×

NMB BANK
NIC ASIA

अमृतसर ट्रेन दुर्घटना : छोरोको काटिएको टाउकोको तस्वीर लिएर घुम्दैछन् पिता

कात्तिक ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतको पञ्जाब राज्यस्थित अमृतसरमा दशहराको दिन रावणको पुत्लादहन हेरिरहेका मानिस ट्रेनमा ठोकिएर मरेको घटना याद गरेर स्थानीयहरू अहिलेसम्म काँपिरहेका छन् ।

मृतकका परिवारको आँखामा आँसु सुकेको छैन । यो वीभत्स दुर्घटनामा मारिएका ११औं कक्षामा पढ्ने मनीषका पिता विजय कुमारको पीडालाई कसैले पनि कम गर्न सक्दैन ।

उनी आफ्नो छोरोको काटिएको टाउकोको तस्वीर लिएर घुमिरहेका छन् र उसको शरीर कसैले देखेको छ कि मानिसहरूलाई सोधिरहेका छन् । 

छोरोको भयावह मृत्युलाई याद गरेर उनी रुँदै भन्छन्, ‘मनीष आफ्ना साथीहरूसँग मिलेर दशहरा हेर्न गएको थियो । तर दुर्घटनास्थलमा ऊ भेटिएन । आज मलाई ह्वाट्सएपमा कसैले काटिएको टाउकोको तस्वीर पठायो । छोरोको
त्यस्तो तस्वीर देखेर म स्तब्ध भएँ । म तुरुन्तै अस्पताल पुगेर उसको शरीरको खोजी गर्न थालें ।’

विजयजस्तै धेरै मानिसले दुर्घटनामा आफन्त गुमाएका छन् । कीमती लाल आफ्नी नातिनी नूरसँग दशहरा मनाउन खोजेको थिए । नातिनी जम्मा डेढ वर्षकी छिन् । 

लुधियानाबाट उनले छोरी अनुलाई घर बोलाएका थिए । तर छोरी र नातिनीलाई गुमाउनुपर्दा उनी आफूलाई जिम्मेवार ठह¥याउँदै ग्वाँग्वाँ रुन्छन् । 

कीमती लाल दुर्घटनाको दुःखद क्षणलाई याद गर्दै भन्छन्, ‘हामी तीनैजना ट्य्राकमा थियौं । ट्रेन देखेपछि हामी दौडियौं तर मानिसहरू हामीमाथि खस्न थाले । त्यसपछि के भयो मैले थाहा पाइनँ ।’

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x