कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
जनकपुरधाम – स्थानीय समुदायका युवा सक्रिय भएर ठूल्ठूला काम र कार्यक्रमलाई फत्ते पार्न सक्छन् । त्यसको एउटा उदाहरण हुन् जनकपुरधामका युवा ।
चाडबाडको बेला भीडभाडदेखि कार्यक्रम व्यवस्थापनको विषय जटिल बन्ने गर्छ । तर, जनकपुरका युवाले दशकौंदेखि स्थानीय स्तरका कार्यक्रमलाई सहजै व्यवस्थापन गर्दै आएका छन् । झन् दशैंको बेला अष्टमीमा हुने बलि व्यवस्थापनको लागि दशकौंदेखि विशेष विधि अपनाइँदै आएको छ ।
शुरूमा समाजमा जनधनको सुरक्षाका लागि राति–राति पहरेदारी दिन स्थानीय युवा संगठित भएका थिए । पहरेदारीसँगै जनकपुरधामको रामचोकका युवाले श्रीराम युवा कमिटी बनाए । रामबाबु साहको अध्यक्षतामा २०४७ भदौ १८ गते श्रीराम युवा कमिटीको स्थापना भएको थियो ।
कमिटी स्थापनालगत्तै विजयादशमीको बन्दोबस्त मिलाउने विषय प्राथमिक बन्यो । विजयादशमी तथा राजदेवी मन्दिरमा हुने पूजाआजा तथा बोकाको बलि कार्यलाई सहज बनाउने विषयमा युवाले छलफल गरे ।
मन्दिरमा हजारौं भक्तजन आउँदा भीड अनियन्त्रित हुन गए ठूलो दुर्घटना पनि हुन सक्ने सम्भावना रहन्छ । जनकपुरको राम मन्दिरसँगै टाँसिएको राजदेवी मन्दिरमा पञ्चायतकालमा ५–६ सय बोका काट्न साँझ ५ बजेदेखि बिहान २–३ बजेसम्म लाइन लाग्ने गरिन्थ्यो ।
श्रीराम युवा कमिटीका संस्थापक महासचिव प्रमोद चौधरीले भने, ‘स्थानीय युवाले साना–साना समूह बनाएर बलिका लागि पालो कुर्ने प्रस्ताव ल्याएपछि प्रहरीले पनि समर्थन जनायो । प्रहरीले बाहिरी घेरामा सुरक्षा तैनाथी दिने प्रतिवद्धता जनायो ।’ त्यतिबेला बनेको खाका अनुसार नै हालसम्म पनि बोका बलि व्यवस्थापनको कामले निरन्तरता पाएको छ ।
२५ वर्षअघिको खाका अनुसार बोकाको लाइन लगाउने, २५ जना एउटा चौर, २५ जना अर्को चौरमा राख्ने, बलि प्राङ्गणमा २५ जना जान दिने परम्परा प्रचलनमा रहेको छ ।
श्रीराम युवा कमिटी जस्तै अरु युवा क्लबले पनि व्यवस्थापनमा सघाउने गरेका छन् । सबै क्लबलाई सम्मान गर्दै समान जिम्मेवारी दिने गरिएको छ ।
अष्टमीको दिन एउटा संयुक्त युवा क्लबको व्यानर राखिएको हुन्छ भने त्यसको आयोजकमा श्रीराम र महावीर युवा कमिटी हुन्छन् । नवमीका दिन महावीर युवा कमिटीको व्यानर राखिन्छ । मान्छेको चाप बढ्दै गएपछि ती दुवै क्लबबीच सहमति गरी कामको बाँडफाँड गरियो ।
बाँडफाँडमा महावीरले राजदेवी मन्दिरको पूजापाठदेखि सबै कार्यक्रम हेर्ने र श्रीराम युवाले अमरखाना अन्नपूर्णाको सबै काम हेर्ने सहमति भयो । तर, अष्टमीको चाहिँ सम्पूर्ण जिम्मेवारी श्रीराम युवा कमिटीको काँधमा हुने निर्णय भयो ।
