वर्षमा एक दिन आज हनुमानढोका दरबारको तजेलु भवानीको मन्दिर खुला

कात्तिक १, २०७५

काठमाडौं – हरेक वर्ष बडादशैं अन्तर्गत महानवमीमा वर्षको १ दिन खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर बिहीवार सर्वसाधारणका लागि खुला गरिएको छ ।

तलेजु मन्दिर वर्षमा १ पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । बिहीवार बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जंगी निसानपूजा तथा कोतपूजा भइरहेको छ ।


ADVERTISEMENT

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदूर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा बिहीवार नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । 

प्रतिपदादेखि महानवमीसम्म नवदूर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ । 

कात्तिक १, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस