि, मैले लामो समयदेखि राजनीति गरे । जनताको र पार्टीको इमान्दारीपूर्वक काम गरे । संघर्ष गरे । त्योबाट जनताले आफ्नो मत दिएर यहाँसम्म पुर्याए र थप जिम्मेवारी पार्टीले पनि दियो ।

जिम्मेवारीलाई मैले बोध गरेको छु । म के ठान्छु भने, मैले गरेको आफ्नो काम र पार्टीले दिएको जिम्मेवारीका साथै जनताले दिएको थप जिम्मेवारीलाई मैले आमजनताको विजय मानेको छु । जनताको काम मात्रै कसरी गर्न सकिन्छ, मेरो चिन्ता हो । 

संघीयता कार्यान्वयन भएपछि कायापलट नै हुने र समृद्धि आउने नारा स्थापित गरिएकाले जनतामा त धेरै आशा छन् नि ! विजयादशमीको अवसरमा केही प्रण गर्नुहुन्छ कि ?

– यो त, जतिखेर हामीले राजनीतिमा लाग्यौं, त्यतिखेर नै प्रण गरिसकेका थियौं । यो समाज बदल्नुपर्छ । बदलेर यो समाज नयाँ बनाउनुपर्छ भनेर । विकासको हकमा, सामाजिक रुपान्तरणको हकमा र सबैलाई अधिकार सम्पन्न गराउने हकमा ।

त्यसकारण हिजोदेखि नै हामीले त्यो गरेर यहाँसम्म पुगेको हो । यो सँगसँगै जहाँसम्म संघीयताको कुरा छ, संघीयतालाई बुझ्ने र बुझाउनेमा केही कमी रहेको कारणले नै कसैले संघीयतालाई एकैचोटी कायापलटै हुन्छ भनेर बुझिरहेका छन् । कसैले यो संघीयता खतम हो, यसले केही पनि गर्न दिँदैन भनेर बुझिरहेका छन् ।

यो दुइटै बुझाइ अलि अति नै हो । तर मलाई लाग्छ, संघीयता भनेको नै जनतालाई नजिकबाट जनताको सेवा गर्ने हो । अधिकार सम्पन्न बनाउने हो । अधिकार नपाएकालाई अधिकार सुनिश्चित गराउने हो र आफ्नो विकास आफैं गर्ने अधिकार सम्पन्न हुने हो । त्यो अनुसार अगाडि बढ्नेमा हामी लाग्नुपर्छ । त्यो नै सत्य हो । 

केन्द्र सरकारसँग तालमेल नमिलेको र अधिकार क्षेत्र प्रष्ट भई नसकेको अवस्थामा कतै जनताले गरेको विश्वासमा धोका हुने पो हो कि भन्ने चिन्ता लाग्दैन ?

– यस्तो छ, यसमा नमिलेको भन्दा पनि संविधानले जुन कुरा प्रष्ट गरेको छ । प्रदेशको अधिकार, संघको अधिकार, स्थानीय तहको अधिकार । त्यो अधिकारलाई प्रयोग गर्दाखेरी केही ढिला भएको हो । नमिल्ने भन्ने कुरा हुँदैन ।

किनभने संविधानले नै अधिकार दिएकोले ३ वटै सरकार अधिकार सम्पन्न छन् र केही कुरामा हामीले समन्वय गरी जानुपर्ने । सहअस्तित्वसहित जानुपर्ने । सहकार्य गरेर जानुपर्नेमा केही ढिला भएको छ । यो कुरा मिल्छ । मिल्नुपर्छ ।

दशैंको मुखमै प्रदेश मन्त्रिपरिषद्को आकार बृद्धि भयो । यो बढ्दो आकारले प्रदेश सरकारमाथि बोझ थपिएको हो या बाँडिएको हो ?

– बोझ भन्ने कुरा होइन । यो कस्तो हुन्छ भने, योभन्दा पहिले हामी बजेट निर्माण गर्ने प्रक्रियामा थियौं । कानून निर्माण गर्ने प्रक्रियामा छौं । अब बजेटलाई कार्यान्वयन गर्ने प्रक्रियामा पनि छौं र कानून निर्माण पनि तीब्र रुपमा बनाउनुपर्ने अवस्था छ । यस अवस्थामा हाम्रो जिम्मेवारीसँगै काम पनि बढ्दै जान्छ ।

जतिजति हामी व्यवस्थित हुँदै जान्छौ, त्यति–त्यति नै हाम्रो काम बढ्दै जान्छ । जिम्मेवारीको हिसाबले आवश्यकता भएको हो । बोझको रुपमा यसलाई बुझनु हुँदैन ।

अन्तमा ?

– आमसमुदायलाई के भन्न चाहन्छु भने, हामी नयाँ प्रक्रियामा छौं । यसलाई स्थापित गर्न, त्यसलाई विकास गर्न, त्यसलाई जनतासम्म पुर्याउनको लागि केही समय लाग्छ । ६–७ महिनाको अवधिमा केही भएन भनेर निराश हुनुपर्ने अवस्था छैन ।

तीव्र गतिमा यो प्रदेशको विकास गर्नको लागि सबै समुदायको पहिचान, संस्कृति, सहअस्तित्व सहितको विकास हामीले गर्ने हो । यसमा सबैको साथ चाहिन्छ । यही नै आग्रह गर्न चाहन्छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x