कात्तिक ८, २०८०
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
अच्युत शाली घिमिरे
विश्वासमा जीवन धारण
गर्दछौं हामी,
विश्वासहरु
कहिले ईश्वर
कहिले आत्मा ,कहिले स्वर्ग
त कहिले धर्मका
नाममा प्रतित भईरहेछन् हामी माझ!
त्यसकै एउटा मूर्त रुप हो
हामीले मान्ने बडा दशैं
मान्यजनबाट थाप्ने टिका
अनि चैतन्ययुक्त महापुरुष हुन
व्यक्त हुने आशीर्वाद।
धेरै बर्ष पहिले
म सानो हुदां
हजुरबुवाले मेरो निधारमा
दहीमा मुछेका राता अक्षेता टास्दै
"आयुर् द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे
एश्वर्य नहुषे गतिश्च पवने मानश्च दुर्योधने ......।"
भन्दै आशिष दिनुहुन्थ्यो
म मन्त्रमुग्ध हुदैं
अनन्ततामा हराउथें!
र दिदीलाई
"जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोअ्स्तुते......।"
भन्दै फेरि आशिष दिनुहुन्थ्यो!
त्यो त्यही समय हो
जतिबेला
शरद ऋतु अनेक रंग रंगका
दृश्य चित्र पस्किएर
कुशलता प्रदर्शन गरिरहन्थ्यो,
जतिबेला नातागोता छरछिमेकका सम्बन्धहरु गाढा र रसिला हुन्थे,
जतिबेला आफ्ना व्यस्त काम बाट छुट्टिएर मानिसहरु हर्षले मुस्कुराउथे,
अनि
दशैंका ति सम्पूर्ण चित्तहरु, संगतिहरु,अभिप्रायहरु
म मा
प्रादुर्भाव भइराख्थे
संसारको दिव्य शक्ति भएर,
स्वर्ग चुलिदैं चुलिदैं
गरेको कल्पनाको ज्योति भएर।
समाज परिवर्तन हुदैं गयो
स्वदेशप्रेम संकुचित भएर विदेशीए मनहरु,
पश्चिमा सभ्यताका नाममा
खाली हुदैं गए निधारहरु
गुञ्जन छाडे आशिष र
लोप हुदै गयो उ बेलाको जस्तो दशैं!
फोटो खिच्नकै लागि खेलिन थाले रोटेपिङहरु
फेसबुकमा राख्न कै लागि लगाइन थाले टिका जमरा,
भलाद्मी हुन कै लागि बखानिए धर्म,संस्कृति र परम्पराका व्याख्याहरु!
तर याद राख
आज पनि
दशैंमा कति खेर परदेशी गाँउ फर्केला र
दुःख पीडा सुनाउला भनि
पर्खिबसेको छ
तिमी सानो हुदां लुकामारी खेल्ने
चौतारीको बुढो पिपलको रुख।।
जुनियर इन्टर्न, चिकित्सा शास्त्र अध्ययन संस्थान(IOM)
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...