×

NMB BANK
NIC ASIA

कर्णालीमा जलयात्रा पर्यटन विकास गर्ने दीर्घकालीन योजना

कात्तिक १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – गत शुक्रबार आठबीस नगरपालिका–१ डाव दैलेखका कर्णबहादुर रावत र उनकी श्रीमतीलाई चिया चाउचाउ नास्ता खुवाउन भ्याइनभ्याइ थियो । 

Muktinath Bank

खासै यसअघि २ चार स्थानीय ग्राहक आउने त्यस चिया पसलमा उक्त दिनको भीडले भने रावत दम्पती निकै दंग थियो । त्यहाँ कर्णाली प्रदेश सरकार, आन्तरिक तथा विदेशी पाहुना पुगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजभोलि रावतझैं कर्णाली नदी किनारमा रहेका अन्य होटल पसलमा पनि पाहुनाको राम्रै भीड लाग्छ । विगतभन्दा यस वर्ष त्यस क्षेत्रको व्यापार व्यवसाय पनि फस्टाएको छ । १ महिनादेखि कर्णाली नदी क्षेत्र र जलयात्राको सम्भावना अध्ययन गर्दै आएको नेपाल नदी संरक्षण संस्थाको टोली र केही विदेशी पर्यटक तीन दिनदेखि डावमै रहँदा स्थानीय व्यवसायीलाई रामै्र मुनाफा भएको थियो । 


Advertisment
Nabil box
Kumari

डावमै पुगेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा र प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलसहितको सरकारी टोलीले सो दिन नदी संरक्षण संस्थाको टोलीसँग कर्णाली नदी किनारमै पालमा रात बितायो । 

Vianet communication
Laxmi Bank

शनिवार मुख्यमन्त्री शाहीले जलयात्राको विधिवत् उद्घाटन गरेसँगै कर्णाली नदीमा १० किलोमिटर जलयात्रा गरेका थिए, जहाँ पर्यटनमन्त्री नन्दसिंह बूढासमेत सवार थिए । उक्त दिनदेखि कर्णालीमा औपचारिक रुपमै साहसिक खेल जलयात्राको सञ्चालन भएको छ । 

मुख्यमन्त्री शाहीले उतिबेलादेखि नै जीवनरेखा मानिने कर्णाली र बंगलादेश जोड्ने रेशमी मार्ग कायम गर्नेतर्फ अघि बढ्ने बताए । खासगरी हिन्दू धर्मावलम्बीको राजधानी कैलाश मानसरोवरसँग जोडिएको सुवर्णभूमि कर्णालीको विकासका लागि प्रदेश सरकार गतिशील रहेको उनको भनाइ थियो । उनले भने, ‘अब कर्णालीले दुःख होइन, यसले आफूसँग भएको चीज बेच्नुपर्छ ।’ कर्णालीलाई डलर आम्दानीको स्रोत बनाउने र मानसिक रुपमा जकडिएको गरीबी हटाउने सोचको विकास हुन आवश्यक रहेको उनले औंल्याए ।

मुख्यमन्त्री शाहीसहितको प्रदेश सरकारको आगमनले कर्णाली नदीमा जलविद्युत् दृष्टिले मात्र नभई साहसिक खेलसमेत आकर्षण बनेको छ । सरकारको यो कामले पर्यटन प्रवद्र्धन, कर्णाली नदीको प्राचीन इतिहासको उजागर, यहाँको जलजंगल र जमीनको उपयोगिता एवं उत्पादनमा वृद्धि भई आर्थिक वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

बेलायती पर्यटक टोली टेलरले कर्णाली नदीको कञ्चन पानीमाथिको जलयात्राले स्वर्गीय आनन्द प्राप्त हुनाका साथै तनावमुक्त भएको बताए । ‘नदीभित्रको माछा, किनारास्थितका वन क्षेत्र, उत्पादनयोग्य फाँट, मानवबस्ती, सांस्कृतिक वेशभूषा र संघर्षशील जीवनका थुपै्र दृश्य कैदमात्र होइन, अध्ययन गर्ने अवसर मिल्दो रहेछ,’ उनले भने, ‘अब यो अनुभव र अनुभूतियुक्त तस्वीरको सन्देश मेरो देशमा लिएर जान्छु ।’

आजभोलि सडकको छेवैमा धुँलाले पोतिएको होटेल तथा पसलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो तथा जलयात्रा गर्ने विदेशीको भीड लाग्न थालेको छ । गएको वर्ष जापानी टोलीले नदीमा जलयात्रा शुरू गरेको आठबीस नगरपालिका–१ का वडाध्यक्ष पर्वसिंह विकले जानकारी दिए । ‘यस क्षेत्रमा अब होमस्टे सञ्चालनमा ल्याउने पहल भइरहेको छ,’ वडाध्यक्ष विकले भने, ‘यसका लागि निजी लगानीकर्ता र कर्णाली प्रदेश सरकारसँग समन्वय गर्छौं ।’
कर्णालीमा जलयात्रा गर्न र माछा मार्न विदेशी बढी आउने गरेको उनको भनाइ छ । उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्न थालेपछि अब यहाँ दूध, दही, माछामासुको माग बढ्न थालेको छ । 

