मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कात्तिक १, २०७५

काठमाडौं – काठमाडौँको ठूलो भर्याङमा बिहीवार बिहान मोटरसाइकलको ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ । 

वनस्थलीबाट स्वयम्भू जाँदै गरेको बा२९प ३७०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का वीरबहादुर तामाङको मुत्यु भएको प्रहरीले जनाएको छ । 


ADVERTISEMENT

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते तामाङको मनमोहन मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा मृत्यु भएको हो ।

कात्तिक १, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस