×

NMB BANK
NIC ASIA

महिला एकदिवसीय क्रिकेटमा कीर्तिमानी प्रदर्शन, ५७१ रनको विजय

असोज ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — दक्षिण अस्ट्रेलिया क्रिकेट एसोसिएसन प्रिमियर लीगमा नर्दन डिस्ट्रिक्ट महिला टीमले वनडे म्याचमा ५९६ रन बनाएको छ । यो ए ग्रेड म्याचमा नर्दन डिस्ट्रिक्टले पोर्ट एडिलेडविरुद्ध यो स्कोर बनाएको हो ।

लक्ष्य पछ्याउन आएको पोर्ट एडिलेड टीम १०.५ ओभरमा २५ रनमा समेटियो । यसरी नर्दन डिस्ट्रिक्टले यो खेल ५७१ रनले जित्यो । 

नर्दन डिस्ट्रिक्टले महिला क्रिकेटको तेस्रो सबभन्दा ठूलो स्कोर बनाएको हो । सबैभन्दा धेरै रन बनाउने कीर्तिमान दक्षिण अफ्रिकाको एम्पुमलांगाको अन्डर १९ महिला टीमको नाममा छ । उसले सन् २०१० मा केईविरुद्ध ५० ओभरमा ६९० रन बनाएको थियो । 

नर्दन डिस्ट्रिक्टका लागि चार ब्याट्सवुमनले शतक प्रहार गरे । टेगन म्याकफर्लिनले १३६, ट्याबी साविलेले १२०, स्याम बेट्सले १२४ र डार्सी ब्राउनले ११७ रन बनाए । 

नर्दन डिस्ट्रिक्टले १२ रन प्रतिओभरको औसतमा रन बनाएको हो । पोर्ट एडिलेडले एक्स्ट्रा नै ८८ रन दियो । 

पोर्ट एडिलेड जम्मा १०.५ ओभर टिक्यो । उसका लागि प्रतिभा कपूरले सबभन्दा बढी नौ रनको योगदान दिइन् । नर्दन डिस्ट्रिक्टकी टायला ग्रेगरीले १३ रन दिएर तीन र डार्सी ब्राउनले सात दिएर दुई विकेट लिए ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x