×

NMB BANK
NIC ASIA

दशैंमा विदेशबाट घर फर्किन नपाएको छोराको मार्मिक चिट्ठी

कात्तिक १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

प्रिय बुवाआमा, बालुवा भूमिबाट ढोग गरें । अवश्य आशीर्वाद दिनुभयो होला । मैले पाएको आभास गरें । सन्चै हुनुहुन्छ भन्ने आशा छ । 

Sagarmatha Cement
Muktinath Bank

श्रीमती पनि सन्चै होलिन् । असीम र अटूट माया । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँ म कुशल छु । तपाईंहरूमा पनि यही कामना ।


Advertisment
SBL

त्रिभुवन विमानस्थलमा जेट विमानको यात्री बनेसँगै मातृभूमिबाट टाढिएँ म । सम्भावनाहरूको राजधानी काठमाडौंमा आफ्ना सुखद पाइलाको दूरी नाप्न खोज्दै गर्दा विकल्पहरू साघुँरिएपछि कतार बाध्यताको कर्मथलो बन्यो । यससँगै स्वदेशमा देखिएका सुकिला र ऊर्वर अभिलाषा मुर्झाए ।

Vianet communication
Laxmi Bank

काठमाडौं एयरपोर्टमा विमान ठूलो स्वरले उड्दा धेरैपटक आफैं तर्सिएको छु, कतै परदेशतिर बत्तिनुपर्ने त होइन भनेर । तर परिस्थितिले त्यही डरसँग साक्षात् भेट गराइदियो ।

काठमाडौंको आकाशबाट जहाज जतिजति टाढा पुग्दै थियो, स्वदेशी सामीप्य नजिकिएको आभास भइराख्थ्यो । जहाज स्वदेशको भूमिबाट स्वतन्त्र भएर वेगले उडेपनि म स्वतन्त्र बन्न सकिनँ । मस्तिष्कमा भरिएका सपना, इच्छा र पीडाले साथ छोडेनन् । केही समयको अन्तरालमा आफ्नै देशबाट निकै टाढा पुगिसकेछु । 

कतारको हमाद विमानस्थलमा ज्यान उत्रिएपछि घर छाड्नुको पीडा तथा जहाजको पट्यारलाग्दो थकानले शरीर ऊर्जाहीन बन्यो । तैपनि जीवनको फूल फुलाउनु थियो । त्यसको सुगन्ध परिवारमा छर्नु थियो । त्यसैले परदेशको कर्ममा जोडिएँ । बिस्तारै आफ्नै सहकर्मीको उही नै दिनचर्याले मनलाई तग्रांउँदै लग्यो । शरीर लयमा फर्कने कोशिश गर्‍यो । 

जिन्दगीको सुनौलो भविष्य कल्पिँदै यहाँका आलीशान महल खडा गरिरहँदा इँटा र बालुवा मेरा हरपलका साथी बनेका छन् । दुःख यिनैसँग साट्छु । रिस उठे इँटामाथि पोख्छु । जो नजिक छ उसैसँग त पर्ने रहेछ ठाकठुक र लाग्दो रहेछ माया । एक खालको प्रेम भनौं न ! नभए निर्जीवसँग यसरी सम्बन्ध पनि त रहने थिएन नि ।

प्रिय बुवाआमा,

एक्लो सन्तान । घरमै नभए स्वदेशकै कुनै ठाउँमा बसेर छोराले केही गरोस् भन्ने आशा तपाईंको थियो नै तर जिन्दगीका केही सीमित चाहना पूरा गर्नका लागि यहाँसम्म आएँ । असीमित चाहना मनमै बाँधिएका छन् ।  

यसपालि पनि घर नफर्किदाँ परदेशी छोराले बिर्सियो भन्ने लाग्यो होला । दशैं नजिकिँदा बुवाआमाको अनुहारभरि बेखुशीका उदासीन बिम्ब दौडिँदा हुन् । प्रिय श्रीमतीको प्रेमिल चम्किलो मुहार मेरो प्रतीक्षामा अनवरत बेचैन छ होला । सोच्छु, मेरो अभावमा तपाईंका आँखा नीलो आकाश हेरेर कति भिज्दा हुन् ।  

