×

NMB BANK
NIC ASIA

विश्वकै दोस्रो अग्लो बञ्जीजम्पको निर्माण कार्य अन्तिम चरणमा

कात्तिक १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पर्वत– निर्माणाधीन विश्वकै दोस्रो अग्लो बञ्जीजम्पको निर्माण अन्तिम चरणमा छ । निजी क्षेत्रका युवा व्यवसायीको लगानीमा कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई ५२० मिटर लामो झोलुङ्गे पुलमा जोडेर २२८ मिटर उचाइको नमूना बञ्जीजम्पको निर्माण ८० प्रतिशत पूरा भएको छ ।

Muktinath Bank

कुश्माका लगानीकर्ता नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी र सिन्धुपाल्चोकका राजु कार्की र फ्रान्सेली युवती फ्लोरेन्सलगायतको हालसम्म १२ करोड खर्च भइसकेको जनाएका छन् । बञ्जीमा युवा लगानीकर्ताबाहेक पनि प्रभु बैंकको हालसम्म रु पाँच करोड लगानी भएको कुश्मा शाखाका प्रबन्धक हेमन्तबाबु शर्माले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसारकै गहिरो खाेंच बनाएर बगेको कालीगण्डकीमाथि पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरी अग्लो झोलुङ्गे पुल बनाइएको छ । यहाँ विश्वकै दोस्रो उचाइको बञ्जी बन्ने जिकिर लगानीकर्ताको छ । 


Advertisment
Nabil box
Kumari

पाँच सय २० मिटर लामो र २२८ मिटर उचाइको सिङ्गल स्पान झोलुङ्गे पुलसहित कालीगण्डकीको खोंचमा बन्ने यो बञ्जी मुलुककै अन्य बञ्जी स्पटमध्ये नमूना हो । विसं २०७३ वैशाखमा निर्माण शुरू भएको बञ्जीसँगै उनीहरूले स्काइ साइक्लिङ, स्वीङ (लठ्ठामा मच्चिने पिङजस्तो खेल) र रिसोर्ट समेतको सञ्चालन तयारी गरेका छन् । 

Vianet communication
Laxmi Bank

द क्लिफ प्रालिमार्फत यी सबै संरचनामा लगानी गरिएको लगानीकर्ताले बताएका छन् । क्लाम्पिङ रिसोर्ट सञ्चालन गर्न बलेवामा २५ रोपनी जग्गामा संरचना निर्माण भइरहेको सञ्चालक जोशीले जानकारी दिए । बञ्जीजम्प विश्वकै दोस्रो तथा स्काइ साइक्लिङ र स्वीङ विश्वकै अग्लो हुने जिकिर लगानीकर्ताको छ । “विश्वकै अग्लो बञ्जी चाइनामा छ”, कार्कीले भने, “हामीकहाँ हुने स्काइ साइक्लिङ र स्वीङ विश्वमै अग्लो हुनेछ ।” 

बञ्जी निर्माणतर्फ कन्स्ट्रक्सनको जिम्मा लिएको प्यारामाउन्ट कन्स्ट्रक्सनले अबको तीन महीनाभित्र निर्माण सक्ने जनाएको छ ।

प्यारामाउन्टका कम्पनी लिडर मनोजकुमार चौधरीले सरासर काम गर्न पाए तीन महीनामा सबै सकेर कम्पनीलाई जिम्मा लगाइने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x