×

NMB BANK
NIC ASIA

शिक्षण अस्पताल सपना : वर्षाैदेखि जग्गा हडपेर बस्यो मणिपाल ग्रुप, स्थानीय आक्रोशित

कात्तिक ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – भारतीय लगानीकर्ता रहेको मणिपाल मेडिकल कलेज समूहका सञ्चालकले सार्वजनिक जग्गा ओगटेको २४ वर्ष बितिसक्दा पनि जनकपुरधाममा शिक्षण अस्पताल बनाउन सकेको छैन ।

Muktinath Bank

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाको ऐतिहासिक मणि मण्डपको निकटमै रहेको करीब १७ बिघा जति जग्गा ओगटेको २४ वर्षमा पनि अस्पताल निर्माणको कामलाई पूर्णता दिन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रेताकालमा भगवान राम र सिताको विवाह भएको ऐतिहासिक, धार्मिक तथा पौराणिक महत्त्व बोकेको मणिमण्डप नजिककै १७ बिघा जग्गा ओगटेको २४ वर्षमा पनि अस्पताल निर्माण हुन नसकेपछि सर्वसाधारण आक्रोशित बन्दै गएका छन् ।


Advertisment
Nabil box
Kumari

गुठी संस्थान शाखा कार्यालय धनुषाले २०५१ साउन ७ गते मेडिकल कलेज सञ्चालन गर्न करीब १७ बिघा जग्गा ४९ वर्षका लागि लिजमा दिएको थियो । मणिपाल एजुकेसन एण्ड मेडिकल समूह (नेपाल) लिमिटेडबाट सञ्चालन हुने पोखरा मेडिकल कलेजको फिजिकल सेक्सन अन्तर्गत जनकपुरमा ३ सय ५० शैयाको अस्पताल स्थापनाको लागि जग्गा लिजमा दिने गरी सम्झौता भएको थियो ।

Vianet communication
Laxmi Bank

मणिपाल समूहलाई जग्गा उपलब्ध गराएबापत पहिलो वर्षको लागि ७ लाख रुपैयाँ उपलब्ध गराउने र त्यसपछिका वर्षमा प्रत्येक वर्ष वार्षिक १० प्रतिशतका दरले वृद्धि हुने रकम प्रत्येक वर्षको जेठ मसान्तभित्र गुठी संस्थानलाई बुझाउनुपर्ने सम्झौता गरिएको छ । 

जग्गाको सम्झौतापछि ग्रुपले अस्पताल निर्माणका लागि काम शुरू गर्‍यो । मोटामोटी १ तले भवन निर्माण भइसकेको थियो । तर, अचानक विक्रम सम्वत् २०५८ सालमा निर्माण कार्य रोकियो । रोकिएको निर्माण कार्यले त्यसपछि गति लिएन । लगानीकर्ताले कुनै चासो नै दिएनन् ।

अस्पताल निर्माण कार्य किन बन्द भयो ? स्थानीयवासी प्रष्ट हुन सकेनन् । कसैले माओवादी द्वन्द्वकाल रहेका बेला माओवादीले चन्दा मागेका कारण निर्माण काम बन्द गरिएको भन्ने चलाए भने कसैले अस्पताल निर्माणका लागि मापदण्ड पूरा गर्न नसकेको भन्दै सरकारले स्वीकृति नदिएको भन्ने तर्क गरे । तर, स्पष्ट जवाफ कसैसँग छैन ।

त्यतिबेला धनुषाकै नेपाली कांग्रेसका नेता डा. रामवरण यादव स्वास्थ्यमन्त्री भएकाले अस्पताल सञ्चालनका लागि स्वीकृति नदिएको हल्ला पनि चलेको स्थानीय रामअशिष दास बताउँछन् । यादव आफ्नै निर्वाचन क्षेत्र धनुषाको रम्दैयामा जानकी मेडिकल कलेज स्थापना गराउनका लागि मणिपाललाई सहमति नदिएको भन्ने हल्ला चलेको भएपनि किन अस्पताल निर्माण काम अगाडि बढेन भन्ने यथार्थ कारणबारे जनकपुरवासी हालसम्म अनभिज्ञ रहेको दासले बताए ।