बाल्यकालमा स्कूल पढ्दा बुवाआमा तपाईंले कठिन ज्यामी काम गरेर मलाई पढाउनुभयो । बिर्सेको छैन, मलाई मात्रै खुवाएर तपाईंहरू भोकै सुतेको । अनि अझै झस्काउँछ चारैतिर च्यातिएर टालेका कपडा लगाएर तपाईंहरू काममा हिँडेको । मलाई पोल्छ, गरीबीको चित्र बोकेर हिँड्नुभएका तपाईंहरूलाई खिसिट्युरी गर्दे कानेखुशी गर्ने गरेका ती विरूप मान्छेका चित्रले ।

दशैंमा धेरैजसो घर फर्किँदा अरूबेला शून्य लाग्ने गाउँघर भरिए होलान् । स्वदेशमा यति ठूलो पर्वले खुशी दिइरहँदा परदेशमा बसेर सम्झनामा उदास बन्नुपरेको छ ।

गरीब परिवारमा जन्मेपछि परदेशबाहेक अर्को विकल्प के नै रह्यो र ! खर्चमा मितव्ययी सदा हामीलाई बनिरहनु नै पर्‍यो । जीवनको ३१औं वसन्तमा हिँडिरहँदा थोरै पैसा खर्च गर्न पनि दिमाग सयौंपटक सोचिरहन्छ । 

अग्ला हिमालमा सौम्य भएर बसेका हिउँका ढिक्का कति खुशी छन् है नेपालमा । ती हिमाल आफ्नै हुनुको नाताले पनि अलिकति त हाम्रो ओठमा पनि हाँसो छचल्किनुपर्ने हो तर अहँ हाम्रो हाँसोको बान्की हराएको छ । 

आमाको लामो कपाल पनि ढकमक्क फुलिसक्यो होला । बुवाको अनुहार पनि चाउरिनथाल्यो कि ! बुवालाई घर व्यवहार चलाउन गाह्रो पर्‍यो होला । कतै भनेजस्तो छोराले पैसा पठाएन भनेर तपाईंको मनले थकथकी त मान्दै छैन ! 

यहाँ सोचेजस्तो कमाइ छैन । छिमेकीहरूले कमाएको देख्दा घरमा तपाईंहरूलाई लाग्ला छोराले सोचेजस्तो पैसा कमाएन भनेर । तर यहाँ कामअनुसारको तलब छैन । सबैको कमाइ एकनासै कहाँ हुँदो रहेछ र ! तर हिम्मत हारेको छैन । एकदिन कसरी हाम्रा खुशीका दिन नफर्किएलान् र !

बुवा, दशैं मनाउन भनेर सदरमुकाम सन्धिखर्कमा आईएमईमार्फत पैसा पठाएको छु । मैले पठाएको पैसाले तपाईंलाई कपडा किन्न नपुगेपनि आमा र श्रीमतीलाई भने किनिदिनुहोला । उधारो भएपनि दशैंमा मीठोमसिनो ल्याउनुहोला । मोबाइल किनेर पठाउँछु भनेको थिएँ तर यसपटक सकिनँ । सकें भने तिहारसम्म पठाउनेछु । अनि फोनमा धीत मरुन्जेल कुरा गरौंला ।

दशैंमा धेरैजसो घर फर्किदाँ अरूबेला शून्य लाग्ने गाउँघर भरिए होलान् । फेसबूकमा शेयर भएका फोटाहरूले यही बुझिरहेको छु मैले । स्वदेशमा यति ठूलो पर्वले खुशी दिइरहँदा परदेशमा बसेर सम्झनामा उदास बन्नुपरेको छ । यसपाला दशैं मान्न गाउँमा को–को आए, सम्भव भयो भने बुहारीलाई चिट्ठी कोर्न लगाउनुहोला ।

यहाँको हावापानी खै के हावापानी ! नेपालको त्यो स्वच्छ चिसो देउराली डाँडाको हावा सोच्दा पनि शरीरमा शीतलताको सञ्चार हुन्छ । मस्तिष्कका कुना–कुनामा त्यो प्रकृतिको हरियाली नाचिदिँदा मेरो मातृभूमिको यादले बेस्सरी चिथोर्छ ।  

हरियो वनपाखा, लहरै झुल्न तर्खर गरेका धानका बाला, पहेंलै ढकमक्क फुलेर सुगन्ध छरिरहेका तोरीबारी । सोच्दा पनि यहाँ मन उजाडिन्छ । भौतिक शरीर यो मरूभूमिमा रहेपनि मन भने गाउँमै रहन्छ । आखिर याद न हो, कल्पनामा डुब्दा पनि अपार आनन्द पाउँछु । यो परदेशी जीवन विचित्रको  छ । गाउँका सबै एकैपटक भेट्ने सौभाग्य कहिले जुर्ला र ! 

