×

NMB BANK
NIC ASIA

अटो सञ्चालकद्वारा यात्रुमाथि लुट, मनपरी भाडा असुली

कात्तिक १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

घोराही – दाङका प्रमुख बजार घोराही, तुलसीपुर, लमही, भालुवाङ र नारायणपुर बजार क्षेत्र र बजार छेउछाउका गाउँमा चल्ने अटो एवं इरिक्साले मनपरी भाडा उठाउँदै आइरहेका छन् ।

Muktinath Bank

यातायात व्यवस्था कार्यालय तुलसीपुरले गत असार २७ गते जिल्लामा सञ्चालन हुने अटो एवं इरिक्साको निश्चित भाडादर कायम गरे पनि यहाँ चल्ने कुनै पनि अटो एवं इरिक्साले सरकारी निर्देशनलाई मानेका छैनन् । यातायात व्यवस्था कार्यालयले प्रतिदुई किलोमिटर २० रुपैयाँ र त्यसपछि प्रतिकिलोमिटर थप १० रुपैयाँ हुने गरी भाडादर कायम गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाका सबैजसो अटो व्यवसायीले भने सरकारी निर्देशनको अवज्ञा गर्दै अटो चढ्नेबित्तिकै ५० रुपैयाँ लिने गरेका छन् । त्यसमा पनि २ जना चढेमा ८० रुपैयाँसम्म लिने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

दशैंमा गन्तव्यसम्म पुग्न बाध्यताले अटो चढेकालाई चालकले ओर्लने समयमा मनपरी भाडा माग्ने र सरकारी भाडादर दिन खोजे झगडा एवं गालीगलौचमा समेत उत्रने गरेका छन् । यसैले बजार क्षेत्रभित्र स्थानीयवासीले नगर बसको आवश्यकता महसुस गर्न थालेका छन् । 

Vianet communication
Laxmi Bank

अटो व्यवसायीले मनपरी भाडा लिएपछि घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा पटक–पटक मौखिक उजुरी आएपछि अहिले अटोको भाडादर र व्यवस्थापनमा कडाइ गरिने भएको छ । अटो रिक्साले जथाभावी रोकेर दुर्घटना बढाउने, जहाँतहीँबाट यात्रु ओसार्ने र मनपरी भाडा माग्ने गरेपछि अटो व्यवसायीलाई उपमहानगरपालिकाले १ साताभित्र त्यसलाई व्यवस्थित गराउने घ उपमहानगरपालिकाका उपप्रमुख एवम् अटो तथा इरिक्सा व्यवस्थापन समितिका संयोजक सीता न्यौपानेले जानकारी दिइन् । 

ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदनबहादुर कुँवरले पनि १ साताभित्र जिल्लाका अटो एवं इरिक्सालाई नियममा बाँध्ने बताए । जताततैबाट भाडामा मनपरी भएको गुनासो आएपछि यसको नियमनका लागि आफूहरूले उपसमितिसमेत गठन गरेको जानकारी उनले दिए ।

घोराहीमा मात्र करीब ८ सय अटो एवं इरिक्सा छन् । तर, हालसम्म १ दर्जनले मात्र उपमहागनरमा दर्ता गरेका छन् । अटो व्यवसायीका अनुसार हाल जिल्लामा करीब ३ हजार ५ सय अटो रिक्सा सञ्चालनमा आएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x