×

NMB BANK
NIC ASIA

उत्तरी आयरल्यान्डकी आन्ना बर्न्सले जितिन् यस वर्षको बूकर पुरस्कार

असोज ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — आख्यान क्षेत्रको प्रतिष्ठित बूकर पुरस्कार यो वर्ष आन्ना बर्न्सले पाएकी छन् । 

उपन्यास मिल्कम्यानका लागि उनले यो पुरस्कार पाएकी हुन् । बूकर पाउने उनी उत्तरी आयरल्यान्डकी पहिलो लेखक हुन् । 

आन्नालाई ५२ हजार ५०० पाउन्ड राशिको पुरस्कार मंगलवार लन्डनमा आयोजित एक समारोहमा दिइएको हो । बूकरको ४९ वर्षे इतिहासमा पुरस्कार पाउने आन्ना १७औं तथा सन् २०१३ पछि पहिलो महिला हुन् । 

मिल्कम्यानमा एक युवती विवाहित पुरुषसँगको प्रेममा पर्छिन् । त्यसपछि दुवैले उत्तरी आयरल्यान्डमा राजनीतिक गतिरोधको सामना गर्नुपर्ने हुन्छ । 

पुरस्कार दिने प्यानलका एक सदस्य क्वामे एन्थोनी अप्पियाहले भने, ‘आन्नाले आफ्नो किताबमा लेखेको कुरा हामीले यसअघि कहिले पनि पढेका थिएनौं । उनले आफ्नो लेखनमा पारम्परिक सोचलाई चुनौती दिएकी छन् । यो उपन्यास
क्रूरता, यौन अतिक्रमण र हास्यका साथ प्रतिरोधको कथा हो । यसले विभाजित समाजमा मानिसको कपटतापूर्ण रूपको खोजी गर्छ ।’

पुरस्कारका लागि बेलायतका दुई, अमेरिकाका दुई र क्यानडाका एक लेखकसँग आन्नाको प्रतिस्पर्धा थियो । 

डेजी जोनसन बूकरमा नामांकित भएकी सबभन्दा युवा लेखिका थिइन् । उनको उपन्यास एभ्रिथिङ अन्डर अन्तिम सूचीमा परेको थियो ।

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x