'भविष्य सुरक्षित नभएपछि खेल छोड्न बाध्य'

कात्तिक ४, २०७५

पर्सा–प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलकूदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएको बताएका छन् । 

पर्साको जिराभवानी गाउँपालिकामा शनिबारदेखि शुरु भएको छैटौँ परसावा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, “खेलकूदमा लागेका युवा र तिनका आश्रित परिवारको भविष्यको सुनिश्चित नभएका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने प्रतिभा भएका खेलाडी बाध्य भएर खेलजीवन त्याग्ने गरेको छ ।” 


ADVERTISEMENT

यसैगरी मुख्यमन्त्री राउतले आजै सखुवाप्रसौनी गाउँपालिकामा सञ्चालित भलिबल प्रतियोगिताको समापन अवसरमा बोल्दै आउँदो तिहार भित्रै करार विधेयक ल्याउन प्रदेश सरकार तयारी गरिरहेको जानकारी दिए । 

कात्तिक ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस