×

NMB BANK
NIC ASIA

जमाल खशोग्गीको मृत्यु भएको साउदीको स्वीकारोक्ति, कहाँ छ लाश ?

कात्तिक ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासमा हराएका साउदी पत्रकार जमाल खशोग्गीको मृत्यु भएको साउदीले स्वीकारेपछि उनको लाश कहाँ छ भन्ने कौतूहल जागेको छ । 

टर्कीका अधिकारीहरूका अनुसार, खशोग्गीको शवलाई बेल्ग्रेड जंगल वा त्यसनजिकको जमीनमा गाडिएको हुनुपर्छ । 

खशोग्गी अक्टोबर २ तारिखमा बेपत्ता भएका थिए । 

साउदीले बल्लबल्ल आएर आफ्नै वाणिज्यदूतावासमा खशोग्गी मारिएको स्वीकारेको हो । 

तर खशोग्गीले दूतावासमा झगडा गरेको र मुक्का हानाहान हुँदा उनको मृत्यु भएको साउदीले जनाएको छ । 

खशोग्गीको लाश इस्तानबुलस्थित बेल्ग्रेड जंगलमा खोजिँदैछ । सूत्रहरूका अनुसार, हत्याको दिन दुईवटा गाडी त्यहाँ पुगेका थिए । 

यसैबीच टर्कीको सरकारी समाचार संस्था अनादोलूका अनुसार, साउदी अरबको वाणिज्यदूतावासमा कार्यरत १५ मानिससँग सोधपुछ भइरहेको छ । 

आफ्नी प्रेमिका हदीजे जेनगीजसँग बिहे गर्नका लागि आवश्यक पेपरवर्कका लागि खशोग्गी टर्कीस्थित साउदी दूतावास पुगेका थिए र त्यहाँबाट जिउँदो बाहिर निस्केनन् । 

टर्कीका अधिकारीहरूले आफूसँग भएका प्रमाणले खशोग्गीको हत्या साउदी अरबका एजेन्टहरूको एक टोलीले गरेको देखाउने दाबी गरेका छन् ।

उनको हत्या गर्न साउदीबाट १५ जनाको टोली आएको र उनीहरूले हाड काट्ने यन्त्र पनि ल्याएको टर्कीका अधिकारीहरू बताउँछन् । टोलीका एक सदस्य पोस्टमार्टम गर्ने चिकित्सक रहेको पनि थाहा हुन आएको छ ।

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x