चिकित्सक भन्छन् – जनावरको रगत खानै हुँदैन, केही रोगका बिरामीले मासु नै नखाँदा राम्रो

असोज ३१, २०७५

काठमाडौं –दशैंको समयमा अधिकांश नेपालीको घरमा खसी, बोका, राँगा, सुंगुर बंगुर र कुखुरा काट्ने गरिन्छ ।

दशैंमा मासुसँगै अर्को विशेष परिकार हो– खसी, बोका तथा राँगा काट्दा आउने रगत ।


ADVERTISEMENT

जनावर काट्दा त्यसबाट निस्किने रगतलाई मरमसला हालेर पकाइन्छ । यो धेरै पोशिलो हुने भन्दै खाने चलन छ ।

तर जनावरको रगत पकाएर खाँदा स्वास्थ्यका लागि खतरा हुने वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन् ।

‘दशैँमा सबैभन्दा अनहेल्दी खाना भनेको रगत हो । दशैँमा काटिने जनावरको स्वास्थ्य परीक्षण गरिएको हुँदैन,’ डा. रेग्मी भन्छन्, ‘यदि उसमा केही रोग रहेछ भने रगत खाँदा मानिसलाई पनि असर पर्छ । त्यसमा नुन बढी हुन्छ । रगत फाल्ने चिज हो खाने कुरा होइन ।’ 

मुटु रोगीले रगत खानै नहुने उनको भनाइ छ ।

समय र मात्रा मिलाएर मासु खानु स्वास्थ्यको लागि फाइदाजनक छ, तर कतिपय अवस्थामा भने मासु खानै नहुने डा. रेग्मी बताउँछन् । 

यस्तो अवस्थामा मासु खानै हुँदैन 

स्वास्थ्य अवस्था बिग्रिएर चिकित्सकले मासु खानै हुँदैन भनेको छ भने, मासु खानु हँुदैन ।

मिर्गौला फेल भएको व्यक्तिले मासु खानु हुँदैन ।

मुटु, मिर्गौला, उच्च रक्तचापका रोगीहरूले मासु  खानु हुँदैन, खानै परेमा कम मात्रामा  खानुपर्छ ।

युरिक एसिडको मात्रा बढी भएको अवस्थामा पनि मासु खानु हुँदैन ।

असोज ३१, २०७५ मा प्रकाशित

रिता लम्साल

रिता लम्साल लोकान्तरका लागि स्वास्थ्य र सामाजिक मामिलामा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस