×

NMB BANK
NIC ASIA

उर्जामन्त्रीको चीन भ्रमण : जलविद्युत् आयोजना र प्रशारण लाइन अघि बढाउनेमा केन्द्रित

कात्तिक २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री लियाङ्ग विलियाङ्गबीच भेटवार्ता भएको छ ।

Muktinath Bank

चीनले अघि सारेको वान वेल्ट वान रोडको उर्जा मन्त्रीस्तरीय बैठकमा भाग लिन चीनको सुजोओ पुगेका मन्त्री पुनसँग शुक्रवार उपमन्त्री लियाङ्गले भेटवार्ता गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लियाङ्ग चीनको विकास र सुधार हेर्ने विभागका उपमन्त्री हुन् । उनी त्यसका साथै चीनको वित्तीय क्षेत्रको समन्वय गर्ने विभागका प्रमुख समेत हुन् । भेटवार्तामा आपसी हित र उर्जाको क्षेत्रमा दुई देशको बीचमा गर्न सकिने सहकार्यबारे समेत छलफल भएको थियो । 


Advertisment
Nabil box
Kumari

द्विपक्षीय भेटवार्तामा मन्त्री पुनले नेपाल र चीनबीच निकै पुरानो सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमा समेत दुवै देशको सम्बन्ध मजबुत बन्ने धारणा राखे । नेपालमा लामो समयपछि दुईतिहाईको सरकार बनेको भन्दै उनले त्यसमा चीनको सहयोग र सद्भावको खाँचो रहेको बताए ।

Vianet communication
Laxmi Bank

मन्त्री पुनले चिनियाँ उपमन्त्रीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको भ्रमणको बेला इनर्जी कोअपरेसनमा भएको सम्झौता ऐतिहासिक भएको भन्दै आगामी दिनमा त्यसमार्फत् सहकार्य गर्न सजिलो हुने धारणा राखे ।

उनले गत महिना बंगलादेशसंग समेत इनर्जी कोअपरेसनमा सम्झौता भइसकेको भन्दै त्यसले क्षेत्रीय बजार विस्तारमा सहयोग पुग्ने दाबी गरे । उनले बंगलादेशले नेपालमा उत्पादन भएको बिजुली खरिद गर्न ईच्छा व्यक्त गरेको जानकारी समेत दिए ।

मन्त्री पुनले गत सेप्टेम्बरमा नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक बसिसकेको जानकारी दिँदै दोस्रो बैठकको मिति समेत छिट्टै तय गर्न आग्रह गरे । संयन्त्रको पहिलो बैठक आफैंमा ऐतिहासिक बनेको भन्दै त्यसमार्फत् दुवै देशले उर्जा क्षेत्रमा सहकार्य गर्न सजिलो हुने मन्त्री पुनको धारणा थियो ।  

बैठकमा मन्त्री पुनले नेपाल चीनबीच अघि बढेको अन्तरदेशीय प्रशारण लाइन र जलविद्युत् परियोजनाबारे छलफल भएको थियो । मन्त्री पुनले ४ सय केवीको काठमाडौं केरुङ अन्तरदेशीय प्रशारण लाइन, कोशी कोरिडोर, कर्णाली कोरिडोर र भेरी कोरिडोर, किमाथांका, फुक्कोट कर्णाली र तमोर जलविद्युत् परियोजना नेपालको प्राथमिकतामा रहेको भन्दै उनले त्यसमा चीन सरकारको सहयोग आवश्यक रहेको धारणा राखे । परियोजना सरकारले चीनसमक्ष यसअघि नै प्रस्ताव गरिसकेको छ ।

छलफलमा सोफ्ट लोन, कमर्सियल लोन र बीआरआई फण्डमार्फत् गर्न सकिने लगानीका सम्भावनाबारे समेत छलफल भएको थियो । नेकपाका नेता समेत रहेका मन्त्री पुनले नेपालमा चिनियाँ लगानी दिन प्रतिदिन बढिरहेको जानकारी दिँदै आगामी दिनमा समेत लगानीको वातावरण बनाइदिन आग्रह गरे । 

भेटमा चिनियाँ मन्त्री लियानले नेपालसँग भएको इनर्जी कोअपरेसनको समझदारी कार्यान्वयन गर्ने चरणमा रहेको जानकारी दिए । मन्त्री लियानले भेटमा नेपाल चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक ऐतिहासिक भएको भन्दै त्यसका लागी पहल गरेकोमा उर्जामन्त्री पुनलाई धन्यवाद व्यक्त गरे ।

उनले नेपालमा चिनियाँ कम्पनीले उर्जा क्षेत्रमा लगानी गरिरहेको भन्दै आगामी दिनमा समेत लगानी थप विस्तार हुने प्रतिवद्धता व्यक्त गरे । ‘हामीलाई चीनमा थप उर्जा समेत आवश्यक छ, नेपालमा हाम्रा कम्पनीहरूले व्यावसायिक रुपले लगानी गरिरहेका छन्, आगामी दिनमा थप चिनियाँ कम्पनीले नेपालमा लगानी गर्नेछन््,’ उपमन्त्री लियानले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x