मणिपाल समूहको निर्माणाधीन अस्पताल जनकपुरका इन्चार्ज मिथिलेश साहले पनि यथार्थ कारण आफूहरूलाई थाहा नरहेको बताउँछन् । भारतीय सेनाका उच्च पदका अवकाश प्राप्त अधिकारीले लगानी गरेको समूहको अध्यक्ष डा. रामदास पाई रहेको साहले बताए ।

निर्माण कार्य स्थगित गरिएको अस्पतालको सुरक्षाका लागि ३ जना सुरक्षा गार्डलाई राखिएको छ । गोविन्द खड्का, मानबहादुर बस्नेत र योगेन्द्र कार्की गरी ३ जना सुरक्षा गार्डले भवनको सुरक्षा गरिरहेका छन् । ‘हाम्रो काम भनेको भवनको सुरक्षा गर्नुका साथै कसैलाई भित्र अनधिकृत रूपमा प्रवेश गर्न नदिने, गाई वस्तुलाई छिर्न नदिने मात्रै हो,’ सुरक्षा गार्ड खड्काले भने, ‘कहिलेकाहीँ कुनै सर आउनुहुन्छ र फोटो लिएर जानुहुन्छ ।’

जनकपुर इन्चार्ज साहका अनुसार मणिपाल समूहले जनकपुर अस्पतालका लागि नेपालका लगानीकर्तालाई समेत अंशियार बनाउन चाहेको छ । ‘ग्लोबल आईएमएफ, सिजी ग्रुप, कान्तिपुर ग्रुप, युनिभर्सल ग्रुप लगायतले आएर निरीक्षण गरेर समेत गएका छन्,’ साहले भने ।

करार रद्द गर्ने गुठीको चेतावनी

अस्पताल निर्माण गरेर सञ्चालन नगर्दा जग्गा लिजमा दिएको गुठी संस्थानले मणिपाल समूहलाई करार रद्द गर्ने चेतावनी पनि दिइसकेको छ । २०७१ बैशाख १९ गते गुठी संस्थान शाखा कार्यालय जनकपुरले करार तोड्ने भनेर मणिपाल ग्रुपलाई लिखित पत्र नै दिएको थियो । 

‘करार पूरा गर्नुपर्ने मनासिव समय र तरिका समेत परिपालना भएको पाइएन । करार भएको १९ वर्ष बितिसक्दा समेत अस्पताल निर्माण तथा सञ्चालन हुन नसकेको अवस्था हुँदा उक्त कलेजले करार अनुसारको कार्य नगरी करार उल्लंघन गरेको हुँदा करार तोड्नका लागि यो पत्र लेखिएको छ,’ गुठी संस्थानले मणिपाल समूहलाई लेखेको पत्रमा उल्लेख छ । तर, मणिपाल कलेजले लिजबापत बुझाउनुपर्ने रकम बुझाएपछि गुठी संस्थानले अस्पताल नबनेपनि करारनामालाई यथावत् राखेको छ ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरका कार्यालय प्रमुख मनोज शर्माका अनुसार त्यतिबेला गुठी संस्थानले मणिपाल समूहलाई करार तोड्ने भनेर पत्र लेखेको भएपनि पछि कारबाही नभएको अवस्था छ । ‘२०७४ सालसम्म बहालबापत हुने रकम मणिपाल ग्रुपले हाम्रो शाखामा बुझाएको छ,’ शर्माले भने, ‘मणिपाल समूहको फाइल प्रधान कार्यालयमा गएकाले कारबाही किन भएन भन्ने कुरा आफूलाई थाहा छैन ।’

