×

NMB BANK
NIC ASIA

विराट कोहलीले किन खान छोडे मासु, दूध र अण्डा ?

कात्तिक १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले भेगन आहार लिन शुरू गरेका छन् । अर्थात् उनले अब माछामासु, अण्डा, दूध, मह लगायतका खानेकुरा खाने छैनन् । 

प्रख्यात टेनिस खेलाडी सेरेना विलियम्स पनि गर्भवती भएपछि आहारमा परिवर्तन गर्दै भेगन बनेकी छन् । 

त्यस्तै विश्वप्रसिद्ध फूटबल खेलाडी लियोनेल मेस्सी पनि गेम सीजनका बेलामा भेगन बनेका छन् । 

आखिर खेलाडीहरू धमाधम किन भेगन बनिरहेका छन् त ? खेलाडीहरूको आहारकी विशेषज्ञ दीक्षा छाबडा भेगन आहार दुई तरिकाले लिन सकिने बताउँछिन् ः फलाहार र मधुरो आगोमा पकाइएका तरकारी खाने वा गहुँ, मकै,
दाल जस्ता अन्न खाने र उच्च फ्याटयुक्त एभोकाडो खाने । यी दुई तरिकाको मिश्रण पनि हुन सक्छ । 

भेगन आहार लिँदा खेलाडीहरूको चोटपटक छिटो ठीक हुने भएकाले यसको चलन बढेको हो । 

छाबडाका अनुसार, भेगन आहारले शरीरलाई विषाक्त तत्त्वबाट मुक्त गर्छ । यस्तोमा चोटग्रस्त खेलाडीले एन्टीअक्सिडेन्ट र भिटामिन लिनुपर्ने हुन्छ । त्यस्ता खानेकुराले घाउ सुन्निन दिँदैनन् र शरीरलाई विषरहित बनाउँछन् । 

चोट लागेको बेलामा उच्च चिनी भएको खानेकुरा र रातो मासु खाँदा शरीरलाई धेरै नै हानि पुग्छ । 

भेगन आहारमा भिटामिनका साथसाथै फाइबरको मात्रा अधिक हुन्छ र यो मोटोपन कम गर्न सहायक हुन्छ । फाइबरयुक्त खानेकुराले पेट पनि भरिएको अनुभव हुन्छ र आवश्यकताभन्दा बढी खानेकुरा खाइँदैन । 

तर जनावरबाट उत्पादित पदार्थ नखाँदा प्रोटीनको खुराकको कमी हुन पुग्छ । खेलमा प्रोटीन सेवन अति नै जरूरी हुन्छ । यसको भरपाइ कसरी गर्ने त ? 

पोषणविद् तथा स्वास्थ्य प्रशिक्षक अवनि कौलका अनुसार, खेलअनुरूप तथा शरीरअनुरूप खुराक आवश्यक हुन्छ । 

तौल उठाउने वा बडीबिल्डरका लागि प्रोटीन अत्यन्त आवश्यक हुन्छ । दौडमा भाग लिने खेलाडीका लागि भने तागतका साथसाथै ऊर्जाको पनि आवश्यकता हुन्छ । त्यो कुरा कार्बोहाइड्रेटयुक्त आहारबाट पूरा हुन्छ । 

त्यसको पूर्तिका लागि सही मात्रामा प्रोटीन, कार्बोहाइड्रेट खान जरूरी हुन्छ । 

भेगन आहारले ब्लड सुगर लेभल र कोलेस्ट्रोल लेभल कम हुन्छ र मधुमेह लाग्ने सम्भावना बन्छ । त्यसैले भेगन आहारमा प्रोटीनयुक्त खानेकुरा पनि पार्नु अति नै जरूरी हुन्छ । 

भेगन आहारमा प्रोटीनको कमी पूरा गर्नका लागि दाल, सोयाबीन, चना, काउली, किनोआ लगायतका खानेकुरा खानुपर्छ । 

भेगन आहारमा फाइटोकेमिकल पनि हुन्छन् र तिनले क्यान्सर जस्ता रोगलाई प्रतिरोध गर्छन् । 

वातावरणमा कुनै नोक्सानी नगर्ने हुनाले पनि धेरै मानिसले अचेल भेगन आहार अपनाउने गरेको कौल बताउँछिन् । 

पोषणविद् तथा मेटाबोलिक सन्तुलन प्रशिक्षक हर्षिता दिलावरीका अनुसार, भेगन आहारमा माइक्रोन्युट्रिएन्ट्सको आवश्यकता पूरा गर्नका लागि अतिरिक्त भिटामिनका गोली सेवन गर्नुपर्ने हुन्छ । 

त्यसो त भेगन आहारमा फाइटोकेमिकल्स पनि हुन्छन् तर भिटामिन बी१२ चाहिँ जनावरबाट उत्पादित पदार्थमा सजिलै पाइन्छन् र तिनको सेवन जरूरी हुन्छ । 

त्यसैले भेगन आहारमा दलहन, अन्न र सोयाबीन जरूरी हुन्छ । एक खेलाडीका लागि प्रोटीन, कार्बोहाइड्रेट, भिटामिन डी र फ्याट्टी एसिड अत्यन्तै जरूरी हुन्छ ।

बीबीसी हिन्दीबाट
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x