सोही वडाका बासिन्दा हर्कबहादुर शाहीले भारतीय जिएमआर कम्पनीले माथिल्लो कर्णालीमा ९ सय ५० मेगावाट विद्युत् निकाल्ने जिम्मा लिए पनि सो परियोजना अलपत्र पारेको आरोप लगाए । ‘कर्णालीबाट ९ सय ५० मात्र होइन, ४ हजार मेगावाट विद्युत् निकाल्ने क्षमता छ,’ शाहीले भने, ‘न यहाँ विद्युत् निकाल्ने काम अघि बढेको छ न त प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा वितरण गर्ने काम नै ।’

उत्कृष्ट जलयात्रा र कायकिङ 

नेपालका भोटेकोशी, त्रिशूली, गण्डकी, भेरीलगायत नदीमा साहसिक जलयात्रा गरिँदै आएको छ । कर्णाली विश्वमा जलयात्रामा पाँचाँै र कायकिङमा तेस्रो उत्कृष्ट नदीका रुपमा मानिन्छ ।

कर्णाली नदी जलयात्रामा मात्र सम्भाव्य नभई बहुआयामिक क्षेत्रको महत्व राख्दै आएको नेपाल नदी संरक्षण समितिका अध्यक्ष मेघ आले बताउँछन् ।

‘विश्वका धेरै देशमा कर्णाली नदी सुरक्षित, सरल, प्राकृतिक आनन्द दिने र कम जोखिम छ,’ अध्यक्ष आले भन्छन्, ‘यसको प्रवद्र्धनमा कर्णाली प्रदेश सरकार अनवरत लाग्नुपर्छ ।’ कर्णालीको प्रचारप्रसार व्यापक गर्न सके यसमा जलयात्रा गर्ने स्वदेशी विदेशी पर्यटकको घुइँचो लाग्ने उनको विश्वास छ । 

पर्यटनविद् प्रेम शर्माले कर्णाली नदीको पानी र सुन्दरतामा संसारका अर्बौं मान्छेले आँखा गाडेको बताए । उनले कर्णालीलाई विश्व सम्पदाका रुपमा स्थापित गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

कैलाश–बुद्ध मार्ग 

नेपालको सबैभन्दा लामो नदी कर्णालीले उत्तरमा भोटे, मध्य क्षेत्रमा खस, राउटे, क्षत्रीदेखि तराईका चौधरी, थारूसमेतको रहनसहन, वेशभूषा र धर्मसंस्कृति बोकेको छ । नेपाल नदी संरक्षण संस्थाले अध्यक्ष आलेसहित स्वयंसेवकका रुपमा काम गर्दै आउनुभएका भूगर्भ्विद् बेरेन केनेटको टोलीले मानसरोवर कैलाश र बुद्धभूमि लुम्बिनी जोड्ने विकासको नमूना आवश्यक रहेको औंल्याएको छ । 

सबै खालको हावापानी र मानव बस्ती समेटिएको विविधतायुक्त यो नदीबारे टोलीले भनेको छ, ‘कर्णाली नदी प्रदेश समृद्धिमा सहयोग पुर्याउने कर्णाली प्रदेशको मुख्य सम्पदा हो । यसको संरक्षण र बजारीकरण गर्न सरकारले विशिष्ट खालको योजना निर्माण गर्नुपर्छ ।’

पहिराको जोखिममा बस्ती 

हिल्साबाट नेपालको हुम्ला हुँदै बगेर आउने कर्णालीसँग जोडिएको भिरालो जमीनमा मानव बस्ती छ । मूलतः तिब्बतदेखि कर्णालीको अध्ययन गर्दै आउनुभएका भूगर्भविद् बेनेटले कर्णालीका भिरालो जमीनमा रहेका बस्ती सबै जोखिममा रहेको बताए । ‘हिमालय पर्वतदेखि महाभारत शृंखलासम्मका बस्ती चलायमान छन्,’ बेनेट भन्छन्, ‘अबको ६–७ दशकभित्र यी बस्ती कर्णाली नदीमा खस्ने प्रबल सम्भावना छ ।’ त्यसबाट सजग रहन र पूर्वसावधानी अपनाउन उनले सुझाव दिएका छन् ।

उनी अगाडि भन्छन्, ‘कर्णाली प्राचीन नदी हो । यो नदी तिब्बतीय पठार हुँदै हिल्साबाट बगेर आएका सबै चीज महाभारत पर्वतमा थेग्रिएका छन् । बाटो खन्ने, जलविद्युत् आयोजना, सुरुङमार्ग निर्माणलगायत विकासका काम गर्दा भूभागको अध्ययन आवश्यक छ ।’ उनका अनुसार हिमालय पर्वत बन्नुपूर्व नै कर्णाली बग्ने शुरू गरेको अनुमान छ । कर्णालीमा करीब १ सय ५० किलोमिटर जलयात्रा गर्न सकिने जानकार बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x