×

NMB BANK
NIC ASIA

जडीबुटी खेतीबाट आत्मनिर्भर बन्दै महिला

कात्तिक ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीका समूहमा आवद्ध महिला जडीबुटी खेती गरेर आत्मनिर्भर हुन थालेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

७ समूहमा आवद्ध करीब ४० महिलाले २ विघामा मेन्था खेती गरेर ३ महिनाको अवधिमै १ लाख ५६ हजार १ सय ६६ रुपैयाँ रकम आम्दानी गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले आम्दानी भएको रकममध्ये १० प्रतिशत अर्थात १५ हजार ६ सय ४६ रुपैयाँ कोषमा जम्मा गरेका छन् । आम्दानीको बाँकी हुन आउने १ लाख ४० हजार ८ सय १९ बाँडेका छन् । 


Advertisment
Nabil box
Kumari

‘घर खर्चका लागि पहिला श्रीमानकै मुख ताक्नुपर्ने अवस्था थियो,’ स्थानीय भोटनी चौधरीले भनिन्, ‘हाल जडीबुटी खेती गर्न थालेपछि घर खर्च आफैं चलाउन थालेका छौं ।’

Vianet communication
Laxmi Bank

घर खर्चका लागि जडीबुटीको रकमले धान्न थालेपछि श्रीमानलाई पकेट खर्चसमेत दिन थालेको उनले बताइन् । ‘पहिला श्रीमानसँग खर्च माग्थ्यौं, अब श्रीमानलाई कमाएर दिन थालेका छौं,’ उनले भनिन् । जडीबुटी खेतीबाट गतिलो आम्दानी हुन थालेपछि श्रीमान तथा घरपरिवारले समेत सहयोग गर्न थालेको रोहिना ओखेडाले बताइन् ।

मेन्था, क्यामामाइल र असारे प्रशोधन गरी तेल निकालेर बिक्री गरेर आएको आम्दानीले महिलाले घर खर्चसँगै बालबालिकाको विद्यालयको खर्चसमेत धान्ने गरेका छन् । मेन्थाको प्रशोधित तेल २ हजार २ सय रुपैयाँमा बिक्री हुने गरेको छ । थोरै जग्गामा मेन्था खेती गरेका महिलाले यस वर्ष धेरै जग्गामा खेती गर्ने सोच अघि सारेका छन् । 

‘अन्नबाली लगाउँदा जंगली जनावरले नोक्सानी पुर्याएर हैरान बनाउँदै आएको छ,’ सुकनी चौधरीले भनिन्, ‘जडीबुटी खेतीलाई जनावरले समेत नोक्सान नगर्ने र चाहेभन्दा बढी आम्दानी हुने भएकाले पूरै जग्गामा जडीबुटी खेती गर्ने योजना बनाएका छौं ।’ 

समूहमा आवद्ध १३ जना महिलाले क्यामाइल ८ किलो ७ सय ४० ग्राम उत्पादन गरेर ४ लाख ६३ हजार १ सय २० रुपैयाँमा बिक्री गरेका छन् । जसमध्ये कोषमा ४६ हजार ३ सय १२  रुपैयाँ रकम जम्मा गरेका छन् । बाँकी आम्दानी ५ लाख ८६ हजार ८ सय ८ रकम बाँडेर लिएका छन् । क्यामामाइल प्रतिकिलो ५३ हजार रुपैयाँका दरले बिक्री भएको छ । 

क्यामाइलबाट बढी आम्दानी हुन थालेपछि प्रगति महिला जडीबुटी प्रशोधन उद्योगको समूहमा आवद्ध महिलाले नर्सरीमा विरुवा उत्पादन समेत गर्न थालेका छन् । नर्सरीमा उत्पादित विरुवा महिलाले अन्न फल्ने खेतमा रोप्ने भएका छन् । 
‘अन्नबाट ६ महिनासमेत खान पुग्दैन,’ सोनी चौधरीले भने, ‘जडीबुटी खेती गरेपछि वर्षभरीका लागि घर खर्च चलाएर भविष्यका लागि केही रकम बचतसमेत गर्न सकिएको छ ।’

यसैगरी, महिलाले नै संरक्षण गरेको प्रगति महिला सामुदायिक वनमा रहेको असारे प्रशोधन गरी महिलाले १ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेका छन् । प्रशोधित असारेको तेल प्रतिकिलो ४ हजार रुपैयाँका दरले बिक्री भएको छ । 

निड्स नामक गैरसरकारी संस्थाले जडीबुटी खेती गर्ने महिलाले उत्पादन गरेको जडीबुटी प्रशोधन गर्नका लागि ६ लाख रुपैयाँ खर्चेर प्रशोधन प्लान्ट स्थापना गरिदिएको छ । प्लान्टसँगै जडीबुटी सुकाउनका लागि छहारी निर्माण गरेको छ । संस्थाकै पहलमा विपन्न महिलाको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि १ लाख रुपैयाँको घुम्ती कोषसमेत स्थापना गरिएको छ ।

घुम्ती कोषबाट न्यून व्याजमा महिलाले रकम लगानी गरी किराना पसल, कुखुरा, बंगुर, भैसी पालनसमेत गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x