यो चिट्ठी तपाईंहरूको हातमा पुग्दा जमरा पनि अंकुराइसके होलान् । घरमा सानो हुँदा आमा तपाईंले जमरा छर्दा म कत्ति खुशी हुन्थे है ! 

हिजोमात्रै एउटा दैनिक अखबार पढ्दै थिए । ‘एकै गाउँका ५०० भन्दा बढी युवा रोजगारीको लागि कतारमा’ शीर्षकमा । यो समाचार पढेपछि मन कुँडियो ।

जिन्दगीको सुनौलो भविष्य कल्पिँदै यहाँका आलीशान महल खडा गरिरहँदा इँटा र बालुवा मेरा हरपलका साथी बनेका छन् । दुःख यिनैसँग साट्छु । रिस उठे इँटामाथि पोख्छु । जो नजिक छ उसैसँग त पर्ने रहेछ ठाकठुक र लाग्दो रहेछ माया ।

आफ्नै गाँउको यो आफ्नै समाचार थियो । नजिकिँदा ठूला पर्वमा गाउँका अधिकांश युवा यतै हुँदा धेरैका परिवारमा खुशीको आयतन पक्कै बढेको छैन होला तर बाध्यताको उपज आज हामी स्वदेशमा रहन सकेनौं । दशैंको छेकोमा आएको यो समाचारले यहाँको तापलाई उछिनेर उकालो ग्राफ चढ्यो । र मनको गर्मी त्यसैगरी उम्लियो ।

मनका कुराहरू लेखेर त कहिल्यै सकिँदैन । लेखुँ भने पनि शब्दहरू नपुग्लान् जस्तो ! खुशी खोज्न र दिने भीडमा हिडिँरहेपनि अझै भेटिनँ । हेरौं, यो यात्राबाट भेटिन्छ/भेटिन्न । 

शायद मैले गल्ती गरें । परिवारलाई यी सारा दुःखका कुरा व्यक्त गरेर । अरू कसलाई पो सुनाऔं ? परिवार नै त हो हरेक घुम्तीमा सँगै रहने । बुवा, आमा र श्रीमतीलाई यो चिट्ठीले स्तब्ध बनायो होला । पढ्ने पाठकलाई पनि त्यसैगरी । 

समय फेरियो तर स्वदेशमा चरम निराशाको बादल हटेर सग्लो नीलो आकाश देखिने परिकल्पना सम्भावनामै सीमित रह्यो । परदेसिएर भविष्य उज्ज्वल बनाउने सपना, थाह छैन कतै यो जुनीमा यो पनि देशकै नियतिसँग मेल खाने त हैन ! 

तीन वर्षको बसाईं सकिन अझै ३ महिना बाँकी छन् । म घर फर्कंदा चाडपर्व सबैले बिदाइ गरिसकेका हुनेछन् । विदेशको कर्मभूमि आफूले भनेजस्तो त कहाँ हुन्छ र ! कति चाडपर्वमा घरमा सँगै हुन नपाइने हो यही पिरलोले मनलाई सधैं घोचिरहेको हुन्छ ।  

मनका कुरा पोख्दै जाँदा चिठी पनि लामो बनिसकेछ । भोलि बिहान सबेरै उठेर ड्युटी जानु छ । अब कलमलाई यहीँ रोक्छु है ।

रातो टीका र जमराले निधार रङ्गाउनुहोला । ज्यान सकुशल रहे भेटौंला ।  

लोकान्तर डट्कमको सहयोगमा प्रविधिको उपयोग गरें । र यससँगै अर्को प्रति हुलाकमार्फत गाँउमा पठाएको छु । शायद व्यक्तिगत चिठी घरमै मात्र पठाएको भए राम्रो हुन्थ्यो तर आम नियतिको पर्दापण गर्न सञ्चारबाट संसारमा पुर्‍याउनु युक्तिसंगत ठानें । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x