माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
कात्तिक २, २०७५
– रिता लम्साल/सुशील नेपाल
काठमाडौं – दशैंमा आमचासोको विषय बन्छ – अहिले र पहिलेको दशैं मनाउने तरिकामा रहेको भिन्नता । दशैं मनाउने तरिकामा आएको परिवर्तनबारे जानकारी लिन हाम्रो रोजाइमा परे, गत असोज ७ गते सय वर्ष पुगेका राष्ट्रकवि माधवप्रसाद घिमिरे ।
आफ्ना रचनाबाट समाजलाई सधैं सचेत गराउने राष्ट्रकवि घिमिरेसँग पहिलेको दशैं र उनका बाल्यकालको अनुभव सुन्न चाहेका थियौं । ‘दशैंको विषयमा योभन्दा अघि ६ पटक कुरा गरिसके । कति पटक गर्नु ?’ उनले दिक्क मान्दै भने, ‘तपाईहरू घरमै आउनुभयो, छोटो कुरा गरौं, धेरै म बोल्दिनँ ।’ उमेरले शताब्दी नाघेका घिमिरे कान कम सुन्ने भएपनि बोलीमा तन्दुरुस्त थिए ।
‘दशैं आयो, खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, धत्त पापी म त छुट्टै बसूँला,’ हातका आंैला भाँच्दै दशैंको लोकप्रिय युक्ति सुनाउँदै उनले कुराकानी शुरू गरे ।
अगाडि भने, ‘यसले के जनाउँछ भने पहिलाको हाम्रो समाजमा अहिलेको जस्तो सम्पन्नता, धनीपन थिएन । तर, चाडबाड भनेको चाडबाड हो । जसरी हुन्छ चाडपर्व त मनाउनुपर्छ भनेर कहाँ पाउँला भनिएको हो । अर्को चोरी ल्याउँला भनिएको छ । तर, समाजमा चोरेर ल्याउने कुरा चाहिँ गलत हो त्यसैले बुढापाकोले चाहिँ छुट्टै बसूँला भनेको छ ।’
कुराकानीमै उनले विदेशबाट भित्रिएको मदिराको प्रसङ्ग र विकृतिलाई जोडे । ‘अब अहिले २ अर्ब कि कतिको मदिराजन्य पदार्थ भित्रियोे भन्ने समाचार आजै हेरे । यति सानो देशमा यति धेरै मदिरा भित्र्याएर, तास र मदिरामा पैसा बगाएर, हामीले देश निर्माण कसरी गर्ने ?’ राष्ट्रकवि घिमिरेले चिन्ता मिश्रित प्रश्न गरे ।
‘देश निर्माणको निम्ति पैसा लगानी गर्नपर्छ, अनैतिक किसिमले उपार्जन गरेर खर्च नगर्न यो युक्तिले सन्देश दिएको हो,’ उनले थपे ।
विगतका दशैंको सम्झना घिमिरकै शब्दमा
पहिला–पहिला दशैं मनाउनको लागि फागुनदेखि नै घरमा खसीबोका पाल्न शुरू गरिन्थ्यो । बाख्राको पाठो ल्याएर पाल्ने र दशैंमा काट्ने गरिन्थ्यो । पहिला–पहिलाका मानिस दशैं मनाउन आत्मनिर्भर थिए । आफ्नो औकात अनुसार पहिलादेखि नै जोहो गरेर दशैं मनाउथें ।
दशैं हाम्री नेपालीको सबैभन्दा ठूलो चाड हो त्यसैले त बडादशैं भनिएको । दशैंमा परदेशमा रहेकाहरू पनि फर्किन्छन् । काठमाडौंमै रहेका सबै गाउँतिर फर्किसके ।
प्रकृतिले धुलोमैलो हटाएर सफा बनाउने यो समयमा हामी पनि घरआँगन सबै सफा गरौं र नयाँ लुगा लगाएर ठूला मान्छेको हातबाट टिका लगाऔं । दशैं हाम्रो संस्कृतिको एउटा अंग हो । हरेक संस्कृतिभित्र मानवीय भावना, भाइचारा, सानालाई आशिर्वाद, ठूलालाई सम्मान, दुःखीप्रति करुण, अपराधीप्रति क्षमा हुन्छ । नेपाली समाज सबै जातजाति एकैठाउँमा मिलेर बसेर गीत गाएर दशैं मनाउँछन् ।
