×

NMB BANK
NIC ASIA

रोनाल्डो र मेस्सीविनाको एल क्लासिको हुने भयो खल्लो

कात्तिक ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अर्को आइतवार ला लिगामा हुने एल क्लासिको अनौठो खालको हुनेछ । 

बार्सिलोना र रियाल मड्रिडबीचको खेललाई एल क्लासिको भन्ने गरिन्छ । ती दुई क्लबका दुई शीर्ष खेलाडी उक्त खेलमा नहुने भएपछि क्लासिको खल्लो हुने देखिएको छ ।

रियालका खेलाडी क्रिस्टियानो रोनाल्डो युभेन्टस गइसकेका छन् । उनले सन् २००९ मा रियाल प्रवेश गरेदेखि उक्त टीमको आक्रमण मोर्चा सम्हालेका थिए । 

अनि बार्सिलोना पनि आफ्ना सर्वोत्कृष्ट खेलाडीविना नै मैदानमा उत्रनुपर्ने भएको छ । 

शनिवार सेभियाविरुद्धको खेलमा दाहिने हात भाँचिएर लियोनेल मेस्सी खेलको २६ मिनेटमै बाहिरिनुपरेको थियो । 

तर घाइते भएर मैदान छोड्नुअघि मेस्सीले एक गोल गरे अनि अर्को गोलका लागि असिस्ट गरे । त्यसबाट पनि उनको महत्त्व बार्सिलोनामा कति छ भन्ने देखिन्छ । 

मेस्सी अब तीन हप्ता खेल्न सक्ने छैनन् । आफ्ना सर्वोत्कृष्ट खेलाडीविना नै कट्टर प्रतिस्पर्धी रियाललाई बार्साले आफ्नो गृहमैदानमा निम्तो गर्नुपरेको छ । 

क्लासिकोमा रोनाल्डो र मेस्सी दुवै नखेलेको यसभन्दा ११ वर्षअगाडि थियो । 

त्यतिखेर रोनाल्डो म्यानचेस्टर युनाइटेडमै थिए भने मेस्सीले तिघ्राको मासु च्यातिएर खेल्न पाएका थिएनन् । 

मेस्सीले जम्मा दुईवटा क्लासिको खेल गुमाएका छन् र ती दुवैमा बार्सिलोना हारेको छ ।

गोल डट्कमबाट 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x