×

NMB BANK
NIC ASIA

सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापना हुने

कात्तिक ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष बनाउने भएको छ ।

Muktinath Bank

चालू आवमा ३० वटा स्तनपान कक्ष स्थापना गर्ने तयारी भइरहेको मन्त्रालयका परिवार स्वास्थ्य महाशाखा प्रमुख डा. आरपी विच्छाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाशाखाले देशका विभिन्न ३० वटा स्वास्थ्य संस्थालाई मातृ तथा बालमैत्री अस्पतालका रुपमा विकसित गर्ने कार्य समेत अगाडि वढाएको छ । ‘सात वटै प्रदेशलाई समेट्ने गरी ३० वटा स्वास्थ्य सस्थालाई मातृ तथा बालमैत्री अस्पतालको रुपमा विकास गर्न उपकरण, जनशक्ति तथा औषधिको व्यवस्था गर्दैछौं । स्थान छनौट गर्ने कार्य कार्य अगाडि बढिरहेको छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

टेकुस्थित स्वास्थ्य सेवा विभागको भवनमा स्तनपान कक्ष स्थापना भइसकेको छ । यसअघि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालमा समेत स्तनपान कक्ष बनाइएका थिए  । 

Vianet communication
Laxmi Bank

अर्कोतर्फ ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ऐन २०७५’ मा सरकारी, गैरसरकारी, निजी संघसंस्थाले आ–आफ्ना कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको २ वर्षसम्म कार्यालय समयमा आमाको दुध चुसाउन छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने प्रावधान छ । संविधानको मौलिक हक कार्यान्वयन गर्न संसदले सो सो ऐन बनाई जारी गरेको थियो । 

पछिल्लो समय मन्त्रालयले शिशु मृत्युदर घटाउन स्तनपानलाई प्रवद्र्धन गर्दै आएको छ । शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) र नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) क्रमशः ३३ र २३ रहेको छ । ५ वर्षमुनिका बालमृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३८ तथा मातृमृत्युदर (प्रतिलाख जीवित जन्ममा) २ सय ५८ मा झरेपनि शिशु, बाल तथा मातृ मृत्युदर घटाउनका लागि उल्लेख्य रुपमा प्रगति भएको देखिँदैन ।

स्तनपानलाई सबैभन्दा पुरानो र पहिलो खोप मानिनुका साथै मुखबाट दिइने सुरक्षित खोप पनि भनिन्छ । डा. कृष्ण पौडेल भन्छन्, ‘आमाको दूधमा रोग निरोधक तत्व हुन्छ, यसले नवजात शिशुमा रोगसित लड्नसक्ने क्षमता बढाउँछ । शिशुलाई चाहिने सम्पूर्ण आहार नै दूध हो । शिशुका लागि सबैभन्दा सुरक्षित पानीको स्रोत पनि दूध हो ।’

शिशुलाई स्तनपान गराउनाले गर्भ निरोधकको काम हुने, शिशु जन्मनासाथ छातिमा टाँसेर राख्दा पाठेघर खुम्चिने प्रक्रियालाई सक्रिय पारी सालनाल निस्कन सहयोग पुर्याउने र रक्तस्राव समेत बन्द गर्न मद्दत पुग्ने तथा आमाको तनाव समेत कम हुने उनी बताउँछन् ।

स्वास्थ्य सर्वेक्षणका अनुसार जन्मेको १ घण्टाभित्र ५५ प्रतिशत नवजात शिशुले मात्र आमाको बिगौती दूध चुस्दछन् । यसैगरी २ वर्षभित्र निरन्तर दूध चुस्ने बालबालिकाको संख्या ८८ प्रतिशत छ । 

अर्कोतर्फ स्तनपानलाई प्रवद्र्धन गर्न ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु विक्रीवितरण नियन्त्रण ऐन २०४९’ तथा नियमावली २०५१ लागू गरिएपनि यसको प्रभावकारी अनुगमन नहुँदा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु भने बिक्री बढिरहेको पाइन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x