चिउरा र पैसा पोल्टामा जम्मा गरिन्थ्यो
बाल्यकालको दशैंमा राष्ट्रकवि घिमिरेलाई मामाघरमा निकै रमाइलो लाग्थ्यो । किनकि छोरा भएपनि मामाघरमा सबैले टिका, आशिर्वादसँगै दक्षिणा पनि दिन्थे । दशैंको टिका लगाउने बित्तिकै टिका लगाउँदा जम्मा भएको चिउरा र ५ पैसा दक्षिणा साथीलाई देखाउन उनी हतारिन्थे ।
‘केटाकेटीमा सानो चिजले पनि ठूलो हर्ष हुन्छ, चिउरा ! त्यतिबेला टिका लगाउँदा पोल्टामा कति चिउँरा जम्मा भयो, कति पैसा जम्मा भयो, साथीहरूलाई देखाउन हिँडिन्थ्यों,’ उनले मुस्कुराउँदै आफ्नो बाल्यकालको दशैं सम्झिए ।
साथीले राम्रो भनेपछि दशैंको मजा
पहिला–पहिला नयाँ कपडा लगाउनको लागि दशैं कुनुपर्ने अवस्था थियो । दशैंमा पाएको नयाँ लुगा दशैंका लागिभन्दा पनि साथीलाई देखाउनका लागि बढी महत्त्वपूर्ण लाग्थ्यो राष्ट्रकवि घिमिरेलाई ।
‘दशैंमा बुबाआमाले नयाँ लुगा हाल्दिन्थे । कहिलेकाहीँ दौरा मात्रै हुन्थ्यो, कहिलेकाही सुरुवाल पनि पाइन्थ्यो । दौरा मात्रै लाएर साथीलाई देखाउन दौडिन्थें,’ नयाँ लुगा लगाएर साथीलाई देखाएका पलहरू स्मरण गर्दै उनले भने, ‘साथीले ‘ए... हे.. नयाँ नाना लाएछ’ नभनेसम्म खुशी लाग्दैन्थ्यो । साथीले त्यति भनिदिएपछि बल्ल फुरुङ्ग हुँदै देखाउन दौडिन्थे । त्यतिबेला खुशी सानै भएपनि हर्ष चाहिँ ठूलो थियो ।’
पिङ खेल्दा ओठले रुखको पात ल्याउन सक्नु बहादुरी
दशैंको अर्को महत्त्वपूर्ण पक्ष हो पिङ । दशैंमा एक पटक धर्ती छोड्नुपर्छ भन्ने मान्यता समेत रहेको छ । दशैंमा नियमित कामबाट बिदा लिएर घरमै रहेका हुन्छौं । पिङले शारीरिक व्यायायको आवश्यकतालाई पनि पूरा गर्छ । पिङ हाल्ने र खेल्ने चलन गाउँघरमा अझै पनि रहेको छ । तर, पुराना–पुराना किसिमका पिङ अहिलेका पुस्ताले देख्न नै मुस्किल हुन थालेको छ ।
‘गाउँका मान्छे जम्मा भएर पिङ खेलिथ्यो, पिङ मच्चाउँदा चररर हुई ... भन्दै रुखको हाँगाको पात ओठले च्यापेर ल्याउन सक्यो भने बहादुर भइन्थ्यो । मैले पनि ओठले पात च्यापेर कति ल्याए, ल्याए । सबै दंग पर्थे,’ बाल्यकालको दशैं सम्झँदा उनको मुहार हर्षित भयो ।
घिमिरेले उठाएनन् चङ्गा
राष्ट्रकवि घिमिरेले दशैंमा चङ्गा उडाउने चलन पछि भित्रिएको बताए । ‘चङ्गा उडाउने चलन हाम्रो पालामा थाहै थिएन, त्यो पछि आएको चलन हो, मैले उडाइन,’ उनले भने, ‘पछि भित्रिएको भएपनि त्यो कलात्मक कुरा हो । यसरी उडाउनु राम्रो कुरा हो ।’
अहिलेको दशैंमा मदिराको विकृति बढी
राष्ट्रकवि घिमिरे अहिलेको दशैंमा विकृति धेरै भएको बताउँछन् । ‘पहिलाको दशैंमा सबै राम्रा कुरा हुन्थें, तर अहिलेको दशैंमा विकृति धेरै बढेको छ,’ उनले भने, ‘नचाहिँदो किसिमले २ अर्बको मदिराजन्य पदार्थ नेपाल भित्रिएको छ, दशैंमा मात्रै । दशैंमा विकृति बढ्यो ।’
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...