‘अस्पताल प्रयोजनका लागि दिइएको जग्गामा अस्पताल नबनाएर जग्गा ओगटेको अवस्थामा करार रद्द नै गर्नुपर्छ । नत्र मणिपाल समूहले अस्पताल निर्माण कार्य सकेर अस्पताल सञ्चालनमा ल्याउनुपर्छ,’ शर्माले लोकान्तरसँग भने । यस विषयमा गुठी संस्थान प्रधान कार्यालयसँग समेत छलफल गर्ने उनले बताए ।

सार्वजनिक जग्गा राजधानी जनकपुरधाममा विभिन्न पूर्वाधारका लागि आवश्यकता छ । मणिपाल ग्रुपले अस्पताल सञ्चालनमा नल्याउने हो भने प्रदेश सरकारले मणिपाल समूहसँग कुरा गरेर अस्पताल सञ्चालन गर्न लगाउनुपर्ने वा प्रदेश सरकारले आफ्नै स्वामित्वमा अस्पताल सञ्चालन गर्नुपर्ने स्थानीयवासी बताउँछन् । मणि मण्डप विकास समितिका अध्यक्ष बिकाउ राउतले भने, ‘अब हामी अस्पताल सञ्चालन गराउनका लागि चाँडै मुख्यमन्त्री कहाँ डेलिगेसन जाँदैछौं ।’

जलेश्वरमा पनि बनेन इन्जिनियरिङ कलेज 

२०५१ सालमै मणिपाल समूहले महोत्तरीको सदरमुकाम जलेश्वरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने भनेर स्थानीयको स्वामित्वमा रहेको ३२ बिघा जग्गा किनेको थियो । इलेक्ट्रिकल, सिभिल, कम्प्यूटर लगायत ५ विषयको इन्जिनियरिङ कलेज सञ्चालन हुने भएपछि स्थानीयले सस्तो दरमै जग्गा मणिपाल ग्रुपलाई बिक्री गरेको थियो ।

त्यसपछि कलेज निर्माणका लागि काम शुरू पनि भयो । तर, बाढीले साइटमा रहेको सामान बगेर गएपछि रोकिएको निर्माण कार्य हालसम्म सुचारू हुन सकेको छैन ।

अस्पताल सञ्चालनका लागि आमरण अनशन 

विभिन्न माग राखेर तत्कालीन माओवादी केन्द्र तथा हाल नेकपाका नेता रामकुमार शर्मा २०७३ फागुनमा आमरण अनशन बसेका थिए । जसमध्ये एउटा माग मणिपाल कलेज सन्दर्भमा पनि थियो ।

बिसौं वर्षदेखि धनुषा र महोत्तरीमा मणिपाल कलेजको नाममा रहेको करीब १ सय बिघा जमिन कौडीको मूल्यमा लिएर अन्यत्रै कलेज बनाउने मणिपाल कलेजका सञ्चालकलाई कारवाही गरिनुपर्ने र कलेज सञ्चालकले अबिलम्ब कलेज सञ्चालन गर्नुपर्ने वा जमिन सम्बन्धित व्यक्ति वा निकायलाई फिर्ता गर्नुपर्ने माग राखेर शर्माले आमरण अनशन बसेका थिए । 

तत्कालीन धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईले अनशन तोड्नका लागि गरेको सम्झौतामा मणिपाल कलेजका सन्दर्भमा १ महिनाभित्र संसद सचिवालयले कानून मन्त्रालयको सहयोगमा संसदबाट ऐन पारित गर्ने सहमति गरिएको थियो ।

धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी चापागाईले सम्झौता गरेको प्रतिबद्धतापत्रमा सरकारको तर्फबाट तत्कालीन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र अनशनकारीको तर्फबाट बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्माले संयुक्त रुपमा हस्ताक्षर गरेपछि अनशन तोडिएको थियो ।

तर, हालसम्म पनि मणिपाल समूहलाई कारवाही भएको छैन । न त जनकपुरमा अस्पताल बनेको छ, न त जलेश्वरमा इन्जिनियरिङ कलेज । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x