×

NMB BANK
NIC ASIA

नेपालगञ्ज शहरलाई वातावरणमैत्री बनाउन हराभरा बनाइने

कात्तिक १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकालाई वातावरणमैत्री बनाइने भएको छ ।

Muktinath Bank

नेपालकै सबैभन्दा बढी गर्मी हुने शहर नेपालगञ्जमा विरुवा रोपेर हरियालीयुक्त स्वच्छ वातावरण बनाउने अभियान शुरू गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भौतिक पूर्वाधार निर्माणका कारण बढ्दै गएको तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको हो । आउँदो ४ वर्षभित्र नेपालगञ्जलाई हरियाली शहरका रुपमा विकास गर्न वृक्षरोपण लगायत कार्यक्रम र अभियान शुरू गरिएका हुन् । 


Advertisment
Nabil box
Kumari

बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, वातावरण प्रदूषण आदि कारणले तापक्रम वृद्धिका साथै मानव स्वास्थ्यमा समेत अनेक समस्या सिर्जना हुने स्थिति आउने सम्भावनालाई दृष्टिगत गरी सरोकार पक्ष सरकारी तथा गैरसरकारी संघसंस्थासँगको सहकार्यमा विरुवा रोप्ने, त्यसको संरक्षण तथा सम्वद्र्धन गर्ने र सरसफाइलगायत चेतनामूलक कार्यक्रम भइरहेका छन् । 

Vianet communication
Laxmi Bank

प्रथम नगर सभाले नेपालगञ्जलाई वातावरणमैत्री नगर बनाउन एक घर एक चर्पी, एक व्यक्ति एक बिरुवा र एक वडा एक बाल उद्यान बनाउने योजना पारित गरेको थियो । सोही योजनाअन्तर्गत प्रथम चरणमा नेपालगञ्जको राँझादेखि सीमा क्षेत्रसम्म वृक्षरोपण भइरहेको छ । 

यसैगरी, नगरको सुर्खेत सडकखण्डका अधिकांश स्थानमा सामाजिक संघसंस्थाको सहयोग र सहकार्यमा उपमहानगरपालिकाबाट वृक्षरोपणको काम सम्पन्न भइसकेका छन् । अभियानलाई यहाँको क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्ज, नेपालगञ्ज उद्योग वाणिज्य संघ, बी–गु्रप लगायत दर्जनौं संस्थाले सघाउँदै आएका छन् । 

जिल्ला वन कार्यालय र उपमहानगरपालिकाको साझेदारीमा सुर्खेत मार्गमा २१ लाख बराबरको ट्रि–गार्ड सहितको बिरुवा रोप्ने तयारी भइरहेको छ । सडकबीचको हरियाली क्षेत्रमा विभिन्न जातका ३ सय ५० बिरुवा रोपिने वन कार्यालयका निमित्त प्रमुख गणेश खड्काले जानकारी दिए । वृक्षारोपण अभियानमा कालिका कन्स्ट्रक्सनसँगको साझेदारीमा क्षेत्रीय शहरी विकास आयोजनाले पनि २ हजार ट्रि–गार्ड सहयोग गरेको छ ।

अभियानअन्तर्गत नगरका टोलटोलका सडक किनारमा छिट्टै्र बिरुवा रोप्न शुरू गरिने बताउँदै नगर प्रमुख डा धवलशम्शेर राणाले ४ वर्षभित्र नगरलाई हरियाली शहर बनाइने जिकिर गरे । 

हरियाली अभियानअन्तर्गतकोे एक घर, एक बिरुवा रोप्नैपर्ने अनिवार्य व्यवस्थालाई भने अधिकांशले घर निर्माण गर्ने क्रममा पूर्णरुपमा अवलम्बन गरेको पाइएको छैन । यसको सूक्ष्म अध्ययन गरिने र नियम पालना नगरेको पाइए उपमहानगरपालिकाको सेवासुविधाबाट समेत वञ्चित गर्न सकिने नगर प्रमुख राणाको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x