×

NMB BANK
NIC ASIA

दमौलीमा हिन्दू महामिलन

कात्तिक १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दमौली – वेदव्यासको जन्मभूमि दमौलीलाई विश्व माझ चिनाउने उद्देश्यले व्यास गुफा क्षेत्रमा आजदेखि विश्व ओमकार तथा हिन्दू महामिलन पर्व शुरू भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँको आयोजनामा शुरू सो पर्व कात्तिक ३० गतेसम्म चल्नेछ । पर्वको उद्घाटन गर्दै विश्व हिन्दू महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले सनातन हिन्दू धर्मको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकतामाथि जोड दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न प्रलोभन दिएर धर्म परिवर्तन गराउने प्रयास भइरहेका उल्लेख गर्दै उनले धर्मको रक्षाका लागि सबै हिन्दू लाग्नुपर्ने बताए । अध्यक्ष अधिकारीले वेदव्यासभूमिलाई हिन्दूको मूल थलो घोषणा गर्ने अभियानमा यो पर्वले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले सबै धर्मको मूल सार मानव कल्याण नै रहेको बताए । गण्डकी प्रदेशसभा सदस्य डोवाटे विकले धार्मिक सांस्कृतिक पहिचान राख्न र वेदव्यासभूमिलाई पहिचान गराउनमा यो कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले यो पर्वले वेदव्यास भूमिको प्रचारप्रसार तथा संरक्षणमा सहयोग पुर्‍याउने धारणा व्यक्त गरे । 

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले धर्मले समाज परिचालित गर्न सहयोग पुग्ने बताउँदै राजनीतिक सीमाभन्दा माथि धर्म, संस्कृति र नागरिक सम्बन्ध रहेको विचार व्यक्त गरे ।

वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँका अध्यक्ष कृष्णकान्त काफ्लेको अध्यक्षतामा सम्पन्न समारोहमा व्यासका अध्येता काशीनाथ न्यौपाने, सन्तका तर्फबाट मस्त बाबा, लामा गुरुको तर्फबाट गुरु कारसन, योगी बलभद्रनाथलगायतले धर्मको विविध पक्षमाथि प्रकाश पारे । 

व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रवर्द्धन टेवा पुर्‍याउने उद्दद्धेश्यले एक महिने महामिलन पर्व आयोजना गरिएको हो । 

गत वर्ष कात्तिक १ गतेदेखि १८ महिनासम्म अखण्ड हरिकिर्तन गरिएको यस ठाउँमा त्यसैको निरन्तरता स्वरुप अब प्रत्येक वर्ष कात्तिक महिनामा यो कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । 

पर्वमा धर्मगुरु, सन्त, महन्त, विद्वान, बुद्धिजीवि एवं सम्पूर्ण ओमकार परिवारको उपस्थिति रहने प्रतिष्ठानका मूल संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले बताए । पर्वका अवसरमा महर्षि वेदव्यासले रचना गरेको वेदको बारेमा समेत जानकारी गराइने उनले जानकारी दिए ।

पर्वका अवसरमा वैदिक सनातन विधिअनुसार हिरण्यगर्भ भगवानी श्रीशालिग्राम तथा पञ्चायन देवताको षोडशोपचारले पूजा, वेद विभिन्न पुराण, रुद्री, चण्डि आदिको पाठ, धर्म गुरुबाट दैनिक धार्मिक प्रवचन लगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x