×

NMB BANK
NIC ASIA

दशैंको किनमेल सीमावर्ति भारतीय बजारमा, नेपाली व्यापारी चिन्तित

कात्तिक १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

परासी – दशैंतिहारमा चहलपहल हुने पश्चिम नवलपरासीको सदरमुकाम परासीसहित सुनवल, भूमही, बर्दघाट बजारमा यस पटक खासै चहलपहल छैन । 

Muktinath Bank

दशैंका बेला राम्रो व्यापार गरौंला भनेर पसलमा लगानी बढाएका व्यापारीहरु यतिबेला निराश भएका छन् । उपभोक्ताको रोजाइमा नेपाली बजारभन्दा सीमावर्ती भारतीय बजार पर्न थालेपछि स्थानीय व्यापारी चिन्तित भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पश्चिम नवलपरासीको महेशपुरसँग जोडिएको भारतीय बजार ठुटिबारीमा अहिले नेपाली उपभोक्ताको घुइँचो नै लागेको छ । तर, नेपालको महेशपुर बजार भने सुनसान छ । त्यहाँ भारतीय नागरिकभन्दा नेपालीकै भीडभाड छ ।


Advertisment
Nabil box
Kumari

भारतीय व्यापारीलाई सामान बिक्री गर्न भ्याइँनभ्याइँ छ । खुल्ला सीमानाका कारण र सस्तो पाइने भ्रममा परेर नेपाली उपभोक्ता भारतीय बजारमा पुगेर दैनिक उपभोग्य सामानदेखि आवश्यक लत्ताकपडालगायत सबै प्रकारका सामान किनमेल गर्ने गरेका छन् । 

Vianet communication
Laxmi Bank

नेपाली उपभोक्ता सस्तो पाइने आशमा भारतीय बजार पुगेर गुणस्तरहीन, तौलमा कमी र मूल्यमा समेत ठगिने गरेको उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष रामजी ज्ञवालीले बताए । कतिपय नेपाली सामान भारतमा पुगेर भारतीय मूल्यमा किनेर ल्याउँदासमेत उपभोक्ताले आफू ठगिएको पत्तै नपाउने गरेको बताए ।

भारतबाट नेपाल भित्रिने फलफूल तथा तरकारी सस्तो पाइने भएपछि नेपाली उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्नसमेत समस्या परेको छ । बर्दघाट बजारमा कपडा पसल गर्दै आइरहेका आशिष न्यौपाने दशैंको समयमा पनि अन्य समयमा भन्दा कम व्यापार भएपछि चिन्तित देखिन्छन् ।

न्यौपानेले दशैंलाई लक्षित गरी नियमितभन्दा ३ देखि ४ लाख रुपैयाँको सामान पसलमा थप गरे तर व्यापार प्रायः शून्य भएपछि साहुलाई कसरी तिर्ने भन्ने चिन्तामा उनलाई परेको छ । नेपाली उपभोक्ताहरू कपडा खरिदका लागि भारतीय बजार जान थालेपछि स्थानीय बजारमा उपभोक्ताको संख्या घटेको र व्यापार पनि नभएको नेपाल घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष मेघराज गौतमले बताए ।

न्यौपाने मात्र होइन, बर्दघाटमा किराना पसल सञ्चालन गर्दै आइरहेका अर्का व्यापारी लक्ष्मण भण्डारीको पनि पीडा उस्तै छ । अहिले उपभोक्ताहरु चिनी, चियापत्ती, मरमसला खरिद गर्न पनि भारतीय बजारमा जान थालेपछि आफूहरुको व्यापारमा कमी आएको उनी बताउँछन् ।

सामान किन्न भारतीय बजार पुगेका सुनवलका टंकनाथ आचार्यले चाडबाडको समयमा घरमा धेरै सामान चाहिने भएको र ठुठीबारी बजारमा नेपाली बजारमा भन्दा सस्तो पाइने भएकाले आफू ठुठीबारी आएको बताए ।

आचार्यले सामानको गुणस्तरका बारेमा आफूलाई थाहा नभएको तर सस्तो र लैजान कुनै रोकतोक नहुँदा आफू सधैं भारतीय बजार आउने गरेको बताए । भारतको ठुठीबारी बजारमा नारायणगढदेखि नवलपुरसम्मका उपभोक्तासमेत किनमेलका लागि जाने गर्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x