×

NMB BANK
NIC ASIA

धेरै दिन स्टोर गरेर नखानुस् मासु, डा. रेग्मी भन्छन्– यी कुरामा ध्यान दिनुस्

कात्तिक १, २०७५

NTC
Sarbottam
Photo : beachpitbbq.com
Premier Steels
Marvel

काठमाडौं –मासुमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छ । यसमा पाइने भिटामिन र प्रोटिन शरीरका लागि निकै फाइदाजनक छ ।

Sagarmatha Cement
Muktinath Bank

बढ्दो उमेरमा शरीरलाई हृष्टपुष्ट देखिन र स्वस्थ्य रहनका लागि मासुमा पाइने तत्वलाई महत्त्वपूर्ण मानिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यतिबेला नेपालीहरू आफ्नो महान चाड दशैंको उमंगमा रमाइरहेका छन् । दशैंमा खाइने विशेष र प्रमुख परिकार नै मासु हो । दशैं मनाउने प्रायः नेपालीको घरमा मासुको परिकार पाकेकै हुन्छ ।


Advertisment
Nabil box
Kumari

पहिला–पहिला मासु खानकै लागि दशैं कुनुपर्ने अवस्था थियो । त्यसैले पनि दशैंमा मासुको महत्त्व छुट्टै थियो । तर समय बदलिएको छ । ‘दशैं आउला, खाउँला पिउँला’ भनेर मासु खान दशैं नै कुर्नुपर्ने अवस्था छैन । 

Vianet communication
Laxmi Bank

दशैं नै नआएपनि हामीले प्रशस्त मात्रामा मासु खाइरहेका हुन्छौं । अहिलेको अवस्थामा दशैंमा धेरै मासु खाँदा शरीरलाई बढी हुने वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन् ।

‘हाम्रो सामाजिक, आर्थिक परिवर्तनले गर्दा मासु खान दशैं कुर्नुपर्दैन, अहिले मानिसहरू दशंै नहुँदा पनि टन्न मासु खाइरहेका छन्,’ डा. रेग्मी भन्छन्, ‘त्यसैले दशैंमा खाइने मासु शरीरका लागि ओभरलोड हुन्छ, मासु खाइरहने मानिसलाई मासु र मासुबाट पाइने तत्वहरू ५ देखि १० पटक बढी हुन्छ ।’

अष्टमीको दिन काटेको मासुलाई भुटेर, अगेना तथा घाममा सुकाएर, फ्रिजमा खारेर पुर्णिमासम्म खाने चलन छ । कतिपयले त तिहारसम्मका लागि पनि दशैंमा काटेको मासुलाई सुकुटी बनाएर राख्छन् । 

यसरी लामो समयसम्म राखेर खाइने मासु स्वास्थ्यकर नहुने डा. रेग्मी बताउँछन् । 

‘आजको भोलि नै त मासु बिग्रिसकेको हुन्छ, एक सातासम्म खाइरहँदा त स्वास्थ्यलाई असर गर्छ,’ डा. रेग्मी भन्छन्, ‘मासुको गुणस्तर कस्तो हुन्छ थाहा हुँदैन, त्यसमा पनि बासी खाँदा स्वास्थ्यलाई खतरा हुन्छ ।’

दशैंमा काटिने जनावरलाई पौष्टिक तत्व खान दिएर मोटो बनाइएको हुन्छ । खसी बोकाको शरीरमा मासुसँगै छाला र बोसो पनि हुन्छ । यसरी बोसो र छाला मिश्रित मासुलाई धेरै तेल हालेर पकाइन्छ । यसरी पकाइने मासुले स्वास्थ्यलाई असर पर्ने डा. रेग्मी बताउँछन् । 

मासु खाँदा यस्ता कुरामा ख्याल राख्नुस्  

ताजा मासु खाने ।

सफा ठाउँमा काटेको, सफासँग पकाएरको मासु मात्रै खानुपर्छ ।

मासु पकाउँदा बोसो, छाला झिकेर कम चिल्लो हालेर पकाउने ।

आफैँले पकाएर खाने ।

पेट धेरै कसिने गरी नखाने ।

सकेसम्म बिहानको समयमा धेरै खाने बेलुका कम खाने वा खाँदै नखाने ।

मासु जति नै सलाद तथा फलफूल र सागपात खानुपर्छ ।

मासुको साथमा रक्सी नखाने ।

‘मासुको स्वाद मसलाले आउँछ चिल्लोले होइन, मसला, खुसार्नी हाल्नुस्, मिठो बनाउनका लागि मसला प्रयोगको मात्रा मिलाऔं, चिल्लो धेरै नहालौं,’ डा. रेग्मीले सल्लाह दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x