कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
विराटनगर – सामान आयातमा पूर्वको जीवनरेखा भनेर निर्माण शुरू भएको कटहरी–बथनाहा रेल्वे निर्माणको काम तीब्र गतिमा अघि बढेको छ ।
कटहरी–बथनाहा रेलमार्गको प्रगतिबारे रेल विभागले समेत पटक–पटक जानकारी लिँदै आएको छ । रेल विभागका प्रमुख बलराम मिश्र सहितको टोलीले केही दिनअघि रेलको लीग निर्माणस्थलमा भारतीय पक्षका ठेकेदार कम्पनीसँग जानकारी लिएको छ ।
भारतीय पक्षले रेल निर्माणका क्रममा सुरक्षा चुनौती रहेको, विद्युत्को लाइनको प्रबन्ध नभएको गुनासो गरेका थिए । मिश्रले समस्या समाधानका लागि पहल गर्ने भारतीय पक्षलाई विश्वस्त पारेका छन् ।
विभिन्न कारणले निर्माणमा ढिला भएको बथनाहा–कटहरी रेल्वे निर्माणको काममा भारतीय निर्माण कम्पनीले सुरक्षा तथा अन्य विभिन्न बहानामा ढिलाइ गरिरहेको छ । भारतीय पक्षले समयमै काम सम्पन्न गर्न तयार भएको भएपनि नेपालकै विभिन्न समस्याले काममा अवरोध आएको जनाएको छ ।
भारतको बथनाहादेखि विराटनगर–१८ बुधनगरसम्म ८ किलोमिटर पर्छ । यस क्षेत्रमा भने अहिले लीग बिछ्याउने काम सकिएको छ । बाँकी रहेको ८ किलोमिटर क्षेत्रमा लीग बिछ्याउने काम भइरहेको छ । भारतीय निर्माण कम्पनी इर्कनले बथनाहा कटहरी रेल्वे परियोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
भारतीय ३ सय ७३ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको परियोजनाको काममा हालसम्म २ सय ३५ करोड रुपैयाँ बजेट खर्च भइसकेको परियोजनाले जनाएको छ । बथनाहादेखि बुधनगरसम्म ९५ प्रतिशत र नेपालतर्फको बाँकी क्षेत्रमा पनि ८० प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीका जोइन्ट जेनेरल मेनेजर प्रदीप कुमारले बताए ।
भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर रहेको छ । प्रदीप कुमारले यसै महिनाभित्र बुधनगरसम्म परीक्षणका लागि रेल ल्याउने तयारी भएको जानकारी दिए ।
नेपालतर्फ मुआब्जा विवाद
नेपालतर्फ कटहरीमा जग्गा मुआब्जा विवादका कारण कामले गति लिन भने सकेको छैन । सन् २०११ जनवरी २८ देखि शुरू भएको आयोजना लामो समयसम्म मुआब्जा विवादले समस्यामा परेको छ । सन् २०१३ डिसेम्बरमा सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी इर्कनले ठेक्का लिएको काम विभिन्न समस्या तथा ढिलासुस्तीका कारण ७ वर्ष बित्न लाग्दा समेत सकिएको छैन ।
तेस्रो मुलुकको सामान ल्याउने मुख्य नाका
रेल सञ्चालनमा आएसँगै तेस्रो मुलुकबाट आयात हुने मालवस्तु कोलकत्ता बन्दरगाहबाट सिधै विराटनगर नाकासम्म ल्याउन सहज हुने व्यापारीको भनाई छ । कोलकताबाट विराटनगर नाकासम्म रेलमार्फत् मालवस्तु आयात गर्ने बाहक रेलको सुविधा केही महिना अघिदेखि मात्र शुरू भएको हो ।
जोगबनीमा कन्टेनर राख्ने ठाउँ नभएकाले कोलकत्ताबाट रेलमार्फत् ढुवानी भएको आयातीत वस्तु बथनाहामा नै राख्ने गरिएको छ । बुधनगरसम्म रेलको नियमित सञ्चालनले पनि व्यवसायीलाई ठूलो राहत मिल्ने नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश समितिका उपाध्यक्ष राजेन्द्र राउतले बताए । तर, रेल त्यहीँसम्म मात्र सीमित रहनेभन्दा पनि कटहरीसम्म नै आउँदा व्यापारीको लागतमा धेरै कमी आउने उनले बताए । रेलको लीग बिछ्याउने काम चाँडै सकियो भने रेल सीमा क्षेत्रमा मात्रै नभएर कटहरीसम्म आउने र त्यसबाट नेपाललाई ठूलो राहत हुने राउतले बताए ।
नेपाल र भारत सरकारले सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । जसअनुसार सम्पूर्ण खर्च भारत सरकारले नै गर्ने र नेपालतर्फको जमिनको मुआब्जा नेपाल सरकारले व्यहोर्ने समझदारी गरिएको थियो । भारत सरकारले रेलको लीग निर्माणको काम शुरू गरेको थियो । जनकपुरमा केही दिनअघि नै रेलको परीक्षण गरिसकिएको अवस्थामा विराटनगरमा कहिले रेल आउने हो त्यो सबैको चासोको विषय बनेको छ ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...