×

NMB BANK
NIC ASIA

वृद्धाश्रमका वृद्धवृद्धाहरुको दु:ख - दशैँ आएर के पो भयो र ?

असोज ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल-  यतिबेला जताततै बडादशँैको चहलपहल छ । दशैँका लागि किनमेल गर्नेलाई भ्याइनभ्याई छ । 

Sagarmatha Cement
Muktinath Bank

कामको सिलसिलामा टाढा गएका आफ्ना सन्तानहरु घर फर्किएका कारण बुबाआमाहरुमा खुशीको सीमा छैन । तर बुटवलको सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैँजु वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई भने बडादशैँ ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ । 

सबैतिर बडादशैँको रौनक छाउँदा यो आश्रममा बस्ने वृद्धवृद्धालाई दशैँले छोएकै छैन । आफ्नै सन्तान र आफन्तका कारण आश्रममा जीवन व्यतित गर्न बाध्य उनीहरु दशैँमा पनि खिन्न मन बनाएर बसेका छन् । “चाडबाड आएर के गर्नु आफ्ना परिवारसँग चाड मनाउन नपाएपछि हामीलाई दशैँ आएर के पो भयो र ?”, ८७ वर्षीय पहलेरोका क्षेत्रीले दुःखेसो पोख्नुभयो । 

रोल्पा वेदधाराबाट दुई वर्षअघि वृद्धाश्रममा आइबसेका क्षेत्रीलाई परिवारको खुशी कहिल्यै मिलेन । सम्पत्तिका कारण आफ्नै एक मात्र छोराले मुद्दा मामिला गरी घर निकाला गरेपछि वृद्धाश्रमको सहारामा बाँच्नुभएका क्षेत्री खान र बस्न पाउनुलाइ नै खुशी ठान्नुभएको छ । “म त बेवारिसे भइसकेको थिएँ, धन्न वृद्धाश्रममा आश्रय पाएँ यसैमा खुशी छु, मलाई कुनै चाडपर्वको महत्व छैन”, उहाँ भन्नुहुन्छ, “आफ्नै छोरा र नातिले नसोचेको व्यवहार गरे, उमेर छउन्जेल उनैका लागि भारतमा मरी मरी पसिना बगाएँ, अहिले बूढेसकालमा यो हालत भयो ।” 

विगत १० वर्षदेखि वृद्धाश्रममै जीवनयापन गरेका रामेछापका रामबहादुर श्रेष्ठको मन पनि चाड आउँदा खिन्न हुन्छ । उमेरले ७३ वर्ष पार गरेका श्रेष्ठका एक छोरी हुनुहुन्छ । उमेरमै जीवन साथी गुमाएका श्रेष्ठलाई परिवारको कुरा गर्दा भक्कानो छुट्छ । आश्रममा बस्नेलाई के को चाड, दिए खाने हो आँसु झार्दै श्रेष्ठ भन्नुहुन्छ, “परिवारसँग मिलेर चाड मनाउन त भाग्यमै रहेनछ ।” उमेरले झण्डै ९० पुग्न आँटेकी गुल्मी रिडिका वृद्धा चमेली बजिमयको व्यथा पनि उस्तै छ । जन्मँदै आफनो छोराको मृत्युले सन्तानविहीन बनेपछि बहिनीको छोरालाई आफनै सन्तानसरह माया दिएर हुर्काएकी चमेलीलाई उनैले झुक्काएर वृद्धाश्रम पु¥याए । “जसलाई छोरा बनाएर लालनपालन गरेँ, उसैले यहाँ छोडेर गयो”, चमेली भन्नुहुन्छ, “मैले त कहिले दशैँ, कहिले तिहार सबै बिर्सें ।” 

चमेलीको कुरामा सहमति जनाउँदै पाल्पा तानसेनका शीलप्रभा शाक्यले पनि सन्तानले नहेर्दाको पीडा मन छुने गरी व्यक्त गर्नुभयो । “खान बस्न त यहाँ पनि केही समस्या छैन, तर परिवारको माया साथको अभाव जहिले खड्किन्छ उहाँलाई”, अरूको सहारामा बसेकालाई चाडको अर्थ नहुनेरैछ ८० वर्षीय शाक्यले भन्नुभयो । 

सबैजनालाई परिवारकै सदस्यले यहाँ छोडेर गएका हुन । कति गएदेखि फर्केर पनि आउँदैनन् । आफ्नै सन्तान र आफन्तले आश्रममा ल्याएर छोड्दा कस्को मन रुँदैन र ? १५ वर्षदेखि आश्रममा वृद्धवृद्धालाइ रेखदेख गर्दै आउनुभएकी माया रेश्मी भन्नुहुन्छ, “त्यो सम्झँदा सबैजना रुनुहुन्छ पछि आफै मन बुझाउनुहुन्छ ।” 

बुटवलका समाजसेवी स्वर्गीय गणेशमान सैँजुले आफ्नो दिदीको स्मृतिमा २०६१ सालमा यो आश्रम स्थापना गर्नुभएको थियो । आठ जना वृद्धवृद्धा रहेको यो आश्रममा सबैजना ७० वर्षमाथिका छन् । वृद्धाश्रमका लागि सैँजु परिवारले रु १५ लाखको अक्षयकोष स्थापना गरेको छ । त्यसबाट आउने ब्याजले आश्रमको खर्च धानिएको आश्रमका सञ्चालक अनुपमान सैँजुले जानकारी दिनुभयो । त्यसबाहेक विभिन्न सङ्घसंस्थाहरुले आश्रमका लागि सहयोग दिने गरेका कारण सञ्चालनका लागि सहज भएको बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x