×

NMB BANK
NIC ASIA

चिकित्सकको सुझाव– दशैंमा मासुसँग रक्सी होइन, कागती पानीको सर्बत

असोज ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अहिले नेपालीहरू आफ्नो महान चाड दशैंको रौनकमा रमाइरहेका छन् । दशैंमा आफन्तसँग जमघट र रमाइलोसँगै विशेष परिकारको रूपमा मासु खाने चलन पनि छ ।

Sagarmatha Cement
Muktinath Bank

मासुलाई सही तरिकाले खाने हो भने स्वास्थ्यका लागि लाभदायक पनि छ । दशैंको समयमा आफन्तसँग जमघट र परिवारको करकापले पनि आफ्नो शरीरलाई चाहिनेभन्दा बढी नै मासु खाइरहेका हुन्छौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हामी नेपाली यति लापर्वाह छौं कि पाएपछि टन्नै खाइदिन्छौं । पचाउन कति गाह्रो पर्छ भन्ने सोच्दैनौं । कतिपयले मासुसँग रक्सी पनि खाने गर्छन् ।


Advertisment
Nabil box
Kumari

तर चिकित्सकहरू भने मासु धेरै खाँदा त्यसलाई पचाउन सहयोग गर्ने खालका खानेकुरा खनुपर्ने सुझाव दिन्छन् ।

Vianet communication
Laxmi Bank

वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार शरीरलाई स्वस्थ राख्नका लागि मासुसँग अन्य परिकार पनि खानुपर्ने हुन्छ । 

मासुसँगै मासुजति नै सलाद तथा फलफूल पनि खानुपर्ने डा. रेग्मीको सुझाव छ ।

‘दशैंको समयमा मासुजति नै फलफूल र सलाद पनि खानुपनर्छ । घरमै पाइने दही मोही, अमिलो, आफ्नै बारीमा पाइने अम्मा, हलुवाबेदलगायतका फलफूल खानुपर्छ,’ उनले भने ।

दशैंमा मासुसँग मदिरा होइन कागती पानीको सर्बत !

कतिपयले दशैंमा मासुसँग मदिरा सेवन गर्ने गर्छन् । मदिरा सेवनले स्वास्थ्यलाई हानी गर्ने विभिन्न अध्यायनले देखाएको छ ।

वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी मासुको साथमा रक्सीको सट्टामा काजती पानी खानुपर्ने बताउँछन् ।

‘मासुको साथमा रक्सी खाने नेपालीको चलन छ, नयाँ अनुसन्धानले थोरै रक्सीले पनि असर गर्छ भनेर देखाएको छ, त्यसैले मासुसँग रक्सी नखाऔं,’ डा. रेग्मी भन्छन्, ‘रक्सीको सट्टामा मासुसँग कागती पानीको सर्बत बनाएर खाऔं, त्यसले खाएको पनि पचाउँछ र आनन्द पनि आउँछ ।’

डा. रेग्मीले बजारमा पाइने कोकाकोला, फेन्टा लगायतका पेय पदार्थ र जंक फूड खान नहुने बताए । 

दशैंलाई मासुको परिकार खाने विशेष चाड भनिए पनि मासु नखानेहरूले मासुको विकल्पमा प्रशस्त भिटामिन र प्रोटिनयुक्त खाना तथा फलफूल पनि खान सकिन्छ ।  

मासु शरीरलाई चाहिने आहार हो, तर मासुविना पनि बाँच्न र स्वास्थ्य रहन सकिने डा. रेग्मी बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x