‘पहिले मिथिला माध्यमिकी परिक्रमा हुँदा युवाको कुनै पनि योगदान रहँदैन्थ्यो,’ श्रीराम युवा कमिटीका संस्थापक महासचिव चौधरी भन्छन्, ‘बरु हामीले के सुनेका थियौं भने ग्रामीण क्षेत्रका मानिसले परिक्रमा यात्रुहरूको बस्ने ठाउँमा ओछ्यान बिछ्याइ सुत्ने र महिलासँग अभद्र व्यवहार गर्ने गर्थे ।’ तर, अहिले सबै युवा सही ढंगले कार्यक्रम व्यवस्थापनमा लाग्ने गरेका छन् ।
‘अहिले १५ दिने परिक्रमामा गाउँगाउँमा युवा परिचालित भई व्याच लगाई वा कुनै समितिको नाउँ दिएर परिक्रमा यात्रुहरूलाई विजुली बत्तीको प्रबन्ध मिलाइदिने, निर्वाह गरिदिने व्यवस्था भएको हो,’ चौधरीले लोकान्तरसँग भने ।
संस्थापक महासचिव चौधरीका अनुसार बोका बलि चढाउने मान्छे धेरै गरीब हुन्थे । ‘चुरा, नुन बोकेर आउँथे । भोकभोकै बसेर पनि भाकल गरिएको बोकाको बलि प्रदान गराई घर फर्किने प्रतिक्षामा २ दिनसम्म पनि बस्नुपर्ने अवस्थासम्म आउँथ्यो,’ उनले भने, ‘त्यसपछि हामीलाई दया लाग्यो । अनि हामीले १ जना दाता विश्वनाथ साहलाई आग्रह गर्यौं आएका मान्छेलाई खुवाउन सहयोग गर्नुस् भनेर । उहाँ तयार हुनुभयो । हामीले भन्यौं कमसेकम ५ हजार मानिसको खानाको व्यवस्था गरिदिनुस् ।’ त्यसपछि पुरी, बुनियाँ र तरकारी निःशुल्क भोजन गराउने व्यवस्था मिलाइएको उनले बताए ।
बलि प्रदान गराइएको बोकाको टाउको गुठी संस्थानका कर्मचारीले नै राख्ने गर्थे । टाउको काट्दा बढी मासु टाउकोसँगै जोडेर काट्ने गरिन्थ्यो । ‘तर, कुनै मानिसले ४ किलोग्राम तौल भएको बोका लिएको हुन्छ र ५० देखि १ सय जनासम्मलाई प्रसाद ग्रहण गर्न आमन्त्रण गरेको हुन्छ । त्यति मात्र मासुमा व्यवस्थापन गर्न गाह्रो भइरहेको हुन्छ,’ चौधरीले भने, ‘हामीले त्यसबेला ७ रुपैयाँ शुल्क निर्धारण गर्यौं र टाउको पनि फिर्ता गर्ने निर्णय गर्यौं ।’ टाउको पनि फिर्ता गर्न थालेपछि मासु लुटालुट हुने अवस्थाको पनि अन्त्य भएको छ ।
२०४७ सालमा लगभग १ हजार २ सय बोकाको बलि चढाइएको थियो । साँझ साढे ५ बजे शुरू गरेर साढे ८ बजेसम्म बलि दिने काम सकिएको थियो । पञ्चायत कालमा ३ सय ४ सय बोका काट्न करीब १२ घण्टासम्म लाग्ने गरेको उनले बताए ।
जनकपुरधामको विजयीदशमीले भव्यता पाउँदै गएको छ । देशका विभिन्न ठाउँबाट दशैं हेर्न पर्यटक जनकपुरधाम आउने गर्छन् । जनकपुरबाट सरुवा भएर जाने कर्मचारीले समेत जनकपुरको दशैंबारे प्रचारप्रसार गर्न थालेपछि पर्यटक झन्झन् आकर्षित हुँदै गएका छन् ।
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...