सडक दुर्घटनामा ३ जनाको मृत्युु

असोज ३१, २०७५

धादिङ – पृथ्वी राजमार्गमा बुधवार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । 

चितवनको इच्छाकामना गाउँपालिकास्थित केबुलकार नजिकै पोखराबाट धादिङतर्फ आउँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यान र सोही दिशातर्फबाट आउँदै गरेको बा१घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकर एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । 


ADVERTISEMENT

मृतकमध्ये २ जना मारुती भ्यानमा सवार र अर्का एक जना भने ट्यांकरमा सवार यात्रु रहेको मुग्लिन प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धादिङको कल्लेरी निवासी २५ वर्षीय चन्द्रबहादुर नेपाली र धादिङकै ११ वर्षीय रोशन गैरे र बेनीघाट रोराङ गाउँपालिका–५ निवासी विनोद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । 

घाइते ४ जनाको चितवनस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए । दुवै सवारी एकापसमा ठक्कर ठोक्किँदा दूध बोक्ने ट्यांकर भने सडकबाट करीब १ सय मिटर तल खसेको थियो ।

असोज ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस